सर्वाधिक ठूलो पुरस्कार राशि समेटिएको मेरो गाउँ मेरो ठाउँको दोश्रो संस्करणको घोषणा


महाभूकम्प २०७२, बैशाखको घाउमा मल्हम लगाउने उद्देश्यले स्थापित ‘वि विल राइज’ले भूकम्प पीडितहरुका लागि गरेको सेवा र सद्भावको श्रृंखला पछि नेपालको पर्यटन प्रवर्धनका लागि थालेको “मेरो गाउँ, मेरो ठाउँ” 2019 को सफलता र प्रभावलाई निरन्तरता दिंदै दोश्रो सिजनको “मेरो गाउँ, मेरो ठाउँ” 2020 को  आज राजधानीमा आयोजित एक कार्यक्रमकाबिच घोषणा भएको छ ।

“पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएर पनि ओझेलमा परेका कुनैपनि महत्वपूर्ण प्राकृतिक, सांस्कृतिक सम्पदा, भेषभुषा, जातजातीको पहिचान, खानपान, कलासंस्कृति लगायतका विषयवस्तुमा केन्द्रित रही वी विल राईज फाउण्डेसनद्वारा पहिलोपटक आयोजित भिडियो प्रतियोगिताको सफल आयोजना पश्चात् आगामी वर्ष समेत यस्तै प्रकृतिको कार्यक्रमलाई निरन्तरता दिने तय भएको र पहिलो सिजनको १ लाख फाईनल पुरस्कार तथा अन्य पुरस्कार राशी क्वालिटि भिडियो उत्पादनकै लागि अत्यन्त न्यून भएको कुरा आत्मसाथ गर्दै दोश्रो सिजनको कूल पुरस्कार राशी २० लाख गरिएको छ” वि विल राइजका संस्थापक निर्देशक निर्मल श्रेष्ठले बताउनुभयो ।

दोश्रो सिजनको यस भिडियो च्यालेञ्जमा एनआरएनए लगायत अन्य ब्यवसायिक तथा गैर व्यवसायिक संस्थाहरुको आवद्धता तथा नेपाल टुरिजम बोर्डको सहभागिताबारे प्रकाश पार्नुहुँदै नेपाल भ्रमण वर्ष २०२० का संयोजक, चर्चित उद्योगी तथा कार्यक्रमका प्रमुख अतिथि सुरज वैद्यले “यो अभियानले हामी उत्साहित छौं र यो भिडियो च्यालेञ्जले नेपालका अझ नयाँ गन्तव्य तथा सुन्दरता विश्वसामू सार्वजनिक गर्न मद्दत गर्नेछ । हामी पनि यस उद्देश्यमा भरपूर सहयोग र सामेल हुन चाहन्छौं । आयोजकले घोषणा गरेको जम्मा २० लाख राशि बराबरको पुरस्कारमा हाम्रोतर्फबाट ५ लाख थप भएको घोषणा गर्न चाहन्छु ।”

“मूलुकमा रोजगारी सिर्जना, गरिबी निवारण तथा समावेशी विकास समेतको दुष्टिले पर्यटन क्षेत्र अर्थतन्त्रको एक महत्वपूर्ण आयाम हो । नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेकाले समेत यो प्रतियोगिताको उपादेयता अझ बढ्न पुगेको छ । यसले मुलुकका दुरदराजका क्षेत्रहरु सम्म भ्रमण वर्ष बारे जनचेतना फैलाउन समेत सहयोग पुग्नेछ हामी विश्वस्त छौं”, संस्थाका कोषाध्यक्ष काशिम मियाँले लाईभमाण्डूसँगको कुराकानीका क्रममा बताउनुभयो ।

यस भिडियो च्यालञ्जका संयोजक तथा वरिष्ठ रेडियोकर्मी प्रभात रिमालले यस दोश्रो सिजनबारे प्रकाश पार्दै भन्नुभयो, “प्राप्त भिडियोहरुको उचित प्रचारप्रसार गर्नसके योे आन्तरिक तथा बाह्य पर्यटन प्रर्बद्धनका लागि ठूलो सहयोगी हुन सक्ने हामीलाई विश्वास छ । यसकारण पनि यसलाई निरन्तरता दिने दायित्वबोध अझ बढेको छ।”

दोश्रो सिजनमा सहभागिताका लागि जान्नैपर्ने कुराहरु: 

.‘मेरो गाउँ मेरो ठाउँ, भिडियो च्यालेन्ज २०१९डिसेम्बर (२०७६ मंसिर १५) देखि   १०० दिनसम्म  संचालनहुनेछ  निर्माताहरुले २०१९ डिसेम्बर (२०७६ मंसिर १५) देखि २०२० मार्च (२०७६ फाल्गुन २६) तारिखसम्म भिडियोसमावेश गरिसक्नुपर्नेछ

1. Mero Gaun, Mero Thaun, video challenge will be operated for 100 days from 1 December 2019. Producers must submit their creations between 1 December 2019 to 9 March 2020.

. भिडियो च्यालेन्जमा सहभागि हुने भिडियो नेपाल भित्रैछायांकन गरिएको हुनु पर्नेछ

2. It is absolutely necessary that videos must have been filmed inside Nepal to participate in this challenge.

. भिडियो च्यालेन्जमा एकल, समूहगत वा संस्थागत रुपमासहभागि हुन सकिनेछ

3. Participation can be ensured in this video challenge, on single, collective or    institutional basis.

. फरकफरक बिषयवस्तु समेटेर एकै ब्यक्ति, संस्था वासमूहले एक वा सो भन्दा बढी भिडियो समेत प्रतियोगितामासमावेश गर्नसक्नेछन्

A single person, group of persons or institutions can participate in this video challenge submitting one or more videos. However, the contents must be different from each other.

. सहभागि भिडियोको गुणस्तर न्यूनतम फुल एचडी १९२०x १०८० पिक्सेल हुनुपर्नेछ

5. Video for submission must have the quality of minimum full HD 1920×1080 pixels.

. प्रतियोगितामा सहभागि भिडियोको सर्वाधिकार निर्माण गर्नेब्यक्ति, समूह वा संस्थाकै हुनुपर्नेछ यदी दोस्रो पक्ष सँगकोसमझदारीमा श्रृब्य, दृष्य संगित  समावेश गरेको भए दुबैपक्षविच भएको संझौता पत्र समावेश गर्नु पर्नेछ उक्तभिडियोमाथि कसैको प्रतिलिपिअधिकार दाबी भए सम्बन्धितपक्ष नै जवाफदेही हुनुपर्नेछ अवैध ढंगले समावेश भिडियोस्वत: अयोग्य ठहर हुनेछ

6. Full rights of the submitted videos in this challenge must remain with producer who might be a single person, group of persons or institutions. If an agreement has been made with second party using their understanding for audio, scenes or music, an agreement to this effect must be attached. If there is any claims of patent rights over the submitted video, the whole responsibility will lie with the submitting party.

. भिडियो निर्माता ब्यक्ति, समूह संस्थाले भिडियोमासमावेश गर्ने श्रृब्य, दृष्य संगीत आफैले उत्पादन गरेको वाकपिराईट दाबी नहुने हुनुपर्नेछ

7. Originally created audio, scenes and music or contents without any copyright issues must be included in the video to be produced by single person, group of persons or institution.

. भिडियो निर्माता ब्यक्ति, समूह संस्थाले आफुले भिडियोनिर्माण गर्दा सहभागि भएका सबै ब्यक्तिप्राविधिकहरुकोजानकारीभिडियोको अन्तमा राखिने क्रेडिटलाईनमा समावेशगर्नुपर्नेछ

8. Video producer either single person or group of persons or institution must include details of the persons and technicians in the credit line listed down for ready reference.

. भिडियो प्रतियोगितामा समावेश भएका भिडियोहरुलाई वीविल राईज फाउण्डेसनको स्वतन्त्र निर्णायक चयन समितिलेपुरस्कारलाई सिफारिस गर्नेछ

9. Submitted videos will be assessed and evaluated by an Independent Selection Committee of the We Will Rise Foundation and it will recommend foraward.

१०. बिषयगत विधागत रुपमा पुरस्कृत भएको भिडियोलाईपूर्व घोषणा अनुसार नगद पुरस्कार प्रदान गरिनेछ यसरीघोषणा गर्दा एउटै भिडियोले बढी पुरस्कार पनि पाउन सक्नेछन

10. Videos awarded on the basis of subjects and disciplines will be given cash prizes as announced. Among thus announced videos, the same video may win more than one awards.

११. नेपालको ब्यक्तिगत, धार्मिक सामाजिक सहिष्णुतामाखलल पार्ने किसिमले निर्माण गरिएको भिडियोलाईप्रतियोगितामा समावेश गरिने छैन

11. Videos which are produced affecting the personal, religious and social co-existence will not be included in this video challenge.

१२. प्रतियोगितामा सहभागि भएका भिडियोहरुलाई विभिन्नटेलिभिजन, सामाजिक संजाल फेसबुक, युट्युव च्यानलहरूमार्फत गैरनाफामुलक ढंगले प्रचार प्रसारका लागि प्रयोगमाल्याईनेछ

12. Submitted videos will be used through different televisions, social medias, facebook and youtube channels for promotion on non-profit basis.

१३. प्रतियोगितामा सहभागि भएर नोमिनेसनमा परेकाभिडियोहरुको सर्वाधिकार विजेता घोषणा भएको मितिबाटसुरू हुनेगरी दुईवर्ष  वी विल राईज फाउण्डेसनमै निहित रहनेछ युट्युब च्यानल, सामाजिक संजाल वा अन्यकुनै माध्यमबाट भएको आम्दानी फाउण्डेसनले सामाजिक कल्याणकारीकार्यमा खर्च गर्नेछ

13. Patent right of the submitted videos which are, nominated and finally awarded will remain with We Will Rise Foundation for 2 (two) years from the date of announcement.  Any income to be accrued from such awarded videos through Youtube channel, social medias or any other communication means will be used for social benefit by the Foundation.

१४. दुईवर्षको अवधि भित्र निर्माताले उक्त भिडियो वा भिडियोको कुनै अंश प्रयोग गर्नुपरेमा फाउण्डेशनको  स्वीकृति अनिवार्यलिनुपर्नेछ

14. Permission of the foundation will be mandatory to use any video or any portion of video within designated two years by the producers.

 


Loading comments...