Lifestyle Portal
  •   १५ चैत्र २०७९, बुधबार

बिशेश्वर प्रधानमन्त्री हुँदा खेरिको नेपाल : भुसको आगो

२० मंसिर २०७६, शुक्रबार २१:३०


बिसं २०१६ साल असोज महिनाको कुरा हो, पिँढीमा एकजना महिलाले बत्ति बाल्दछिन्, अगुल्टाले बालेर बलेको बत्तिपछि क्रमश उज्यालो छाँउदै जान्छ । रेडियोले समाचार फुक्दै जान्छ, प्रधानमन्त्री बिपी कोइरालाको हरेक नेपालीलाई एउटा दुहुनो गाई, दुई छाक खाना र एउटा छत सुनिश्चित गर्ने समाजवादी योजनाका साथै खेलकुद प्रतियोगीतासम्मका समाचार भनेंपछि रेडियो सुस्ताउदछ । गोबिन्द बहादुर मल्ल गोठालेको नाटक भुसको आगोको परिवेशमा आज हामी पुरानो नेपालको ब्याख्या गर्न चाहन्छौं । केहि दिनअघि यस नाटक हेर्ने अवसर जुरेको हो । साँझमा ४ः५० मा नाटक शुरु हुने भएकाले साथी विपनाकै स्कुटरमा दुईजना जाने सल्लाह वमोजिम हामी झण्डै झण्डै ढिलो पुग्यौं । दुईठाँउमा झनै ठोक्काएर अनि एकजना कार चालकको गाली पचाएर हामी रातोपुल पुग्यौं , स्कुटर मैले चलाएको थिँए । लक्ष्य थियो भुसको आगो हेर्ने, शैली थिएटरमा पुगियो अनि टिकट काटेर भुसको आगो हेर्न छिरियो ।

गोबिन्द बहादुर मल्ल अब्बल दर्जाका लेखक हुनुहुन्छ र वहाँका श्रृजनामा बिम्बहरु पात्रहरुको पोर्टफोलियो मार्फत बढि देखाइन्छ । विपना लैगिंक समानताका क्षेत्रमा काम गर्दछिन् अनि यस नाटक उन्का लागि एउटा जिवन्त कोर्स पनि हुनेवाला थियो भनें म पनि धेरैपछि नाटक हेर्न जान पाएकोमा निकै मख्ख थिएँ । नेपाली रंगमञ्चमा मञ्चन भएका नाटकहरुमा महिलापात्र मात्र भएका कमै नाटकहरु होलान र भुसको आगो पनि त्यस्मध्यमा पर्दछ । नयाँ शैली थिएटरको नयाँ सिटमा नयाँ नाटक हेर्न बस्दा जुन नयाँ माहोल महसुस गरेँ त्यस्मा झन नयाँपन बिसं २०१६ सालको नेपालको एउटा नेवा समुदायको परिवार र परिवेशले थपिदियो । नाटकमा लाइभ संगित बजाइन्थ्यो, नाटकको थिम गीत थियो अनि त्यो पनि मलाई रोमाञ्चक लाग्यो ।

यो नाटक उर्मीलाको कथा हो, राधाको कथा हो, माइजुको कथा हो, बज्यैको कथा हो, राधाकी छोरी अनि माइजुकि कान्छी छोरीको पनि कथा हो । यि नारीपात्रहरुमा नै यो नाटक चलिरहन्छ, घरिघरि एकजना नेतृको उदय हुन्छ उर्मीलाकी साथीको रुपमा । म क्रमश नारी पात्रहरुको बिवरण दिन्छु है,

उर्मीलाः २७ वर्षकी यिनी कलेजमा पढ्दछिन, सानैमा बिवाह भएपनि यिनलाई घरपटिकाले नराम्रो गरेपछि माइतिमा नै ल्याएर राखिन्छ, पढाइन्छ । कलेजमा पढ्ने उर्मीलाको मनमा श्रीमानप्रति केहि बचेकुचेको भावना छ, श्रीमानले भनें घरपरिवारको सहमतीमा अर्की केटी बिवाह गरिदिएर त्यताबाट छोराछोरी पनि भइसकेका छन् । उर्मीला यस नाटककी मुख्य पात्र हुन्, यिनी राजनिति र समाजसुधारमा संलग्न त छिन तर समाजको हेराई अनि प्रश्नहरुले आजित पनि । उर्मीला आफूलाई माया गर्ने कोहीको खोजिमा त छिन तर मनमा बाँकी केहि भावनाहरुले त्रसित पनि ।

