चीन दर्पण पुस्तक समीक्षा


चीन दर्पण एउटा पुस्तक हो, यसले चीन र अमेरिकाबीचको इतिहास, प्रयास, त्रुटी अनि घटनाक्रम व्याख्या गर्दछ । आजको बिश्व डिजीटल पूजीँबाद र यसको बिश्वव्यापी बृद्धिको हस्ताक्षर जस्तो भएको छ । चीन यसै बिश्वव्यापी पूँजीबाद अनि प्रबिधीको उत्पादन र उपभोगको ठूलो बजार भएको छ, चीनको अहिलेको ज्यामीतीय अनुपातको प्रविधी अहिलेको बिश्वले परैवाट हेरेको छ । बिगतका दिनमा चीनले गरेका कसरत, कदम अनि चीनीयाहरुका दुख्ख लाई बिश्वले बुझ्न अनी सिक्न पनि केकती सकेको छ रु प्रश्न नै बनेको छ ।

माओ क्रान्तीको उतारचढाव पछि चीन अहिलेसम्मको अवधीमा स्वयम नै उदेश्यकेन्द्रित भएर बढेको छ, यो परिमाणको बिकास यती छोटो अवधीमा बिश्वले अहिलेसम्म देखेको भने छैन।

यो पुस्तकका लेखक भने जेम्स ब्राडली हुन्, यि लेखक अमेरिकन हुन तथापि इतिहास अनि घटनाक्रम उत्खनन गर्दे नलेखिएका तथ्यहरु उजागर गर्ने कृती लेख्नमा अनि अन्वेषण गर्नमा यिनी पोख्त छन् । यस्तै प्रकरका चलचित्र हरु जस्तै फ्ल्याग्स अफ आवर फादरस् र राडिकल ज्याक उनैको कृती हो ।

उन्को यस पुस्तक अमेरिका र चीनबीचको बिग्रेको समबन्ध, यसका कारण अनि अमेरिकी अधिनायकवाद को उजागर कार्यको स्वरुप तयार पारिएको उनी स्वयमले अलजजीरा टीभी च्यानलसंगको अन्तर्वातामा बिश्वलाई बताएका छन् ।

१९ औं शताव्दीलाई धेरै इतिहासबीध हरुले चीनका लागि बेइज्जतीको शतक भनी चित्रण गरेका छन्, यो बेइज्जतीको कारण भने अमेरिकाको असमान परराष्ट्रनीती रहेको जानकारी धेरै अमेरिकीलाई थाहा नभएको तसर्थ थाहा दिन भएपनि यो पुस्तक लेखेको लेखकले बताए ।

अब पुस्तकको भित्री पक्षहरु प्रस्तुत गर्न चाह्यौं, अमेरिकाको एसिया प्यासफिक देशहरुमा भएका गलत व्यबहारलार्ई चित्रण गर्दै यस पुस्तकको शुरुवात नै अमेरिकाको पूर्व राष्ट्रपती फ्याकंलीन रुजवेल्टका हजुरबुवाको उपचार प्रक्रियाबाट शुरु हुन्छ । रुजवेल्ट परिवारको समग्र धननै अफिम कारोवारको अबैध पैसोबाट आएके सप्रमाण लेखकले प्रष्ट पारिदिएका छन्, यिनका अनुसार फोब्र्स परिवारको पनि धनको मुख्य श्रोत अफिम कारोबार रहेको थियो । यसरी अफिमको उतिबेलाको मुख्य बजार भने चीन रहेको इतिहास छ ।

यी सबै अफिम कारेवारी उधोगपतीहरुले आफ्ना कारोवारको नाम भने चाइना व्यापार भन्ने गर्दथे, पुस्तकले सुस्तरि तथ्य उक्काँउदै जान्छ । यस पुस्तकले सुस्तरि रुजवेल्टको कार्यकाल, सीनो जापानी यूद्ध, पूर्वी एसिया बृद्धि समन्वय, चीयागं काई शेक, माओ जेडोगं लगायत दोश्रो बिश्वयूद्धको पुछार सम्म तान्दछ । दोश्रो बिश्वयूद्धको केही बर्षपछि अमेरिकी संसदमा चीन कसले पाएन भन्ने बिषयमा भएको बृहत छलफलको एतिहासिक पृष्ठभूमि पनि यस पुस्तकले दिएको छ । यसका साथै २५ लाख मारिएको कोरिया यूद्ध अनि भियतनामको मुसे युद्ध पनि पुस्तकले समेटेको छ ।

४०० पानाको यस बिशेष पुस्तकका हरेक पेजमा देखकले रौं उमार्ने तथ्य र प्रमाण दिएका छन् । पुस्तक चीनका बारेमा थोरे मात्र लेखिएको भएपनि परिवृत अनि घेराभित्र जापान लगायत अन्य एसियाली देशहरु समावेश भएक छन् । माओ स्वयम अमेरिका भ्रमणमा गएर ह्वाइट हाउसमा चीन र अमेरिकाको साझा धारणा बिकास गर्न गरेको पहललाई इतिहासले भूलेको सस्मरण पनि यस पुस्तकमा छ ।
अमेरिकी नीतीको खुलेर चिरफार गरिदिएको यस पुस्तक इतिहास जान्न चाहने अनि अमेरिकी नीतीको अध्यन गरेका हरुक लागि गज्जबको खुराक हो भने चीनको फड्को अनि अमेरिका र चीनबीच्को मुल्यवान फरक जान्न महत्वपूर्ण छ ।

स्मरण रहोस बिश्वमा सबैभन्दा धेरै खरबपती अब चीनबाट निस्केका छन्, चीन बिश्व उत्पादनको त्यो केन्द्र हो जहाँबाट नै बिश्वमा प्रविधी र उपभोक्ताशीपको बृत कोरिएको छ । अमेरिकामा पूजीपतीले हस्तक्षेप अनि चलायमान गरेको संसद र सरकार लाई चीनसंग तुलना गर्दे लेखकले चीनमा पूँजीपतीले सरकारसंगको हस्तक्षेप नभएको प्रणालीलाई सरलतापूर्वक देखाएका छन् ।

चीनको अर्थतन्त्रको सरलताका साथ प्रतिबिम्ब देख्नलाई पनि यो पुस्तक उपयूक्त हुनेछ । अमेरिकी राष्ट्रपती थियोडर र रुजवेल्टलाई त पुस्तकले अत्यन्त हानीकारक निर्णय लिएको पात्रका रुपमा पस्केको छ । व्यक्तिगत व्यापार र देशको हीतलाई अलग्ग नहेरेको जस्तो यी नायकहरुलाई देखाएको यस पुस्तक सन् २००९ मा प्रथम प्रकाशन भएको हो । सन् २०१२ मा दोश्रो पटक प्रकाशीत यस पुस्तक बास्तवमै पुस्तक पारखीका लागि मजबुत खुराक बन्न सक्छ ।

मिलेसम्म चीन दर्पण अर्थात द मिराज अफ चाईना पुस्तक पढ्नुहोला । पुस्तकको यर्थाथ र इतिहासको धरातल केलाएर पढ्ने जिम्मा त सदैव पाठककै त हो ।

सुयोग ढकाल


Loading comments...