
तेश्रो बिश्वयुद्ध शुरु भएको हो ?
१७ मंसिर २०७६, मंगलवार ०८:४९
मलाई पहिलो र दोश्रो बिश्वयुद्ध कसरी भयो भन्ने थाहा छैन तर यदि तेश्रो बिश्वयुद्ध भयो भने चौथो बिश्वयुद्ध चाँही ढुगांको हतियारले हुनेछ
अल्वर्ट आईन्सटाइन
बिश्वयुद्ध ३ भन्नाले बिश्वभरिका देशको सैन्य दस्ताहरु बीच हरेक प्रकारको भिडन्त र शक्ति प्रदर्शनको संभाव्य अवस्था भन्ने बुझ्नपर्दछ । यस अवस्थामा बिश्व २ या बढि खेमामा बिभाजीत हुनेछ अनि मानवताको पोल्टो रगतले रंगिनेछ । पहिलो अनि दोश्रो बिश्वयूद्धका घाउहरु अझै आलै छन् तर अहिले आएर तेश्रो बिश्वयुद्धको परिकल्पना अनि अडकलबाजीहरु चल्न थालेका छन् । बिश्वका भीमकाय अनि प्रगतीउन्मुख शक्तिराष्ट्रहरु भारत, चीन, रुसहरु यो वा त्यो ढगंमा तनावमा छन् । उता उत्तर कोरिया अनि अमेरिकाबीचको तनाव, आणविक हतियारको बिगबिगी, अरबको तनाव, ईस्लामीक देशहरुको अवस्था र परोक्ष धार्मीक यूद्ध लगायत धेरै कुराहरुले बिश्वको संयमतालाई तोड्न सक्दछ ।
अमेरिकी राष्ट्रपतीले कडा स्वरमा उत्तर कोरियालाई आगो र भिषणताको आक्रमण गर्ने भनी फायर एण्ड फुरिको संज्ञा दिएका छन भने उता प्योगयागंले केयरफुल्ली एक्जामीन अर्थात ध्यानपूर्वक आक्रमणको तयारी भनेर जनाएको छ । यदि हमला या आक्रमण भइहालेमा उत्तर कोरियाली समर्थक राष्ट्र या अमेरिका बिरोधी राष्ट्रहरु अनि समर्थक राष्ट्रहरुको ध्रुविकरणमा तेश्रो बिश्वयुद्धको श्रीगणेश हुने देखिन्छ । तर उत्तर कोरियाले आफ्ना आणविक हतियारलाई अमेरिकी भूमिमा प्रक्षेपण भन्दा पनि अमेरिका र बिश्वसंग वार्ता गर्न आफ्नो बलियो पक्षका रुपमा राख्ने र बार्गेन गर्ने अस्त्रका रुपमा मात्रै राख्ने पनि अड्कल काटिएको छ । सत्य त यो हो कि उत्तर कोरियाको उदेश्य र सार्मथ्य के छ कसैलाई थाहा छैन ।
सरल रुपमा नेटो सैनिक र चीन या रुसबीचको संभावित यूद्धलाई तेश्रो बिश्वयुद्धका रुपमा परिकल्पना गरिन्छ जहाँ क्रमश बिश्वका सम्पूर्ण देशहरु तानिन्छन्। तर अहिले आएर परिवेश क्यारम बोर्डमा अर्को गोटी हानेर रानी लाई दुलोमा छिराएको जस्तो भएको छ । यसरी अर्को गोटी प्रयोग गरेर कदम चाल्नुलाई यूद्धको भाषामा प्रोक्सी वार भनिन्छ, सिरिया, लविया, ईराक, अफगानीस्तान अनि उत्तर कोरिया कतै यस्तै प्रोक्सी वारका शिकार त हैनन ?
बिश्वको शक्ति अनि घटनाक्रम अचम्मको छ, यहाँ प्रजातन्त्रका धरोहरहरुलाई हतियार कम्पनीहरुले पालेका छन् भने प्रजातन्त्र कम तर नयाँ ढगंको उपनीवेशवादका लागी कमजोर देशहरुमा आक्रमण गर्ने चलन बढेको छ । यसै कारणले पनि शीत युद्ध चर्केको छ ।
शीत युद्धका यी समयमा तेश्रो बिश्वयुद्धको संभावना नकार्न सकीदैन । अमेरिका र उत्तर कोरियाबीचको परमाणविक प्रर्दशनले बिश्वलाई तेश्रो बिश्वयुद्धको संघारमा लाने सबैले अड्कल काटिरहेका छन्, अमेरिकी राष्ट्रपतीका कडा कदमहरु अनि उत्तर कोरियाली शक्तिप्रदर्शन अनि त्यसमाथी उत्तर कोरियाका प्रत्यक्ष र परोक्ष सहयोगी देशहरु ।
के बिश्व अब बिश्वयुद्धको लागि ध्रुविकृत हुन थालेकै हो त ?