राधाः राधाका श्रीमान को भर्खरै मृत्यु भएको हो, यिनी माइजुको मा आएर बसेकि छिन् । छोरा र छोरी दुबै सहित माइजुकोमा बसेकी राधाका  छोरा स्कुल पढ्ने छन् । नाटकभरि राधाको भागमा एक पित्को पनि हाँसो छैन, यिनी श्रीमान नहुनुलाई आफ्नो दुर्भाग्य मान्दै उर्मीलालाई आफूभन्दा भाग्यमानी ठान्दछीन किनभनें उर्मीलाको पोई उनीसंग नभएपनि ज्यूँदा त छन् भन्ने राधाको तर्क छ ।
माइजुः माइजु उर्मीलाकी आमा, राधाकी माइजु । परिपक्क अधवैंशे नारी जो छोरी उर्मीलालाई उन्का पुरानै श्रीमानको घरमा सौता भएपनि सौभाग्यशाली भएकी जेठी श्रीमतीका रुपमा देख्न चाहन्छीन् । छोरी उर्मीलालाई पढ्नका लागि स्वतन्त्रता दिएकोमा यिनलाई थोरै गुमान र धेरै पश्चाताप छ ।

बज्यैः माइजुकी सासु, बुढेसकालमा आफ्नी नातिनी उर्मीलाको घर बसेको हेर्न चाहन्छीन् । श्रीमानलाई भगवान मान्ने बज्यै अलिक गनगनी देखिन्छीन । बज्यै आफ्नो नातिनी ज्वाँईको सदैव गुनगान गाउने गर्दछिन् ।

माइजुकी कान्छी छोरीः अक्सर एउटा टालोले बेरिएको पुतली हातमा लिएर देखापर्ने यि पात्र मार्फत अवोध तर कलिलो फेमीनिज्म देखाइएको छ । बज्यैले बताएको धाराअनुरुप श्रीमानलाई भगवान मान्ने, श्रीमानका लागि सिँगारिने लगायतका बिभिन्न कुराहरु यिनलाई सिकाइएको छ ।

माईजुकी सौताकी छोरी, उर्मीलाकी सौतेनी बहिनीः यि नानी पनि स्कुलमा पढ्दै छिन्, अलिक ठूला कक्षामा पढ्ने भएकाले यिनमा तर्क र सहमत असहमत हुने बिवेक पाइन्छ ।

हरेक पात्रहरुले एक तहको लैगिंक आकार र फेमीनिज्म ब्याख्या गरेका छन् । हजुरआमाका लागि उर्मीला पतीकोमा निहुरिएर जानु, घर बसाउनु र बच्चा पाउनु फेमीनीज्म हो, कर्तव्य हो अनि सुख्खद बाटो हो । माइजु समाजले छोरी उर्मीलामाथि गरेको प्रश्नले हैरान छिन्, उर्मीलालाई माइतमा राख्नु भनेंको दुख्खी बनाउनु हो, माइजु पात्र छोरीको सौभाग्यका लागि चिन्तित छिन्, जिवनमा ब्यबहारीक पक्षको वकालत गर्दै यि पात्रले छोरीलाई ज्वाँईकोमा पठाउने अठोट लिएको छ ।

आज ६० वर्षपछि पनि नेपाली समाजले नारी अनि पुरुष दुबै माथि जुन सेटल कहिले हुने भनेंर प्रश्न राख्दछ हो त्यस सेटलमेन्टको एउटा आयाम उर्मीलाको पात्रमाथि ६० वर्ष अघि लागेको छ । सानैमा बिवाह भएकी उर्मीलालाई पतिको माया छ तर रिस पनि छ किनभनें ति पतिले अर्की श्रीमती ल्याउने घरपरिवारको प्रस्तावलाई नकार्न साहस गरेनन ।

राधा एक्ली छिन् अनि पिडित, माइजुको शरणमा राधाले जिवन गुजार्दै आएकी छिन् । उर्मीला आफ्ना श्रृगाँरहरुको महत्व देख्दिन किनभनें उन्लाई प्रेमको नजरले हेर्ने कोही छैन, समाजका लागि उनी बिवहीत नारी हुन्, फलानाकी जेठी श्रीमती।
मैले यो नाटक हेरुन्जेलमा टाइम ट्राभल गरेर १६ सालमा पुगेर सबैलाई भेटेर आँए । उर्मीलालाई उन्का पतिले भेट्न आउन भन्ने पत्र पठाएपछि घरमा खुशी अनि बेखुशी दुबै शुरु हुन्छ । उर्मीला जान चाहन्न तर उ पतिबाट केहि प्रश्नको जवाफ चाहन्छे । माइजु र बहजुरआमा जसरी पनि उर्मीलालाई पठाउने सोचमा छन् र श्रृगारीएर जान पर्दछ भन्दछन् ।

