
पहिले भद्रकाली मन्दिर अहिले मस्जिद
ढोकामा मुसलमान मन्त्रहरु जप्दै एकहुल मान्छेहरु लात हान्दै थिए, भारतको मृत्यु भन्ने नारा चलेको थियो । पाकिस्तानी शहर नायज बागमा सन् १९९२ को डिसेम्बर ७ को कुरा हो, आजभन्दा २७ वर्षअघिको घटना हो ।
भारतमा यसैताका बाबरी मस्जिद भत्काइएको थियो, हिन्दु प्रदर्शनकारीहरुले मस्जिद भत्काए, दगां भड्कीयो अनि भारतमा मात्र २००० बढि हिन्दु र मुसलमानहरुको एउटै चिहान हुन गयो । यस मस्जिद काण्डको असर पाकिस्तानमा पनि पर्यो, सुमेरु पर्वतको दाहिने पटिका भारतवर्षका देशहरुमा पहिलेदेखि नै हजारौं सनातन मन्दिरहरु छन्, पाकिस्तान त एक समयको सिन्ध उपत्यकाको मुख्यविन्दु र योग अभ्यासको केन्द्र नै थियो । पाकिस्तानमा भारतको मस्जिद भत्केको घटनापछि मन्दिरहरु भत्काउने अभियान नै चल्यो । त्यस दिन अर्थात सन् १९९२ को डिसेम्बर ७ लाई पाकिस्तानी सरकारले भारतको मस्जिद भत्कीएको बिरोधका लागि राष्ट्रिय बिदा नै घोषणा गर्यो । नायज बाग शहरमा १९ औं शताव्दीमा भद्रकाली हिन्दु मन्दिर भएको घरमा बिधालय बनाइएको थियो, पाकिस्तनी प्रर्दशनकारीहरु त्यस बिधालयको खोजिमा थिए ताकि उक्त भद्रकाली मन्दिरका केहि अवशेषहरु बाँकी छ भनें समापन गर्न सकौं भनेंर ।
लाहोरमा एकजमानामा यस भद्रकाली मन्दिर सर्वाधिक तिर्थाटन रहने अनि पवित्र मन्दिर थियो, वरपर ठूलाठूला भित्ताहरु, पोखरी अनि हरियाली रहेको यो मन्दिर अहिले बिधालय हुँदै मस्जिदमा परिवर्तन भएको छ ।
सन् १९४७ को बिभाजनपछि पाकिस्तानबाट हिन्दु अल्संख्यकहरु भागे या मारिए अनि मन्दिरको पवित्रता क्रमश घृणामा रुपान्तरित भयो । कैयन हिन्दु र शिख शरणार्थीहरु पाकिस्तनबाट भागे र उनीहरुको सम्पतीहरु पाकिस्तनमा राष्ट्रियकरण गर्दै गइयो । नायज वाग शहरमा पनि त्यस्तै भयो, हुन त लाहोरमा रहेका मुसलमानहरुको इतिहास हेर्ने हो भनें पनि उनीहरु भारतको गुरगाँउवाट १२औं देखि १६ औं शताव्दीमा लाहोर आएर धर्मपरिवर्तन गरेको सप्रमाण तथ्य छ । बिभाजनको केहि वर्षसम्म हिन्दु मन्दिरहरु त्यसै छाडिएको थियो, मन्दिरका ठूला संरचनाहरुमा स्थानीय बिवाह भोज गरिने र कहिलेकाँही तस्कर अनि लागुऔषध कोरोवारीहरुले मन्दिरका संरचनालाई अखडा बनाएको पनि पाइन्थ्यो । यस भद्रकाली मन्दिरलाई सन् १९७० मा मस्जिद बनाइयो, यसो गर्दा संरचनाहरुको रक्षा पनि हुने अनि हिन्दु घृणालाई मुसलमान अपनत्वको मस्जिदले कम गराउने संभावना थियो ।
फेरि कथा उताको पनि त्यस्तै छ, भारतबाट पाकिस्तान आउने मुसलमानका पीडाहरु पनि केहि कम छैनन । सन् १९४७ को बिभाजनपछि गुरगाँउबाट नाउज वाग आएका बश्मीर अहमद मीयोले पनि लाहोर आएपछि यसै मन्दिरमा शरणार्थीका रुपमा बुवा आमासंग वास बसेका थिए । सन् १९६५ देखि १९६१ सम्म यिनले सेनामा भारतबिरुद्ध पनि लडे । अब सुस्तरि पाकिस्तानमा हिन्दु र मुसलमान भन्दा पनि पाकिस्तानी हौं भन्ने भावना जागृत भइरहेको यी वार भेटरन बश्मीर बताँउदछन् ।
भद्रकाली मन्दिरका मुख्य कोठाको भित्ताहरुमा भएका हिन्दु देवताका तस्वीर र मुर्तीहरु हटाइएको छैन यद्धपि त्यहाँ अहिले मुसलमान समुदायहरुले दैनिक ५ पटक प्रार्थना गर्दछन् । सन् १९९२ मा दगांबाट जोगाउन मन्दिरको संरचनालाई मस्जिद बनाइयो, अलजजिराले बह्मीरको अन्र्तवार्ता नै छापेको पनि छ ।
बश्मीरका अनुसार पैगम्बर मोहम्मदले नै पनि मक्का जितेपछि त्यहाँका कुनै गैर मुसलमानलाई केहि गर्नुभएन, उनीहरुलाई ससम्मान राख्नुभयो त्यस्तै बिभाजनपछि पनि दुबै तर्फ धार्मिक संरचनामा आँच आउन दिनुहुन्न ।
सन् १९९२ मा आन्दोलनकारीहरुले मन्दिरको काठको एउटा ढोका बाले र सबै संरचना बाल्न आँटेका पनि थिए तर संझाई बुझाई पठाइएको इतिहास छ । मन्दिर होस् या मस्जिद त्यस संरचना अहिले पनि पवित्र छ ।
सुयोग ढकाल
लाइभमाण्डु
यो पनि पढ्नुहोस्
राम मन्दिर र बाबरी मस्जिदको बिवादको १३४ वर्षे नालीबेली
बाबरी मस्जिद र राम मन्दिरको बिवादमा अन्तिम सुनुवाई
भारतका मुसलमानहरु अयोध्या निर्णयलाई पूर्नविचार गराउने पक्षमा