‘प्रेमगीत ३’ मा अनुभव र योगीशाको यस्तो अवतार


छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशनमा निर्माणाधिन यस वर्षको प्रतिक्षीत चलचित्र मानिएको ‘प्रेमगीत ३’का कलाकार अनुभव रेग्मी र गीत क्यारेक्टरकी मुख्य अभिनेत्री क्रिस्टिना गुरुङको बाल्यकालको भुमिकामा काम गरेकी योगीशा खत्रीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ ।

सार्वजनिक पोष्टरमा अनुभव कुनै जमानाको राजघरानाका एउटा बाल योद्धा तथा योगीशालाई पनि उस्तै गरी कुनै राजकुमारी झै दुरुस्तै सुहाएको छ । पोष्टरबाटै एउटा कुरा भने स्पष्ट छ यसपटक “नाई न भन्नु ल” स्टार अनुभव रेग्मीलाई बालपनको पृथक एैतिहासिक पात्रको रुपमा दर्शकले हेर्न पाउनेछन् ।

छेतेन गुरुङ तथा मन्दिप गौतमको लेखन रहेको यो चलचित्र चैत २८ मा प्रदर्शन हुने छ भने, यतिबेला चलचित्र युनिट मनाङमा छायांकनको क्रममा रहेका छन् ।



Loading comments...