
के तपाईंलाई थाहा छ ब्रुनाईमा क्रिस्मस मनाउनेलाई ५ वर्षसम्म जेल र बिस हजार डलर जरिवाना छ?
१५ मंसिर २०७६, आईतवार १०:००
संसारमा धर्म, समाज, जात र प्रभुत्वको आधारमा गरिने भेदभावका विभिन्न उदाहरणहरु छन् । यस्तै विभेदपूर्ण एउटा धार्मिक उदाहरणको नमूना देश हो ब्रुनाई । ब्रुनाईमा क्रिस्मस मनाएमा २०००० डलरसम्मको जरिवाना र ५ वर्षको कारावास या दुबै हुनसक्ने प्रावधान छ । यो विश्वमा एउटा अचम्म र उदेक लाग्दो कुरा भएको छ, अत्यन्त सम्पन्न शक्तिशाली यद्धपी सानो देश ब्रुनाईका सुल्तानले सन् २०१४ मा गरेको घोषणामा यो बन्देशलाई कडाईको साथ पालना गर्न निर्देशन समत दिंदै आफ्नो देशलाई पश्चिमा अनुसरण गर्ने प्रवृतिवाट जोगाउन चाहेका छन् ।
विगतका ४ वषै देखि ब्रुनाईमा यो नियम छ । कोही ईसाई धर्मका अनुयायी छन् भनें पनि गोप्य रुपमा र सरकारलाई थाहा दिएर मात्र क्रिस्मस मनाउन पाउनेछन्, अन्यथा कारवाही हुनेछ । सान्टा क्लस अनि क्रिस्मस रुखहरु प्रयोग गर्न या पहिरन लगाउन पूर्णतः बन्देज छ ।
आफ्नो देशमा क्रिसमसलाई “अत्यधिक र खुलेआम” मनाउँदा यसले मुस्लिम जनतालाई गलत बाटोमा लान सक्छ भन्ने डर सुल्तानमा हुनसक्छ । सुल्तानको यस अचम्मको प्रतिबन्धलाई स्थानीय इस्लामिक धार्मिक नेताहरूले समेत बढावा दिएका छन् र चेतावनी दिएका छन् कि क्रिसमसको ट्रैपिंगहरू अपनाउनु अर्को इस्लाम धर्मको नक्कलको बराबर हो, जुन इस्लामले गरेको केही व्याख्यामा निषेधित छ ।
—
द ईन्डिपेन्टेन्ड बाट साभार
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग
कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले