भाजपा गान्धी बिरोधाभास अनि कालापानी र लिपुलेक


अमेरिका हाउसटनमा भारतीयहरुले एउटा वृहत प्रर्दशन गरेका थिए, र्यालीको नाम थियो हाउडी मोदी । यस र्याली यति बिशाल थियो कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि भारतीय प्रधानमन्त्री मोदीको अमेरिकी सेलिब्रेटीशीपमा सहभागी हुन पुगिहाले, अमेरिकामा भारतीयहरुपनि रणनैतिक भोट ब्याकं त हुन् नै ।

यस र्यालीका बारेमा धेरैले चित्रण गरे, लेखे तर थोरैले मात्र यस र्यालीमा सेतो लुगा लगाएर र लठी टेकेर गान्धी झैं हिँडेका एक पात्रका बारेमा टिप्पणी गरे तर आज म यो कुरालाई उक्काउ जाँदैछु । एक्जना भारतीय उक्त र्यालीमा ट्रम्प र मोदी पछिका अर्का सेलीब्रेटी भएका थिए किनकि उनी गान्धीको स्वरुपमा त्यहाँ गए । उन्ले उपनिवेशवादको बिरोधी राष्ट्रवादी महान मोदीलाई गान्धीसंग तुलना गर्दै दुबै जना सन्तहरु हुन सम्म भनेँ ।

भर्खरै एकजना सत्तारुढ भारतीय सासंदले गान्धीको छवीका बारेमा बोल्दा र गोड्सेको सम्मान गर्दा एउटा तहल्का मचिएको छ । पन्जाबको खालिस्थानको आन्दोलनको मुख्य बिन्दु गान्धी बिरोधाभास नै हो । यदपी भारतको सत्तारुढ पार्टी भनें आजभोली अलौकीक रुपमा गान्धीको छवीको मुनी आफ्नो छवी सुधार्न तर्फ लागेको छ ।

भाजपाले मरिसकेका गान्धीलाई एउटा नयाँ परिचय दिएको छ, भाजपाका नेतृत्वदायी पदका नेताहरुको भाषणमा गान्धीलाई महान हिन्दुवादी नेता भनि पटक पटक चित्रण गरिएको छ, यस विषयमा गान्धीको पूर्नपरिचयमा हिन्दुत्व ल्याउन कतिको जायज छ या छैन, भारतीयहरुले बिचार गर्ने कुरा हो ।

यस्तो लाग्छ कि गान्धीका धर्मपुत्रको परिवार जहाँगिर र इन्दिरा गान्धीका खलक कांग्रेस आईमा रहेर यता भाजपा दुबै पार्टीहरु बिच गान्धीको छवीमा टेकेर राजनैतिक वृत फराकिलो पार्ने तानातान चलिरहेको छ । भारतको सिमा भित्रका सबै समुदाय, भाषा र जात वर्णलाई एकत्रित गर्दै गान्धीले अहिंसाको मार्ग अपनाएर उपनीवेशकर्ताहरुलाई धपाउन सफल भएका हुन् तर यस अहिंसालाई केवल हिन्दुत्वसंग मात्र जोडिनु कतिको न्यायपूर्ण होला ?

गान्धीको राजनैतिक धारलाई भाजपाले आत्मसाथ गर्न सकेको छ या छैन ? बिग्रदों कश्मिर द्धन्द, नेपालसंगको सिमा प्रतिको सामन्ती निति लगायत भारतले पछिल्ला समयमा अन्य छिमेकीसंग पनि चिसो चिसो समबन्ध नै बिकास गरेको छ । के गान्धी नितिले सिमा पारि गएर लिपुलेक र कालापानी हडप्न भनेंको थियो ?

सन् १९१५ मा गान्धीले मद्रासमा एउटा जोडदार भाषण गरे, म अहिंसाको पूजारी हुँ र मेरो कोही दुश्मन छैन भनेंर । तर गान्धीको हत्या भयो । यस भाषणको केहि समयपछि फेरि गान्धीले म अहिंसाको पुजारी हुँ र म मेरा दुश्मनलाई पनि माया गर्छु भनी भनें । सन् १९२५ मा यूगं इण्डिया नामक पत्रिकामा गान्धीले बकायदा लेख नै लेखेका छन्, हिन्दु मुसलमान बिवाद बिषयमा कि दुबै समुदायले आपसी बिश्वास गुमाएका छन् तर यस बिश्वासलाई पूर्नस्थापीत गरिनुपर्छ भनेंर । स्वतन्त्रताको केहि मात्र समय अघि बगांल क्षेत्र नोखाली तर्फको हिन्दु मुसलमान दंगामा ५०० कढि हिन्दुहरु मारिएका थिए, भारतले गान्धीकालमा र अझ भनौं स्वतन्त्रताको लगत्तै अघि र पछि धर्मको बिवादमा धेरै दंगाहरु खपेको छ ।

भाजपाको उत्पति गराउने संघ राष्ट्रिय स्वयमसेवक संघका पुराना नेता र स्थापना कर्ता मध्य एक एम एस गोवाल्करले सन् १९३९ मा एउटा पुस्तक लेखेका थिए, वी अर आउर नेशनहुड डिफाइन्ड भन्ने । आरएसएसले आज पनि यस पुस्तकलाई आफ्नो गीता मानेंर आत्मसाथ गर्दछ । यस पुस्तक सबै पढ्न नपाएपनि यस्मा सम्पूर्ण गैर हिन्दुलाई पीडक मानिएको छ र बिभेदको स्वीकारोक्तिलाई मानेको छैन । यस परिवेशमा जब आरएसएसका मुख्य नेतृत्वको लगभग १०० वर्ष पुरानो म्यानीफेस्टमा नै गैर हिन्दुलाई पीडक मानिएको छ भनें यस आरआएसएसको भातृ संगठन भाजपाले गान्धीको अहिंसाको दर्शनलाई कसरी आत्मसाथ गर्न सक्दछ ?

गोवाल्करले त प्रजातन्त्रको गलत परिभाषाले गर्दा आज हामीलाई आफ्नो दुश्मनलाई पनि साथी भन्न सिकाँइदैछ भनी स्पष्ट लेखेका छन् । यद्धपि भाजपाले स्वच्छ भारत मिशन लगायतका बिभिन्न अभियान र आलेखहरुमा गान्धीको प्रतिमा र व्यक्तित्व क्याश गर्न खाजेको स्पष्ट छ । गान्धी आधूनिक भारतका लागि बिरोधाभास बोकेर आएको व्यक्तित्व पनि हुनसक्लान तर यिनको मूल सिद्धान्तलाई पछ्याउन नसक्ने र बिपरित दर्शनमा हिँडेका राजनैतिक धारका प्रवाहकर्ता महान नेताहरुले पनि किन गान्धीलाई भजाउन खोज्दै छन त ?

हिन्दु मसलमान द्धन्द ताका गान्धी नोखाली गएका थिए, यिनको बिरोधमा त्यहाँ मुसलमान समुदायले सडकमा मान्छेका दिशा र गाइबस्तुका गोबरहरु पनि फ्यालेका थिए । त्यहाँकी नेतृ मनुवेशेनको डायरीमा गान्धीले ति फोहोरहरु आफ्नै हातले उठाएर फालेको सम्म पनि उल्लेख गरेकी छिन्, शायद गान्धी समाजलाई स्वच्छ बनाउन चाहन्थे र यस्का लागि गान्धी दर्शनको सही प्रयोग गर्न भाजपाले सिक्ने कि ?

स्मरण रहोस् गान्धी भारतको सिमाबारिहका कुराहरुमा तठस्त थिए, उनी सबैसंग मिलेर शान्तिपूर्ण रहन र समावेशी समाजको द्रष्टव्य देख्दथे । के कालापानी र लिपुलेक पनि गान्धीकै दर्शन अनुरुप हो र ?

सुयोग ढकाल
लाइभमाण्डु


Loading comments...