
५ जना प्रभावशाली अमेरिकनहरु जो हिन्दु सनातन धर्ममा आए
१४ मंसिर २०७६, शनिबार ०७:२२
विश्वभरमा करिब १ बिलियन मान्छेहरु अर्थात एक अबर मान्छेहरु हिन्दु भएको तथ्याकं छ, यद्धपि यसको आधिकारिक पुष्टि भनें पाइएन । जे होस् हिन्दु सनातन धर्म भनेंको प्रकृति, प्रवृति र परिवृतिको यस्तो बैज्ञानीक संगम हो जस्मा धर्म भन्दा धेरै दर्शन र जिवनपद्धतिको मिश्रण पाइन्छ । मानवलाई स्वतन्त्र बिचारको नजिक राखेर बिज्ञान र ग्रहगौचरका अणुहरुसम्म यस दर्शनले समेटेको छ ।
पश्चिमा देशहरु अहिले सुस्तरि हिन्दु सनातन धर्म र दर्शनमा निकट हुन थालेको अवस्था छ, फेसबुकका मार्क जुकरवर्ग देखि व्यबसाही एलन मस्क सम्म पनि भारतमा एउटा बाबासंग दिक्षित भएको प्रमाण छ भनें सटीभ जव्सले त आफ्ना गरिब दिनहरुमा ईस्कन नामक धार्मिक सनातन संस्थामा गएर खाएको उल्लेख नै गरेका हुन् । आज पनि धेरै पश्चिमाहरु सनातन दर्शनमा लालाहित पाइएका छन्, आउनुहोस् आज कुरा गरौं ५ प्रभावशाली अमेरिकीहरु जो सनातन दर्शनमा आए ।
१, श्रीमती केली विलीयम्स
लाई टु मी, आर्मी वाइभ्स, साइकेलोजीस्ट जस्ता चर्चित चलचित्रमा दमदार चरित्रको अभिनय गरेकी यि अभिनेत्री सन् १९९६ मा अजय सिंघल संग बिवाहित भएपछि सनातन दर्शनमा आएकी हुन् । उनी आफ्ना दिनचर्या र ब्यवहारमा पनि हरेक पल शान्ति र सौम्य अनि विश्वबन्धुत्वका भावहरु अनि सनातन दर्शनका हरेक कणहरु आत्मसाथ गर्न चाह राख्दै अघि बढेको बताँउदछिन् । यि अभिनेत्री आफ्ना पालामा अमेरिकामा अभिनय र चरित्रको दुरुस्त चरित्रार्थ गर्नका अत्यन्त चर्चित थिइन ।
२, सत्यभरुपा दास गोस्वामी
७९ वर्षिय यि स्वामी भक्तिबेदान्तका अनुयायी हुन् । यिनी न्यूयोर्क मा जन्मेका हुन् । उनी अमेरिकामा हरेकृष्ण अभियानका स्थापनाकर्ता पनि हुन् ।
३, जुलिया रोवर्टस
यिनको नाम नसुन्ने अमेरिका र पश्चिमा देशहरुमा कमै छन्, जुलिया चर्चित चलचित्र निर्मात्री र अभिनेत्री हुन् । लगभग ४६४ मिलियन डलर कमाएके प्रिटी वुमेन चलचित्रकी अभिनेत्री र निर्मात्री यिनी आफ्नो समयमा र अहिलेपनि अमेरिकी रंगमञ्चकी दमदार हस्ती हुन् । शुरुवातमा ईसाई धर्मकी यि महिलाले पछि गएर सनातन दर्शनलाई अगांलिन ।
४, अल्फ्रेड फर्ड
आजभोली यिनलाई अब्रिश दासका नामले चिनिन्छ, पुरानो पहिचानलाई यिनले हटाइदिए । अरबौं डलरका मालिक यिनी फर्ड कम्पनीका स्थापना कर्ता हेनरी फर्डका नाती हुन् ।
५, गोफ्रे गुलियानो
बिटल्सको बायोग्राफी बनाएका यि लेखक र रेडियो व्यक्तित्व अमेरिकी कानमा गुञ्जेको सर्वाधिक सुनिएका आवाज हुन् । सन् १९९७ मा आफ्नो नाम यिनले जगन्नाथ दासका रुपमा परिवर्तन गरेका हुन् ।
सुयोग ढकाल
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा