बलात्कार गरेको आरोपी बाबा नित्यानन्दले समुन्द्र छेउमा आफ्नै टापु किनेर गरे आश्रम स्थापना


भारतबाट भागेका यि बाबा नित्यानन्द एकजमानामा भारतका सर्वमान्य गुरु र भगवान स्वरुप थिए भन्दा फरक नपर्ला । रिपोर्टसरका अनुसार उनी केहि समयअघि मात्र भारतबाट भागेका हुन् र अहिले इक्वोडर भन्ने देशको छेउमा यिनले एउटा टापु नै किनेका छन् । त्यहाँ उनी नित्यानन्द राज्य र आश्रमको स्थापनामा जुटेका छन् ।

यतिमात्र हैन , यिनले कैलाशा नाम राखेर उक्त टापुको झण्डा र पासपोर्ट सम्म डिजाइन गर्न भ्याइसकेका छन् । यिनले त त्यस टापुमा मन्त्रिमण्डलको ब्याबिनेटको पनि योजना गरिसकेको बताइन्छ । ट्रिनाड र ट्रोभागो टापु निकट रहेको यस टापुलाई स्वतन्त्र हिन्दु टापु घोषणा गरिसकेको बताइन्छ । यस नयाँ देशले मन्दिरमा आधारित ईको सिस्टममा शाषन पद्धति चलाउने बताइएको छ, तेश्रो आँखाको बुझाई, योगाको अभ्यास, गुरुकुल शिक्षण प्रणाली लगायत यस टापुमा निशुल्क स्वास्थोपचार र शिक्षाको प्रावधान रहन्छ ।
यो बेवसाइट हेर्न सक्नुहुन्छ, यसमा नित्यानन्दले आफ्नो योजनाका बारे कुराहरु राखेका छन् ।
https://kailaasa.org/

नित्यानन्दको बिरुद्ध भारतको कर्नाटका अनि तामिल नाडुमा केसहरु चलिरहेका छन्, उनी भारतबाट भागेर त्यहाँ पुगेका हुन् ।

लाइभ्माण्डु


Loading comments...