यस नाटकमा बाँकी कुराहरु हेर्न त यहाँहरु स्वयम जान पर्दछ, शैली नाटकघरमा । यो नाटक हेर्न लायक छ यद्धपी निर्देशकिय अनि संवादका कुराहरुमा नाटकमा केहि सुधार जरुरी छ । म आफू लेख्ने भएकाले पनि शव्द अनि अभिव्यक्तिमा धेरै नियाल्ने गर्दछु, शुरुदेखि अन्तसम्मका संवाद अनि बिम्बहरुले गर्दा मैले त्यो घर नेवा समुदायको घर हो भन्ने कुरा पत्याउनै सकिन, म कन्भीन्सड भएन । म आँफैपनि नेवा समुदायसंग निकट भएर हुर्किएको मान्छे भएकाले होला नेवा संस्कारको अलिक रस छ ममा । नाटकका संवादहरु अनि प्रयोग गरेका बिम्बहरुले नेवा समुदाय देखाउन सकेको छैन । एउटा योमरी, हाकु पटासी र केहि तामाका भाँडाहरुले त्यस भान्सालाई नेवा भान्सा कसरी बनाउथ्यो र ?

म संवादमा केहि नेवारी भाषाका अवयव अनि जात्रा, चाड अनि बागमती सभ्यताका अशंहरु खोजिरहेँ तर पर्याप्त पाइन । अनि १६ सालका कुराहरुमा हुने संवाद , इतिहासका टुक्रा, आख्यान, आशा, निराशा थप्न सकिने प्रश्स्त ठाँउहरुमा मैले पाइन, शायद दुरुस्तै नाटकलाई परिपेक्ष्यकरण गरिएका हुनसक्दछ । १६ सालमा आएको पत्र हातले लेखिएको थियो तर लाइन भएको कागजमा थियो, उतिबेलाका धेरै मान्छेका आख्यान र भनाईहरुमा नेपाली सादा कागजमा पत्रहरु लेखिने र लाइन भएका कागजहरु पछि आएका हुरा सुनेको छु । त्यो पात्रको कागज नेपाली कागज किन राखिएन ? मलाई लागिरह्यो ।

झ्यालभित्र मात्र बढि देखिएको नाटकलाई झ्याल बाहिर पनि लगिएको भए कति मजा हुन्थ्यो, मलाई लाग्यो । मेरो साथी गोपाल अर्याल देशबिदेशमा नाटक सिकाउन जान्छ, भर्खरै उ यूरोपमा हुँदा गरेका सेमीनारका बारेमा पढेर गोपुलाई पनि मेरा शव्दमा उतार्ने प्रयासमा छु । यस लेखनमा गोपुको मा बुझ्ने अध्ययनमा मैले नाटकका पोष्टमोर्डन आयामहरु बुझ्न पाइरहेको छु, नेपाली रंगमञ्चमा अब भुसका आगोजस्ता नयाँ आयाम भएका तर पुराना कृतिहरुलाई पोष्टमोर्डन धारबाट देखाउन पर्दछ शायद । यो विषयमा गोपाललाई नाटक भुसको आगो हेरेर लेख्ने अनुरोध गर्न चाँहे ।

उर्मीला आफ्नो वैंश सकिन आँटेकोमा चिन्ता गर्दछे, राधा श्रीमान मरेकामा चिन्ताग्रस्त, माइजु छोरी उर्मीलाको घरजमले तनावग्रस्त अनि बज्यै नातिनीको टड्यौरो स्वभाव र घरजमको अवस्था बिग्रेका तनावग्रस्त ।

के उर्मीला सौता भएकी घरमा पतिको आधा अनि जुठो माया पाउन जान्छे त ? के उर्मीलाको २७ वर्षमा बिहे हुन अब संभव छैन त ? पति भगवान हो भनें पत्नी पनि भगवान हो या केवल भक्त ? नाटकले धेरै आयामहरु छोएको छ र छुन सक्थ्यो ।
भुसको आगो हेर्न जानुहोस्, यो आगो नाटकघरमा निभ्न अगावै ।

सरुभक्तको थाङलाको दोश्रो मञ्चन भएपछि मलाई पनि डाकिएको थियो, हेरेर त्यसबारेमा लेखेको थिँए । बिकासी कामहरु अनि ब्यापारले नाटक हेर्न जान तजबीज नमिल्ने हुन्छ, साथी बिपनाले घरिघरि दुई वर्षमा एकफेर भएपनि स्कुटरमा लिएर जान्छीन, उनलाई पनि धन्यवाद । शैली थिएटरलाई शुभकामना ।

सुयोग ढकाल

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा