Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

‘मेरो गाउँ, मेरो ठाउँ’, भिडियो च्यालेञ्ज २०२० को घोषणा शुक्रबार हुँदै

१२ मंसिर २०७६, बिहीबार १५:५८


काठमाडौँ । वी विल राईज फाउण्डेसनको आयोजनामा हुन गइरहेको राष्ट्रव्यापी अभियान ‘मेरो गाउँ, मेरो ठाउँ’, भिडियो च्यालेञ्ज २०२० को घोषणा शुक्रबार  हुने भएको छ ।

मुलुकभर ओझेलमा रहेका पर्यटकीय थलोहरु उजागर गर्ने प्रयास स्वरुप वी विल राईज फाउण्डेसनले सुरु गरेको राष्ट्रव्यापी अभियान ‘मेरो गाउँ, मेरो ठाउँ’, भिडियो च्यालेञ्ज प्रतियोगिता दोस्रो पटक हुन लागेको हो ।

प्रतियोगिताको घोषणा समारोह नेपाल भ्रमण बर्षका राष्ट्रिय संयोजक सुरज वैधको प्रमुख आतिथ्यमा हुने आयोजक वी विल राईज फाउण्डेसनका निर्देशक निर्मल श्रेष्ठले जानकारी दिएका छन् ।

घोषणा कार्यक्रम नेपाल भ्रमण बर्षको सचिवालय, केशरमहलमा शुक्रबार बिहान साढे ८ बजे हुन लागेको निर्देशक श्रेष्ठले बताए ।

यस अघि पहिलो प्रतियोगितामा गत जनवरी १ देखि मे ३१ सम्म चलेको यस ‘मेरो गाउँ, मेरो ठाउँ’, भिडियो च्यालेन्जमा सातै प्रदेशबाट विभिन्न विधामा उत्साहजनक सहभागिताका साथ १ सय ३२ भिडियोहरु सहभागी भएका थिए । जसमा विभिन्न ८ विधाका विजेताहरुलाई एक कार्यक्रमको आयोजना गरेर पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा

भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको

चार दिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिको प्रमुख साझेदार भारत भएको बताउनुभएको छ