उत्तर र दक्षिण कोरिया फुट्नुको कारण


४ महिनाअघि उत्तर कोरियाले अन्तराष्ट्रिय जगतमा व्यापक भय उत्पन्न गराउने हेतुले जापान माथि परमाणु क्षेप्यास्त्र प्रहार गरेको हो । क्षेप्यास्त्र आक्रमण नभई भय उत्पन्न गराउने र शक्ति प्रर्दशन गराउने हिसाबले प्रहार गरिएको थियो । अमेरिकाले भने उत्तर कोरियालाई आतंकवादको कालोचसूचीमा राख्न चाहेको थियो, उता चीनले पनि उत्तर कोरियालाई कोईला निर्यातमा प्रतिबन्ध लगाएर उत्तर कोरियाको रवैयाको प्रतिरोध गरेको हो ।

किन हो त उत्तर कोरिया यति धेरै देशहरुको हेला सूचीमा परेको ?
यो कथा जापानमा शुरु हुन्छ, आउनुहोस इतिहासको यो टुक्राबाट शुरु गरौं ।  २०० बर्षभन्दा बढि जापानलाई तोकुगावा शोकुनाते अर्थात सैनिक शासकहरुले शाषन गरेका हुन । औधोगिक क्रान्तिपछि यूरोपियन देशहरुको बिकास शुरु भयो, यससंगै एसियन देशहरुलाई यूरोपियन देशहरुले उपनीवेश बनाउने क्रम शुरु भयो । यस्ता उपनीवेशहरु सामन्तवादको राजनैतिक धारणा अनुरुप बनाउने गरिन्थ्यो । सन् १८५४ मा जापानलाई बिभिन्न यूरोपियन देशरुको दबाबले गर्दा एक पक्षीय धेरै सन्धीहरु अनि आफ्नो समुन्द्री तटपनि खोल्न बाध्य पारियो ।

स्वाभिमानी जापानीहरु यसकारणले धेरै नै तल्लो र निरिह महसुस गर्न थालेका थिए, यसै कारणले होला त्यसको ठिक १३ बर्षपछि तोकुगावा शोकुनाते लाई जापानी जनताले बिद्रोह गरेर हटाए । त्यसपछि राजा मेजी को शाषन अनुरुप जापानको शाषन व्यबस्था अघि बढ्न थाल्यो । मेजीले जापानलाई सामन्तवाद को त्यो कडिवाट एउटा समृद्ध र पूजींबाद देश बनाए ।  यसो गर्नका लागि जापानको राजनैतिक र सामाजिक संरचनामा धेरै परिवर्तन गर्नुपरेको थियो । त्यो समयमा कोरिया एउटा सम्पूर्ण कोरिया देशका रुपमा थियो र कोरिया राजनैतिक तरलताको दौरबाट गुज्रिरहेको थियो । कोरियाको त्यो कमजोरीमा यूरोपियन शक्तिकेन्द्रहरुले केही फाईदा लिन अगावै जापानले कोरियालाई नियन्त्रण गर्ने योजना बनायो ।

यिनोई योशिका नामक जापानी सैनिक को नेतृत्वमा जापानले सन् १८७५ मा कोरियाली समुन्द्र तटमा यूद्धपोतहरु पठायो ।
कोरियालाई यस कुराले निकै दबाब उत्पन्न गरायो, घुँडा टेकेको कोरियाले लगत्तै जापानसंग सन्धी गरेर ३ वटा व्यापार मार्ग जापान संग खोल्ने निर्णय गर्यो ।  जापानले कोरियासंग त्यही गर्यो जून शायद यूरोपियन देशहरुले कोरियालाई जितेको भए गर्थे होला । क्रमश जापानी व्यापारीहरु कोरिया छिर्न थाले, बैदेशिक व्यापार र वित्तको केन्द्रबिन्दुका रुपमा कोरियालाई प्रयोग गर्न थालियो ।  यो कुरा धेरै जना कोरियाली लाई मन परेको थिएन जसको फलस्वरुप धेरैजना जापानी व्यापारी र कर्मचारीहरु माथि हिंसा र हत्या हुन थाल्यो । यसको फलस्वरुप जापानी सरकारलाई आफ्ना हतियार सहितका सेना कोरियाली शहरमा राख्न पाउने अधिकार दिइयो । जापानलाई कोरिया सम्पूर्ण रुपले आफ्नामा गाभ्न अब झन सहज भएको थियो, कोरियाली शहरमा आफ्ना हतियारधारी सैनिक सम्म भएपछि अब जापानलाई केवल कोरियाली सरकार र सैनिकमाथी आक्रमण गर्ने झिनो कारणमात्र चाहिएको थियो ।

सन् १८९४ मा जापानले त्यो अवसर पायो जब कोरियाली बिद्रोही बिरुद्ध आक्रमण गर्ने नाममा जापानले कोरियाली भूमिमा आफ्ना जनताको सुरक्षार्थ हतियार चलाउन पायो । कोरियाली शाषकहरु जापानी रवैया देखेर धेरै डराए अनि चीनलाई मद्धतका लागि बोलाए । चीनको यो मद्धत जापानले मननपराएर झन जापानी शाषकहरु रिसाए ।

चीनको अप्रत्यक्ष सहयोगका बाबजुद यो युद्ध जापानले जित्यो र सम्पूर्ण कोरिया उपर जापानको नियन्त्रण कायम भयो । एउटा समस्या चाँही जापानका लागि अफ्ठेरो भयो, ति थिइन रानी मीन । कोरियाकी यि रानीले सदैव जापानी बिरुद्ध खरो कदम चालेकी थिइन, रानीले जापानसंगको युद्ध हारेपछि कोरियाली स्वाभिमानका खातिर रसियासंग सहयोगको अपिल गरिन् । यस कुरा चाल पाएपछि जापानका जेनरलले कोरियाली रानीको हत्या गर्ने योजना बनाए ।

सन् १८९५ को अक्टोबर महिनामा रानी मीनको क्रुरतापूर्वक जापानीहरुले हत्या गरे, उनको मृत शरीरलाई सालका रुखहरु बीच जापानीले प्रमाण नभेट्ने गरि जलाए । त्यस समयमा रानी मीनको उमेर ४३ बर्षको थियो । त्यसको १० बर्षमा कोरिया जापानको सैनिक र आर्थिक खेलमैदान नै भयो । तर जापानको कोरियाली भूमिको अधिपत्य छोटो समयसम्म मात्र रह्यो, दोश्रो बिश्वयूद्ध को अन्त्य तिर अमेरिकाले जापानको हिरोशीमा र नागाशाकीमा परमाणु हमला गरेपछि रसियाले कोरिया प्रवेश गर्यो ।

जापानले दोश्रो बिश्वयुद्ध पछि संयुक्त फौजहरु संग सर्मपण गरेपछि कोरियाली भूमिमा जापानको अधिपत्य सन् १९४५ मा सकियो ।
त्यपपछि कोरियाली राजनैतिक समीकरण ले नयाँ रुप लिँदै थियो जब अमेरिकाले सोभियत संघ अर्थात रसियाको कोरियाली अधिपत्य बिरुद्धमा कदम लिन थाल्यो ।  यस कदम अनुरुप अमेरिकीहरुले क्रुरतापूर्वक कोरियाको बिभाजन गराए जहाँ रसिया र अमेरिकी अधिपत्यका भूभागहरु दुईवटा चिरा पारेर टुक्राइएको हो । रसियालाई यो बिभाजन मान्य भयो र कोरिया औपचारीक रुपमा दुई टुक्रा भयो । अमेरिकी शाषित भूभागको राजधानी अमेरिकी बाहुल्यता भएको सियोल मा बनाएर उक्त टुक्रालाई दक्षिण कोरिया भनियो ।
हुन त यो बिभाजन पछि केही कोरियाली एकताका प्रयास नभएका हैनन तथापि अमेरिका र रसियाको बढ्दो दुरीका कारण यि दुई टुक्राहरु एक हुन सकेकनन् ।

सन् १९४७ मा अमेरिकाले संयुक्त राष्ट्रमा कोरियाली भूमिमा स्वतन्त्र निर्वाचन गराउने र एकता गराउने प्रस्ताव लिएर पनि गएको हो । यस प्रस्ताव अनुरुप कोरियाली भूमिबाट बैदेशिक सैनिकहरु पनि हटाउने नियम थियो । सोभियत यूनियन अर्थात रसियाले यो प्रस्तावलाई ठाडै अस्वीकार गर्यो र यसबिरुद्ध भिटो पनि प्रयोग गर्यो । अमेरिकले आफ्नो अधिपत्य भएको दक्षिणी कोरियामा निर्वाचन गरायो र सिगम्यान रि रिपब्लीक आफ कोरियाको प्रथम निर्वाचीत राष्ट्रपती बन्न पुगे ।  तर यता नर्थ कोरियामा भनें निर्वाचन हुन पनि पाएन र नयाँ शाषकहरुको उदय भयो । कम्यूनिष्ट नेता किम अल संग शक्तिमा आए । अमेरिकाले दक्षिण कोरियालाई क्रमश निर्वाचीत सरकारको हातमा छाडेर बिदा भए तर उत्तरमा कम्यूनिष्टहरुको प्रभाव बढ्दै गयो ।

यसै क्रममा एउटा कोरिया टुक्रिएर दुइवटा हुनपुग्यो । उत्तरी र दक्षिणी कोरिया दुबैको सरकारले आफूलाई कोरियाको आधिकारीक सरकार बताएपनि कोरियाली भूभाग राजनैतिक, आर्थिक र बैचारीक् रुपमा नमिल्ने गरि फुटिसकेको थियो ।  सन् १९५० मा सोभियत यूनियनले किम अल संग लाई दक्षिणमा गएर आक्रमण गरि बिजय हुन निर्देशन दिए । यस युद्धमा दक्षिण कोरियाले लगभग हारिसकेको थियो जब संयुक्त राष्ट्र संघले यसलाई उत्तर कोरियाको अबैधानीक कदम ठहर्याएर उत्तर बिरुद्ध सैन्य कारवाही अगाडी बढायो ।
त्यपछि भाग्न भ्याएका उत्तरी सैनिकहरु चीनको बाटो हुँदै घर फर्किए । सन् १९५३ को सन्धी अनुरुप कोरियालाई औपचारीक रुपमै दुई राष्ट्रका रुपमा मान्यता दिइयो । कोरियन युद्धमा करिब २५ लाख मान्छेहरु मारिएको दर्दनाक इतिहास छ ।

त्यस सन् १९५३ को सन्धीमा कुनै पनि शान्ति सन्धी या कदम रहेको छैन, प्रावीधिक र व्यबहारीकरुपमा कोरियाहरु अझै पनि युद्धमै छन् ।
उत्तर कोरियाले परमाणु हतियारमा महारथी हासिल गरेको छ र दक्षिणी भूभाग छुटेकोमा अमेरिका लगायत संयुक्त राष्ट्रसंघलाई दोष दिँदै आएको छ । अहिलेका उत्तरका शाषक किम जोग ईल भनें किम अल सगंका नाती हुन् । उत्तरमा जहानिँया शाषन चलिरहेको छ । बिभिन्न देश र समाचारले उत्तरमा जीवन यस्तो छ या त्यस्तो छ भनेर अनुमान गरे पनि उत्तरमा वास्तवमा कस्तो छ भन्ने कुरा यर्थाथरुपमा कसैलाई थाहा छैन् । यि दुबै कोरियाहरु बीचमा डिमीलिटराइज जोन भनिन्छ, नाम अनुसार यस क्षेत्रमा सैनिक हुन जपर्ने हो तथापि बिश्वमै सबैभन्दा धेरै हतियार र सैनिक भएको क्षेत्र यसै जोन हो । कुनबेला के हुन्छ कसैलाई थाहा हुँदैन ।
आशा गरौं उत्तर र दक्षिण कोरियाको भविष्यमा एकता हुनेछ र बिश्वमा शान्ति आउनेछ ।

सुयोग ढकाल


Loading comments...