
कि बाटो काटेर जाउ या मारिउ
१२ मंसिर २०७६, बिहीबार ०८:४३
फ्रान्सको इसिक्समा ३९ जना शरणार्थीको मृत शरीर ट्रकभित्र भेटियो, उनीहरु बेलायत छिर्न चाहन्थे तर सपना मृत्यूमा टुगों लाग्यो । उक्त ट्रक चिस्यानयूक्त ट्रक थियो, सबै मान्छेहरुको चिसोका कारणले दर्दनाक मृत्यू भयो ।
ति सबैजनाहरु भियतनाम बाट आएका शरणार्थी या आप्रवासी थिए । १५ वर्षे चालक मउरीसे रबिन्सनले केहि दिनपछि प्रहरी सामु आफूले गैरकानुनी आप्रवासनमा सघाएको जानकारी गराए या स्वीकारे । यसरी बिभिन्न देशबाट बेलायतमा छिर्ने चाह बोकेर उत्तरी प्रान्समा मान्छेहरु आउने गर्दछन्, यस भिँडमा नेपालीहरु पनि छैनन भन्न सकिन्नन । त्यस्तै समुन्द्री तटको शहर कालियासमा पनि लाखौं मान्छेहरु आएर लुक्ने र बेलायत जाने गैरकानुनी संयन्त्रको खोजिमा जस्तोसुकै जोखिम उठाउन तयार हुन्छन् ।
भर्खरै एकजना ईराकीलाई अन्तरदेशीय फेरिले बेलायतको डोभर तट नजिकबाट उद्धार गर्यो, उनी सैयौं किलोमिटर समुन्द्र पौडेर तर्न चाहन्थे, तर समुन्द्रमा यिनको मृत्यू निकट आएके थियो । यस्ता धेरै केसहरु आजभोली पाइन्छ, २१ शताव्दीको आप्रवासन र तेश्रो मुलुक पलायनको प्रथा अहिले अभिशाप झैं भएको छ । मान्छेहरुले बिशेषत तेश्रो मुलुकमा आफ्नो भविष्य देख्न छाडिसके र पश्चिमा देश छिर्न जस्तोसुकै संझौता पनि गर्न तयार हुन्छन् ।
हजारौं किशोरकिशोरीहरु घट्दो तापक्रममा चिसोका कारणले बेलायत छिर्ने क्रममा मरिरहेका छन्, यसको हिसाब समुन्द्रसंग मात्र छ । एकजना नाइजेरियन यूवा समुन्द्र छेउ धेरै चिसो भएकाले आफ्नो टेन्टमा आगो बालेर तातो हसन चाहन्थे तर धुँवामा निस्सासिएर सानो टेन्टभित्रै यिनले प्राण त्यागे ।
हामी भविष्य राम्रो बनाँउन चाहन्छौं र यसैकारणले वर्षौ लगाएर जोखिम मोलेर यहाँसम्म आयौं, हामीलाई कुनै पनि देशले बस्न दिँदैन अनि अब मर्नु या बाटो काट्नुका अलावा हामीसंग केहि बिकल्प छैन, ईरिट्रियाका ३४ वर्षिय युसुफले बताए । उन्को देशमा अवस्था राम्रो छैन, त्यहाँ यूवाहरुलाई जबरजस्ती सिपाही बनाइन्छ तर उनलाई त्यो मान्य छैन । उनी पढेलेखेका छन् र अग्रेजी भाषापनि राम्ररी बोल्न जान्दछन् । धेरै जसो यस्ता व्यक्तिहरु लिविया हुँदै ईटाली अनि यहाँ आएका हुन्छन्, ईटाली चाँही आप्रवासीहरुलाई तुलनात्मक माया गर्ने देश हो तर त्यहाँ लामो अवधि बस्न पाइन्न ।
अलजजिराको रिपोर्टमा नाम र अनुहार नखुलाएर केहि यस्ता व्यक्तिहरुको कथा देखाइएको छ, धेरै जसो किशोरावस्थामा छन् । उनीहरु चिसो ट्रकमा एकसरो कपडा लगाएर पनि सिमा तर्न चाहन्छन्, कि त मरिन्छ कि त बाटो काटिन्छ उनीहरुको थेगो नै भएको छ ।
सुयोग ढकाल
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,