
हरेक मान्छेभित्र एउटा किताब हुन्छ : एउटा जीवन ब्याख्या
२४ मंसिर २०७६, मंगलवार ०७:१८
लेवनानको बेरुइट पुस्तकालयको द्धारमा नै लेखिएको छ हरेक मान्छे भित्र एउटा किताब लुकेको हुन्छ, यस बिम्बलाई मानविय अनुभवको परिवेशमा बुझ्न जरुरी देखिन्छ । नोवल पुरस्कार बिजेता अमेरिकी लेखक टोनी मोरिसनले पनि चित्तोकर्षक रुपमा मानविय जीवन मानवको आन्तरिक र बाह्य अनुभवहरुको पुस्तकरुपी संगालो नै हो भनी भनिदिएका छन् । जीवनलाई पुस्तकका रुपमा बिभिन्न कवी, लेखक र आख्यानकारहरुले हजारौं वर्ष अघिबाट ब्याख्या गरेकै छन् । हामीभित्रको पुस्तकको सन्दर्भमा आज लेख्दै छु है ।
किताबका हरेक पानाहरुको चेतना झैं जीवनका हरेक अनुभवहरुमा एउटा चेतना लुकेको हुन्छ, हैन र ?
उर्दु कवी शकिल बदुयनीले पनि यसै सन्दर्भमा बडो मिठो रुपमा मैले जीवनको कितावबाट धेरै नयाँ कुराहरु सिक्न पाँए तर ति कितावहरु कुनै दराजमा भनें राखिएका थिएनन भनी लेखेका छन् । जीवनका हरेक किताब र पनाहरुका अनुभवले हामीलाई थप जीवनले भरेर जान्छ भन्ने उनको तर्क छ ।
फैन्च लेखक जीन परु साट्रेले किताबमा लेखिएका कुरा हाम्रो भित्र भएका कुराहरुको अक्षरस रुपान्तरण मात्र हो भनेंका छन् । हामी पनि हरेक दिन र अनुभवहरुको संगालोमा आफ्नो भागको पुस्तकका पानाहरु लेख्दै अनि भर्दै जाँदै त छौं नि, हैन र ?
आफ्नो जीवनको पुस्तकमा मिठा मिठा अनुभवहरु भर्दै जाँउ, हरेक भावनाहरु यस किताबका अक्षरहरु हुन र हरेक अनुभवहरु यस पुस्तकका पानाहरु ।
पढदै जाँउ अनि लेख्दै जाँउ ।
शुभ दिन
सुयोग ढकाल
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा