Lifestyle Portal
  •   १ कार्तिक २०७८, सोमबार

न्यूजिल्याण्डमा पर्यटकीय टापुमा ज्वालामुखी विष्फोट

२३ मंसिर २०७६, सोमबार १५:००

ह्वाइट टापु नाम गरेको न्यूजील्याण्डको प्रमुख पर्यटकीय स्थलमा एक्कासी ज्वालामुखी विष्फोट भएको छ । ५ जनाको मृत्यु नै भएको छ भनें अन्य सैयौं मान्छेहरु त्यहाँ थुनिएको खबर छ ।

स्थानीय समयमा २ बजेको बेला यस विष्फोट भएको हो । प्रधानमन्त्री जकिर्ना अडर्नका अनुसार अहिले उद्धार कार्यक्रम चलिरहेको बताइन्छ । अधिकांश घाइतेहरुको शरीर जलेको र आगोले पोलेको अवस्था छ, आगोका लप्काहरु १२ हजार फिट माथिसम्म गएको बताइन्छ ।

न्यूजील्याण्डका प्रहरीहरुका अनुसार ५० जना पर्यटकहरु ज्वालामुखी विष्फोटका समयमा त्यहाँ रहेका र २३ जनालाई उद्धार गरिसकिएको छ । उक्त क्षेत्रमा पारामेडिक्स टोली सहितका ७ वटा हेलिकप्टरहरु पठाइएको जानकारी छ । हुन त उक्त टापुमा यदि ज्वालामुखी विष्फोट भइहालेमा उद्धारका लागि ज्वालामुखीको आगोका लप्का नपर्ने ठाँउ बनाइएको छ ।

यस ठाँउमा यसअघि सन् १९१४ मा ज्वालामुखी विष्फोट भएको थियो, १२ वटा सल्फर खानीमा कार्यरत मजदुरहरुको यसबेला मृत्यु भएको थियो । सन् २०१६ को अप्रिलमा पनि छोटो र सानो बिष्फोट भएको थियो । ७० प्रतिशत ज्वालामुखी समुन्द्रमुनी भएको छ भनें हरेक वर्ष यस टापुमा १०००० बढि पर्यटकहरु आउने गर्दछन् ।
लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाभित्रका स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालयले १० असोजदेखि भौतिक रूपमा विद्यार्थीलाई उपस्थित गराएर पठनपाठन गर्ने सक्ने भएका

काठमाडौंः सरकारले विदेशी पर्यटकका लागि क्वारेन्टिनको व्यवस्था हटाएको छ। कोरोनाको विरुद्धको भ्याक्सिन लगाइसकेका पर्यटकका लागि सरकारले क्वारेन्टिन बस्नु पर्ने नियम

काठमाण्डौ । मुलुक बजेटविहीन हुने निश्चित भएको छ । सरकारले ल्याएको प्रतिस्थापन विधेयक संसदमा विचाराधीन रहेको र र अघिल्लो सरकारले

भूमिका तिमल्सिना/काठमाण्डौ । दशैं नजिकिँदै गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका लागि खसीबोका तथा च्यांग्रा ल्याउने तयारी थालेको छ