Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

तानालाई सम पुरस्कार र गीता, पद्मा नारी रत्न

११ मंसिर २०७६, बुधबार ११:५३


काठमाडौं मङ्सिर ११ गते । त्रिमूर्ति निकेतनले ‘सम र समका कृति’ मार्फत नाट्यसम्राट् बालकृष्ण समको महत्त्वपूर्ण दस्तावेज लेखनका साथै साढे सात दशकदेखि नेपाली भाषासाहित्यको सेवामा मन, वचन र कर्मले समर्पित भई अति विशिष्ट योगदान गरेबापत नेपाली साहित्यका महारथी प्रा.डा. तारानाथ शर्मा (तानासर्मा) लाई एक लाख रूपियाँ राशि सहित बालकृष्ण सम पुरस्कार समर्पण गर्ने निर्णय गरेको छ ।

आधुनिक कथा र उपन्यास सृजनाका माध्यमबाट नेपाली भाषा साहित्यलाई देशदेशान्तरमा पुर्याई लोकप्रिय तुल्याएवापत नेपाली साहित्यका विशिष्ट साधकद्वय श्रीमती गीता केशरी र पद्मावती सिंहलाई संयुक्त रूपमा ‘नेपाली साहित्य नारीरत्न’को सम्मान सहित पुरस्कार समर्पण गरिने निर्णय भएको छ । ताम्रपत्रका साथै यो पुरस्कारको राशि एक लाख रूपियाँ रहेको छ ।

शताब्दी पुरुष सत्यमोहन जोशीको उचाइ अभिवृद्धिका लागि समर्पित प्रसिद्ध कलाकार श्री राजन काफ्ले र समाजसेवी श्री श्रीगोपाल महर्जनलार्ई ‘सत्यमोहन जोशी शताब्दी पदक’ समर्पण गर्ने निर्णय भएको छ ।

त्रिमूर्ति निकेतनको भौतिक सम्हार र संरक्षणमा विशेष योगदान पुर्याएबापत श्री मोहनकृष्ण सापकोटा र श्री ढण्डुराज घिमिरेलाई ‘त्रिमूर्ति सेवा पदक’ समर्पण गर्ने निर्णय भएको छ ।

दस हजार रूपियाँ राशिसहित यस वर्षको ‘भद्र घले पदक’ विश्वनारी नेपाली साहित्य सम्मेलनका संयोजक प्रा.डा. गार्गी शर्मालार्ई समर्पण गरिएको छ । भद्र घले पदक त्रिमूर्ति निकेतनका पदाधिकारी र सदस्यलाई मात्र अर्पित गरिन्छ । भद्रकुमारी घलेका सम्मानमा स्थापित यो पदक यसअघि शताब्दी पुरूष डा.सत्यमोहन जोशी, खनुपरूदे रामबाबु प्रसाई, डा.मोदनाथ प्रश्रित, प्रा.ठाकुर पराजुली, के.के. कर्मचार्य, हरिहर विरही, सलोमी लेप्चाले ग्रहण गरिसक्नु भएको छ ।

त्रिमूर्ति निकेतनको सदस्यमा श्रीमती भगवती बस्नेत, श्री यादव भट्टराई र श्रीमती ललिता दोषी, मनोनीत हुनु भएको छ ।

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको निकेतनको साधारण सभाले सो निर्णय गरेको हो ।

यसै गरी नइ प्रकाशनले पनि श्रीमती पुष्पा थापा र श्री तोयानाथ ओडारीलाई नइ प्रकाशनको सदस्यमा मनोनीत गरेको छ ।

(नरेन्द्रराज प्रसाई)
सदस्यसचिव
त्रिमूर्ति निकेतन

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

नइ कीर्ति र आकृति र नइ कृतिलयको लोकार्पण नइ प्रकाशनले राजधानी काठमाडौँमा देशदेशान्तरका २०१ जना स्रष्टालाई ‘नइ कृति रत्न’ अलङ्कारले

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत