Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

महाकविको जीवन्त कथा

१७ मंसिर २०७६, मंगलवार २१:२२


वरिष्ठ साहित्यकार नरेन्द्रराज प्रसाईले लेख्नुभएको ‘देवकोटाको जीवनशैली’ मेरो हातमा पर्यो । यो कृति पढ्दै जाँदा देवकोटाका चिकित्सक डा. बर्कले हिलले भनेको प्रसङ्गमा मेरा आँखा टक्क अडिए । उनले भनेका रहेछन्- देवकोटा नेपालमा जन्मिनु ‘जोग्राफिकल मिस्टेक’ अर्थात् भौगोलिक त्रुटि हो । उनी अरू देशमा जन्मेका भए कति ठूला हुन्थे; मानौँ उनी नोवेल प्राइज पाउनेहरूभन्दा ठूला हुन्थे । देवकोटा गरिव होइन रहेछन् । उनलाई तन र धनको रोग नभएर मनको रोग लागेको रहेछ- पुस्तक पढ्दै जाँदा साच्चै मलाई पनि डा. हिलको कुरामा सहमत हुन मन लाग्यो ।

१९६६ साल तिर कुलीन ब्रामणको घरमा जन्मिएका लक्ष्मीप्रसाद देवकोटाको शिक्षादीक्षामा पनि कुनै कमी भएको देखिएन । आफ्नो इच्छालाई पन्छाएर बाबु तिलमाधव देवकोटाले छोराको इच्छा बमोजिम नै अङ्ग्रेजी शिक्षा हाँसिल गराएका रहेछन् ।

लेखकः इन्दिरा दीक्षित

देवकोटाले पैसा नकमाएका पनि होइनन् । त्यो जमानामा जागिरेहरु को कमाइ जम्माजम्मी ४०/५० रुपैंया जति हुन्थ्यो र पनि मजाले घर चलेकै हुन्थ्यो भने म्याट्रिक पास गरेदेखि नै उनी ट्युसन पढाउँथे, कैलेकाही त दिनको १८‌ घण्टासम्म ट्युसन पढाउँथे तर पनि कसरी आर्थिक अभाव भयो होला ?

देवकोटा पढाइमा तेज भएकाले नौ वर्ष लाग्ने नेपालको पढाई पाँच वर्षमै सकेर भारतबाट हुने ऐलेको एस एल सी जस्तै उनले म्यट्रिकुलेसन प्रथम श्रेणीमा उत्तीर्ण गरेका थिए । उनले त्रिचन्द्र कलेजबाट आइएसी पास गरे भने त्यसपछि प्राइभेट परिक्षार्थिको रुपमा पटना विश्वविद्यालयबाट बीए पास गरेका थिए । त्यसपछिको उनको पढाई राणा सरकारको छात्रवृत्ति मार्फत भारतमै भएको थियो । उनले पटना विश्वविद्यालयबाट बीएल उतिर्ण गरे । त्यसै बेला नेपालमा महाभूकम्प गयो । १९९०सालको माहाभूकम्पले दुनियाँको घरसन्सारसँगै उनको एमए पढ्ने आकाङ्क्षा माथि पनि तुषारापात भयो । त्यसपछि पढाइलाई स्थगित गरेर उनी जागिरतिर भौतारिन थाले । उनले प्रोफेसरको जागिर पाए । बीए पास भएर प्रोफेसर हुने प्रथम नेपाली उनै थिए ।

पुस्तक पढ्दैजादा आफ्नो जीवनकाल भरिका धेरै समय देवकोटाले अनेक प्रकारका दु:ख पाएको देखिन्छ । कहिले घरबाट, कहिले समाजबाट, कहिले शरीरबाट र कहिले सरकारबाट उनले दु:ख खेपिरहे । यस्ता अनेक कटुसत्य र आश्चर्यजनक कथनहरू नरेन्द्रराज प्रसाईले ‘देवकोटाको जीवनशैली’ पुस्तक मार्फत उघार्नु भएको छ ।