अंग्रेजी पत्रिका द इन्डीपेन्डेन्ट लेख्दछ कि दोश्रो बिश्वयुद्ध पछि बिश्वका शक्तिराष्ट्रहरुबीच त्यस्तो ठूलो युद्ध भएको भन्ने छैन । २० शौ शताव्दीका दुबै बिश्वयुद्धहरु अड्कलिएका युद्ध हैनन, सन् १९१४ को पुस्तक द स्लीपवाल्करहरु, हाउ यूरोप वेन्ट इन्टु वारमा यूरोपी अवरोह नै पछि गएर प्रथम बिश्वयुद्धका रुपमा परिणत भएको उल्लेख गरिएको छ ।
दोश्रो शीत युद्ध
टाइम्स मेगेजीनका अनुसार दोश्रो शीत युद्ध बिश्वमा सन् २०१४ बाट शुरु भएको मानिन्छ । पश्चिमी शक्तिहरुले रुसको जर्जीया र यूक्रेनमा भएको हस्तक्षेपलाई उदण्ड बिस्तारवादको करार दिएपछि दोश्रो शीत यूद्धले औपचारीक्ता पाएको हो । तर यसै आरोपका क्रममा ईराक लगायत अन्य देशहरुमा भएको अमेरिकी हस्तक्षेपका बिरुद्धमा पीडीत देशहरुको राष्ट्रिय चासो अनि सार्वभौमीकताको बिषयमा कुनै देश बोल्न नसक्नुलाई पनि अमेरिकी प्रभुत्वको उत्कट बिन्दुका रुपमा लिइएको छ । कोही भन्दा कोही कम छैनन् ।
कति नजिक छौ त हामी तेश्रो बिश्वयुद्धको
छोटकरीमा भन्दा हामी तेश्रो बिश्वयुद्धको हामीले सोचेको भन्दा धेरै नै निकट हुनसक्दछौं । कारण स्पष्ट छ , अमेरिका, रुस अनि चीनको उत्तर कोरियाप्रतिको आआफ्नै बिचार ।
उत्तर कोरियाली मिसाइलको क्षमता कुनै पनि यूद्धलाई छोट्याउन सक्ने अनि साम्य पार्नृ सक्ने रहेको छ भने उत्तर कोरियाली नेतृत्व पनि बिवेकी मान्न सकिन्न । बिश्व ध्वस्त पार्न सक्ने हतियार बोकेका अविवेकी नेतृत्वहरुका कारणले बिश्वयुद्ध खासै पर नहुन पनि सक्दछ । आणविक हतियार प्रयोग हुनु भनेको हरेक तर्फलाई आत्मघाती नै साबित हुने र बिश्व अस्तित्वको खतरा चाँही पक्का हो ।
हामी जहाँ बसेका भएपनि आणविक हतियारको प्रयोगले हामीलाई कुनै न कुनैप्रकारले प्रभाव पार्नेछ । आणविक हतियारले जीत र हार निर्धारण गर्दैन, जे बाँकी हुन्छ सबै हार मात्र हुनेछ ।
आणविक हतियार आत्मघाती हुने कारणले पनि शक्तिराष्ट्रहरुले बिश्वयुद्धको गल्ती नगर्ने अड्कल बाजी पनि बलियो तथ्य हो । अमेरिकी अनि तत्कालिन शोभियत यूनियनबीचको प्रोक्सी वारको उपज उत्तर कोरियाको अहिलेको बलियो अवस्थाले बिश्व शान्ती खल्बलिएको भने पक्का हो ।
शक्तिराष्ट्रको सूचीमा त अब भारत, चीन पनि जोडिएको छ । दुई ठूला ढुगांबीचको सानो तरुल नेपाल पनि कुटनैतिक रुपमा सजग र तठस्त रहन जरुरी छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग
कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले