हङकङ प्यालीस्टाइन र कश्मीर


प्यालस्स्टाईनको लगातारको रत्ताम्य बाटाहरु कश्मीरको रगतका धाराहरु अनि हङकङको मास प्रर्दशन, के यि ३ वटै ठाँउहरुमा केहि समानता या समबन्ध भेट्नुभएको छ ? आउनुहोस् म आज यि ३ वटै ठाँउहरु र परिवेशको एतिहासिक समानता तर्फ लैजान्छु ।
एकादेशमा भएको इतिहासमा एउटा साम्राज्यमा सूर्य कहिल्यै अस्ताएन अनि त्यस साम्राज्यको अन्तमा त्यसको प्रभाव यस्तो पर्यो कि केहि ठाँउहरुमा रगतका टाटाहरु कहिले पनि सुक्न पाएन ।

बैदेशिक नितिबारे को विश्वमा धेरै पढिने लेखिका एमी हकिन्सले फोरेन पोलिसीमा लेखीन कि विश्वले अहिले बेलायती साम्राज्यले रोपेको काँढाको बृक्षको फलको प्रभाव भोग्दै छ । बेलायती साम्राज्यले छाडेपछि हरेक देशमा सामुदयाकि र धार्मिक द्धन्दको अधिकतम प्रभाव परेको र डिभाइड एण्ड रुलको रणनिति स्पष्ट देखिन्छ । हङकङ र कश्मीरमा त बेलायती साम्राज्यवादको आफ्टर म्याथ नै देखिएको हो । भारतको पोष्ट कोलोनीय अपराइजिगंमा बिभेद र बिभाजनका धेरै अवयवहरु देखिए, भारत पाकिस्तान बिभाजनको मुख्य आधार नै धर्मलाई बनाइयो । कश्मीर चाँही यस बिभाजनको एपी सेन्टर नै हो, बहुसख्यक मुसलमान माथि अल्पसख्यक हिन्दुहरुको शाषन भएकाले धार्मिक बिभाजनको चपेटा दिर्घकालिसम्म कश्मीरमा देखियो जस्को अन्त शायद यो शताव्दीमा पनि नहोला ।

यसलाई म प्यालीस्टाइनमा जोडेन चाहन्छु जहाँ गोराहरुले स्थापना गरेका राष्ट्रले मध्यपूर्वका बहुसंख्यक देशहरुलाई शाषन गर्न भनेंर छाडियो । ईज्रेलको सपरमेसी रैथाने मध्यपूर्वका देशहरुलाई मान्य हुने कुरा भएन, अनि द्धन्द शुरु भयो जुन द्धन्द पनि यस शताव्दीमा सकिएला झैं छैन ।

फेरि हङकङ को कुरा गर्दा यो ठाँउ न त मेनल्याण्ड चीन हो न स्वतन्त्र । बेलायती उपनिवेशवादले केहि दशकअघि चीनलाई लिखितम गरेको यस भूभाग पनि अहिले पोष्ट कोलोनियल अपराइजिगंको भीमकाय चपेटामा छ । जब बेलायती साम्राज्यको घाम अस्तायो तब यस ज्याक राज्यका उपनीवेशहरुले पनि बिभाजन र बिभेद अनि द्धन्दको दिर्घकालिन भूमरीमा फस्न पर्यो । भारतको बिभाजनको एपीसेन्टर कश्मीरमा पर्यो भनें मध्यपूर्वमा यूरोपेलीहरुले थपेको नयाँ राज्यको भूमरीमा शुरु भएको द्धन्द आज धर्ममा नै गएर जियोनीस्ट र जिहादीको द्धन्द भएको छ ।

उता हङकङ  पहिचानको क्राइसीसमा छ, समाज निकै बिकसित त भयो तर पहिचानको अभाव अनि पोष्ट बेलायती कोलोनीज्यबाट उकासिएको हङकङलाई चीनको मेनल्याण्डको शाषन मान्य पनि त छैन । शाषक र शाषीत बिचको यो शदियौं पुरानो बैमनस्यतामा हङकङ , प्यालीस्टाइन र कश्मीरमा पोष्टकोलोनियल अपराइजिगं असर देखिएको छ जुन कुरा नै यि द्धन्दको एतिहासिक पृष्ठभूमि हुन् ।

सुयोग ढकाल
लाइभमाण्डु


Loading comments...