अग्लो र छरितो सरिर माथि दौरासुरुवाल कोटमा सजिएर सिरमाथि टोपी लगाएर हिँड्दा सुन्दर र भब्य देखिने लक्ष्मीप्रसाद देवकोटा । उनको स्वरुप अनि त्यति बेलाको नेपालमा रहेका उनका समकालीन नेपालीभन्दा शिक्षित र जान्ने व्यक्तित्वका धनी भएर पनि आफ्नो अव्यवहारिक कारणले गर्दा उनी अपहेलित पनि भइरहे । उनी त माहान् कवि थिए । बाल्यकाल देखि नै असाधारण कविता लेखेर उनले विलक्षण प्रतिभा देखाउदै आएका थिए । युवा अवस्थामा पुग्दानपुग्दै विभिन्न किसिमका लेखहरु लेखेर सबै सामु आफ्नो छवि उच्च वनाई सकेका थिए, समकक्षी बिचमा अब्बल भएर पनि उनले किन आफ्नो अनुकूलको वातावरण पाएनन् होला ? मेरो मनमा मात्र हैन सबैको मनमा यही जिज्ञासा लाग्नु स्वभाविकै हो । सोच्दासोच्दै म निष्कर्षको नजिक पुगेँ कि देवकोटाले त्यतिबेलाको परिस्थिति अनुकूल आफूलाई ढाल्न नसक्नु नै उनको दु:खको मुख्य कारण हुन सक्छ । केही हदसम्म उनी आफै आफ्नो कमजोरीका कारण दुखको जिम्मेदार भएका हुन् जस्तो लाग्यो मलाई ।

देवकोटाले पैसा नकमाएका पनि होइनन् । त्यो जमानामा जागिरेहरु को कमाइ जम्माजम्मी ४०/५० रुपैंया जति हुन्थ्यो र पनि मजाले घर चलेकै हुन्थ्यो भने म्याट्रिक पास गरेदेखि नै उनी ट्युसन पढाउँथे, कैलेकाही त दिनको १८‌ घण्टासम्म ट्युसन पढाउँथे तर पनि कसरी आर्थिक अभाव भयो होला ? भारतबाट बिएबिएल गरेर आएपछिको केही वर्षमा नै उनले भाषानुवाद परिसरमा मासिक ७० रूपैयाँ पाउँथे । यतिले त उनको घरमा मनग्गे पुग्नुपर्ने हो । उतिमाथि उनी त्रिचन्द्र कलेजमा प्रोफेसर पनि थिए । त्यहाँबाट पनि उनले १०० रूपैयँ पाउँथे । एक महिनामा यत्तिको रकम हातपर्दा त छेलोखेलो हुनुपर्ने हो । तर पनि कसरी नपुग्ने होला ?

एकोहोरो बानी र झट्टै अरुको कुरा पत्याई हाल्ने स्वभावले गर्दा पनि यिनले धेरै दु:ख पाएको देखिन्छ । कसैको दु:ख देख्न नसक्ने दयालु स्वभावले गर्दा आफ्ना जायजेथा पनि जो माग्छ आउँछ उसैलाई दिदै गए, फलस्वरुप देवकोटाका जग्गाजमिन पाएका आफन्तहरु धनी बने भने उनी चाहिँ गरिव वन्दै गए ।

मेरो विचारमा वुँधागत रुपमा भन्नुपर्दा उनको दुखको कारणहरु यसप्रकार देखिन्छन् :
१. महत्वाकाङ्क्षी स्वभावका देवकोटाको पहिलो दु:खको कारण महत्वाकाङ्क्षानै बन्यो । खुबै धनी बन्ने सपना सँगाल्दै गहिरा कुरामा तल्लिन हुन्थे र आफ्नो देश विकाश गर्नका लागि नयाँ योजनाको तर्जुमा गर्थे । तर उतिबेलाको सरकारले उनको कुरामा ध्यान दिएन; फलस्वरुप उनको विद्धता र योजना सबै खुम्चिएर रहे ।

३. जीवन कसरी चलाउँने भन्ने ज्ञान नभए जस्ता, जस्ले जे भन्यो त्यही पत्याएर उसैका पछि लागि हाल्ने बालसुलभ स्वभावका धनी थिए देवकोटा । उनी आफ्ना आश्रितमा रहेका परिवारलाई समेत भुलेर महिनौ मात्र नभएर बर्षौ पनि हराउँने गर्थे । सरल हृदयका धनी उनले अरुको जाल झेल र कपट कहिले बुझेनन्, उनलाई अघि लाएर आफ्नो दुनु सोझ्याउँने जमातलाई चिन्दै चिनेनन्, बिरामीले थल्लिएको अवस्थामा बिरानो मुलुकमा झिङ्गाले छोडेझै उनका विश्वसपात्रले छोडेर पाखा लागे । मर्नु न बाँच्नुको दोसाँधमा पुगेपछि विश्वासको परिणाम बुझ्दैगए र उनीमा संसारदेखि निराशा पनि बढ्दै गयो ।

४. देवकोटाको स्वादे जिब्रोका कारण पनि उनको जीवन अस्तब्यस्त भएको देखिन्छ । हातमा पैसा होस् या नहोस् उनलाई मासु अति खानु पर्दोरहेछ । सिङ्गै खसीको टाउको एकै पटकमा खाइदिन सक्ने उनी सधैँ टन्न मासु खान खोज्दा रहेछन् । घरमा मासु नपाए पसलमा गएर मासु चिउरा उधारै भएपनि टन्न खाने, आफूले मात्रै नभएर दलबल सहित लगेर ख्वाउनपर्ने ।

देवकोटालाई कुन पसलमा कति खाएँ भन्ने कुराको लेखाजोखा नै हुदैनथ्यो । आफू इमानदार भएकाले तलव आएको दिन उधारो खाएको पसलतिर तिर्दै हिड्थे र ऋण खाएका पसलेलाई पैसा तिर्न जाँदा उनीहरूले आफूखुसी बढाएर पैसा असुल्थे । साथै नखाएका ठाउँमा पनि उनले पैसा तिर्दै हिड्थे । यसरी जथाभावी पैसा दिदैजादाँ उनी रित्तो हात घर पुगेका हुन्थे । आफूले खाएको पैसा इमान्दार भएर तिर्दैजादा यो पनि बिर्सन्थे कि आफ्नो आश्रितता रहेको परिवारको दैनिकी रित्तो हातले कसरी चल्ला ?

५. एकोहोरो बानी र झट्टै अरुको कुरा पत्याई हाल्ने स्वभावले गर्दा पनि यिनले धेरै दु:ख पाएको देखिन्छ । कसैको दु:ख देख्न नसक्ने दयालु स्वभावले गर्दा आफ्ना जायजेथा पनि जो माग्छ आउँछ उसैलाई दिदै गए, फलस्वरुप देवकोटाका जग्गाजमिन पाएका आफन्तहरु धनी बने भने उनी चाहिँ गरिव वन्दै गए । उनी कतिसम्म दानी रहेछन् भने जागिरबाट तलब पाएको दिन कोही हात पसारेर अगाडि उभियो भने खल्तीको सबै पैसा उसैलाई दिएर रित्तो हात घर फर्कन्थे । कसैलाई दिन पाउँदा उनले आफ्नो घरलाई चटक्कै बिर्सिदा रहेछन् ।

देवकोटा साच्चै असाथारण प्रतिभाका धनी थिए । उनको जीवनी पढ्दै जाँदा त्यो समय अनि नेपालभित्र जन्मनु नै उनको अभाग थियो । उतिबेलाको समाजले उनलाई आफ्नै तरिकाले हेर्थ्यो अनि आफै बिश्लेषण गर्थ्यो । देवकोटाले हात हल्लाउँदै अंग्रेजीमा वेद पाठ गरेको सुन्दा उनको गिल्ला गरेर हाँसोमा उडाउने हाम्रो समाजले उनको कदर कैल्यै गरेन । उनको कुरालाई सही ढँगले नबुझ्दा उनी पागलको स्थानमा पनि पुगे । उतिबेलाको समाजमा आफ्ना कुरा बुझाउँन उनले निक्कै सँघर्ष गरे तर सकेनन्, नेपाली समाजले उनलाई बुझ्दा बुझ्दै उनको ज्यान गयो ।

एउटा कुरा मैले खुट्याउँन सकिन, देवकोटा नेपालमा जन्मनु उनको अभाग थियो अथवा उनलाई वुझ्न नसक्नु नेपालीको अभाग हो ! मेरो दिमागमा अझै एउटा अनुत्तरित प्रश्न डौडिरहन्छ । आजको नेपालले फेरि अर्को देवकोटा पाउन सक्ला त ? नरेन्द्रराज प्रसाईको ‘देवकोटाको जीवनशैली’ पढेपछि मेरो मनमा अनेक तरङ्गहरू उब्जिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

नइ कीर्ति र आकृति र नइ कृतिलयको लोकार्पण नइ प्रकाशनले राजधानी काठमाडौँमा देशदेशान्तरका २०१ जना स्रष्टालाई ‘नइ कृति रत्न’ अलङ्कारले

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत