एकघण्टा चार्ज गरेर १६० किमी उड्ने जहाज


जहाज भन्ने बित्तिकै महँगो र धेरै इन्धन खपत गर्ने ईन्जिन भनेंर हामी बुझ्छौं तर भर्खरै केवल एक घण्टा चार्ज गरेर १६० किमी उड्न सक्ने जहाज तयार भएको छ । यो सानो जहाज हो, केवल ५ अमेरिकी डलरमा यसलाई चार्ज गर्न सकिन्छ । केवल ३०० किलो वजन भएको पीरपीसटरेल अल्फा एस्ट्रो नामको जहाज २ जना यात्रु र चालक दल का २ जनाका साथ एक पटक चार्ज गरेर १६० किमी उडान भर्न सक्दछ ।

सन् २०१६ मा नै स्लोभाकिया ले यस अल्ट्रा लाइट विमानलाई बनाएको र प्रोटोटाइप सफल भएको हो । १०० केजी को ईन्जिन र २१ किलोवाटको ब्याट्रीे छ । यस जहाजको मुल्य १४०,००० डलर राखिएको छ जस्को नेपाली मुल्य करिब १ दशमलव ५ करोड पर्न सक्दछ । एकघण्टा मा नै यो जहाज पूर्ण चार्ज हुन्छ ।

लाइभमाण्डु


Loading comments...