Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

भारतका वार हिरो सुवाश चन्द्र बोसको मृत्यूको ७४ वर्ष पुरानो रहस्य

१४ मंसिर २०७६, शनिबार ०५:००


जापानको टोक्यो शहरमा भारतीय आन्दोलनका महान पुरुष शुवास चन्द्र वोसको अस्तु राखिएको तर त्यस अस्तुलाई तिनको नै हो भनी प्रमाणित गर्न परिवारले डिएनए टेस्टको माग राखेका छन् । बोसको मृत्यू भनें आजभन्दा ७४ वर्ष अघि सन् १९४५ को अगस्त महिनामा जहाज दुर्घटनामा भएको थियो यद्धपी भारतमा अहिलेसम्म पनि यिनको मृत्यूका बिभिन्न अफवाहहरु चलिनै रहेको छ । आशंकामा केहि सत्यता पनि हुनसक्दछ किनभनें स्वतन्त्र भारतको प्रभावशाली नेताको रणनैतिक अन्त र अन्य बिभिन्न संझौता र नेतृत्वको उदयका श्रृखलाहरु त्यसपछि देखा नपरेका हैनन ।

उनी सन् १९४५ ताका ताइवान आसपासमा जहाज दुर्घटनामा बितेको खबर छ । जापानको रेनकोजी मन्दिर भ्रमणमा आएर यिनका भतिजा सुर्य चन्द्र बोसले भर्खरै आफ्ना काकाको अस्तु र यिनका अन्तिम समयमा भएका सामानहरुको अवलोकन पनि गरे । यदि यि कुराहरु नेताजी बोसको भएको प्रमाण डिएनए टेस्टले दिएमा अस्तु र सामानलाई भारत ल्याएर स्थाही समाधी बनाउने योजना रहेको बताइन्छ । सुर्य चन्द्र बोस चाँही अहिले जर्मनीमा एक कम्पनी खोलेर बसेका छन्, सूर्यका अनुसार अब बोस परिवारले नेताजी सुवासको मृत्यूका अफवाहलाई बन्द गर्न चाहन्छ ।

नेताजी सुवास चन्द्र बोसकी एकमात्र छोरी अनिता बोस पीफ्याप अहिले ७६ वर्षकी भइन र निकै अघिदेखि यिनले पनि आफ्ना पीताको अस्तु पहिचान गर्न डिएनए टेस्टको माग गरेकी थिइन । बंगालमा सन् १८९७ मा सुवास चन्द्र बोसको जन्म भएको हो र आफ्ना बिरता र निस्पक्ष अनि निडर बक्तव्य र निर्णयका लागि यिनलाई रुचाउन थालियो । भनिन्छ कि यदि नेताजी बोस नभएका भए भारतीय स्वतन्त्रताको आन्दोलन संभव नहुन सक्दथ्यो ।

यिनी २० वर्ष मा नै भारतीय नेशनल काँग्रेसका सदस्य भइसकेका थिए । सन् १९३८ मा भारतीय काग्रेसको प्रसिडेन्ट भएका बोस पछि गएर महात्मा गान्धी र काँग्रेसका अन्य पुराना नेताहरुसंगको मतभिन्नताका कारणले स्वयम ओझेलमा परेर बसे । उनी स्वतन्त्रता आन्दोलनमा शान्तिका लागि हिंसा चाहिन्छ र चुप बस्नु हुन्न भन्ने तर्क गर्दथे जबकि महात्मा गान्धी फरक धारमा अडिग भए । ब्रिटिशहरुले यिनलाई सन् १९४० मा नजरबन्दमा राख्यो तर यिनी भागेर नाजी पार्टी कहाँ जर्मन पुगे, जर्मनले बोसलाई बिभिन्न तवरले सहयोग गर्यो । भारतीय आन्दोलनमा रेडियोको मुख्य भूमिका छ, बोसले बोल्ने यी रेडियो श्रृखलामा भारतमा प्रसारण गर्न जर्मनले प्रविधि दिएर सहयोग गरेको हो । पछि बोस समर्थनमा भरातीय आन्दोलनका लागि जर्मनले ३००० जना लडाकुहरु प्रदान गर्यो, यि लडाकुहरु जर्मनले उत्तर अफ्रिकामा उपनिवेश बनाँउदा बनाएका बन्दीहरु थिए । सन् १९४३ मा बोस जापानीले शाषन गरेको सुमात्रा टापु ईण्डोनेशीया गए, त्यहाँ जाँदा यिनी पनडुब्बीमा लुकेर पुगेका थिए । यिनी जापानलाई साथ दिएर लड्न ईण्डियन नेशनल आर्मी बनाउन चाहन्थे, बोस म्यानमारबाट पनि बेलायतलाई भगाँउदै भारतसम्म स्वतन्त्रता ल्याउन चाहन्थे ।

बर्मालाई त सन् १९४५ मा स्वतन्त्र बनाइयो तर पछि सिंगापुरमा सबै ईण्डियन नेशनल आर्मीले आत्मसर्मपण गर्नुपर्यो । त्यसपछि बोस रुस पुगे, पछि सन् १९४५ मा एउटा ओभरलोडेड जापानी बम्बर जहाजमा यिनी ताइवान जाँदै थिए जहाँ उक्त बिमानको दुर्घटना भयो । त्यहाँ बोसको मृत्यू भएसकेको थिएन, जहाजको भग्नावशेष बाट निकाल्दा बोसको शरीर तेश्रो डिग्रि जलेको अवस्थामा रहेको थियो र धुकधुकी बाँकी थियो भन्ने उल्लेख छ । दुई दिनपछि बोसले संसार छाडे, यिनको अस्तुलाई टोक्योको रेनकोजी मन्दिरका पूजारीलाई जिम्मा लगाइयो । सन् १९४५ को सेप्टेम्बर ७ देख बोसको अस्तु र सामानहरु त्यही मन्दिरमा छ ।

माथिका घटनाक्रममा विश्वास नहुने तर्कहरु धेरैको छ, कतिका अनुसार बोस नेपालमा आएर खप्तड बाबाका रुपमा बसेको पनि तर्क पाइयो जुन मिल्दो छैन । बोसको उमेर र अवस्था र नेपालमा बसेका प्रमाणहरु कहिह्कतै मिल्दैन, बोस उतिबेला यूरोपका फार राइट्सहरुसंग निकट थिए तसर्थ यिनको मृत्यू जापान या यूरोपमा नै भएको बाक्लो प्रमाण छ ।

सुयोग ढकाल
लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै