Lifestyle Portal
  •   १५ चैत्र २०७९, बुधबार

शान्तिका साथ ब्रह्मलीन हुनसक्ने कलाः सद्गुरु जग्गी वसुदेव

२३ मंसिर २०७६, सोमबार ०६:००


सद्गुरु पछिल्ला समयमा निकै चर्चामा छन्, सामाजिक सञ्जाल अनि वादविवाद, ब्यबहारीक पक्ष, रौनक जिवनशैली अनि सान्र्दभिक लेखहरुले यिनी सदैव करिज्माका साथ रहन्छन् । ईशा फाउण्डेशनको सारगर्भिता अनि विश्व योग दिवस स्थापनामा यिनको तर्क र भूमिका अतुलनीय छ ।

यिनको नाम जग्गी वसुदेव हो, म यिनलाई निकै अघिबाट पछ्याउँथे, समयसमयमा यिनी नेपाल आउने अनि शिवका गहिरा भत्तिका कारण यिनले काठमाण्डौलाई शक्तिपुञ्ज भएको शहरका रुपमा ब्याख्या गरेको पाएको छु । यिनी समयसमयमा कैलाश पर्वत पनि जान्छन्, यिनका भ्लगहरु र भिडियोहरुमा यी सबै देख्न पाइन्छ । भर्खरै यिनको एउटा लेख पढेँ, शान्तिपूर्ण ब्रह्मलीन हुनसक्ने कला अर्थात शान्तिपूर्ण मनै सक्ने कला, आउनुहोस् त्यसको सरल अनुवाद पढौं ।

मान्छेहरुले मलाई सोद्छन् कि यदि मृत्यु असम्भावी छ भनें हामी किन मृत्युको प्रतिक्षामा धेरै शक्ति र उर्जा नष्ट गर्नु भनी । हामीले भूल्नु हँदैन कि मृत्यु आँफैमा एउटा अनुपम र बिशिष्ट घटनाक्रम पनि हो, यो अद्भूत छ । जीवनमा धेरै कुराहरु फेरि फेरि घटित भइरहन्छ तर अन्तीम घडी जब हामी भौतिक स्वरुप छाडेर नयाँ परिवृतिमा आगमन गर्ने स्तरमा रहन्छौं, त्यो केवल एकफेर मात्र हुन्छ, यो नै मृत्यु हो । शरीर छाडेर भौतिक स्वरुपबाट अध्यात्मिक अनि अभौतिक स्वरुपमा जाने द्धार नै मृत्यु हो र यस क्षण या अवस्था शान्तिपूर्ण हुन जरुरी छ ।
नजिकैको शहरमा जानपर्दा हामीहरु सहज रुपमा सवारीको टिकट काटेर अनि कम मात्र तयारीका साथमा जान्छौं तर पर अनि नचिनेको ठाँउमा जानपर्दा हाम्रो तयारी खास रहन्छ, हैन र ? मृत्युपछिको अवस्थिती जन्म र मृत्युबिचको समयको तुलनामा कैयन बढि हुन्छ, यो जीवन त क्षणभगुंर छ तसर्थ मृत्युपछिको असाधारण, अलौकीक र स्थिर अवस्थितीको तयारी हामीले जीवन भएकै अवस्थादेखि गर्नुपर्छन । यद्धपि म यसो भन्दै गर्दा नैराश्य या मृत्युप्रतिको भयलाई उजागृत गर्न चाहन्न, जन्मपछि मृत्यु हुन्छ नै हामीले यस बिचको जीवनलाई सकेसम्म राम्रोसंग अनि शान्तिपूर्ण रुपमा ज्यून प्रयास गर्नुपर्दछ ।

मृत्युलाई सोचेर बस्न जरुरी छैन, भयभन्दा पर रहेर आफ्नो र आफन्तको मृत्युलाई स्वीकार्न जरुरी छ । स्वीकारोक्ति जरुरी छ अनि सांसारीक कुरा र प्राप्तीलाई भूल्दै या केवल एउटा खेलका रुपमा लिन जरुरी छ । संसारको परिणाम या जीवनको सार कर्ममा छ, फलमा कदापी छैन ।

म सबैजनालाई आफ्नो जीवन उत्तम तवरले खुशी भएर बाँच्न सिकाउन चाहन्छु, जीवनको अन्त पनि एउटा स्टाइलमा अनि शानदार रुपमा हुन जरुरी छ । जीवनको स्वीकारोक्ति अनि मृत्युको आत्मसाथ दुबै उतिकै जरुरी छ । शानसंग बाँचौ अनि शानका साथ मर्नसक्ने अवस्था श्रृजना गरौं ।

सुयोग ढकालको अनुवाद

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा