
सबैभन्दा कम उमेरकी प्रधानमन्त्री
फिन्ल्याण्डको पूर्व प्रधानमन्त्री एन्टी रिनेको राजिनामा पछि अहिले समाजवादी प्रजातान्त्रीक पार्टी बाट यातायात मन्त्री पदमा बहाल भएकी ३४ वर्षिय नेतृ साना मारिन फिनल्याण्डकी नयाँ प्रधानमन्त्री हुने पक्का भएको छ । ५ वटा पार्टीहरु सेन्ट्रल लेफ्ट कोएलिशनका सदस्य छन् । यि सबै पार्टीका नेतृत्वदायि भूमिकामा महिलाहरु नै छन्, यी ५ वटै पार्टीहरुको नेतृत्वमा बन्ने सरकारको प्रधानमन्त्री साना मारिन अर्को साता पदासिन हुने पक्का छ । न्यूजिल्याण्डका प्रधानमन्त्री जचिन्द्र एडर्न को उमेर ३९ वर्ष छ भनें उज्वेकिस्तानको प्रधानमन्त्री ओलिसे हानचारुकको उमेर ३५ वर्ष छ ।
यसका साथै फिनल्याण्डकी प्रधानमन्त्री मारिन विश्वकै सर्वाधिक कम उमेरकी प्रधानमन्त्री भएकी छिन् ।
लाइभमाण्डु