
जब बलात्कारीले क्यामरामा बोले
भारतको हैदरावादको रेप केसले अहिले विश्व नै हल्लाएको छ । उत्तर प्रदेशको अजमगढमा एकजना पुरुषले एउटी महिला र उन्को छोरीलाई जबरजस्ती बलात्कार गरे, दुबै आमाछोरीहरु त्यस बखत आफ्नो घरमा सुतिरहेका थिए । एउटा बलात्कारीको मनमा बलात्कार गर्दाको समयमा के हुन्छ ? अहिले धेरैजनाको लागि यो टड्कारो सवाल भएको छ । भिडियोमा प्रहरीलाई यि बलात्कारीले आफ्नो अपराधका बारेमा बताए, उन्ले आफ्नो अपराध स्वीकार गर्दै कसरी महिला र तिनकी १० वर्षिया छोरीलाई बलात्कार गरे अनि तिनका श्रीमान र छोरा अनि महिला र छोरीलाई कसरी हत्या गरे भन्ने विषयमा बताएका छन् ।
नसरुद्धीन नामका यि अपराधीले यस वर्ष नोभेम्बर २४ मा यस अपराध गरेका थिए, प्रहरीका अनुसार यि अपराधी मानसिक रुपमा सामान्य व्यक्ति रहेका र यौन विषयका निकै रोगी रहेका थिए । यिनी पिडीत परिवारका निकट रहेका अप्रत्यक्ष रुपमा पिडित परिवारसंग चिनजान भएका व्यक्ति थिए । मोबाइल ट्रयाक गरेर प्रहरीले अपराधी पत्ता लगाएको थियो ।
नसरुद्धीनले आफू निकै पहिलेदेखि पिडित महिलाको घर जाने गरेको र घरबाहिरबाट तिनलाई हेर्ने गरेको बताएका छन् । एकदिन महिलाको घर जाँदा बत्ति बलिरहेको र अरु कोही नभएको यिनले बताए यिनका अनुसार पिडित परिवारको घर एकान्त स्थानमा रहको थियो । बाहिर बलेको बत्ति निभाएर, बल्बलाई होल्डरबाट हटाएर यिनी मुख्य गेट छिरे । मुख्य गेट खोलेपछि आँगनमा अड्याइएको एउटा बाँसको लठि झरेको र महिलाका श्रीमान बिउँझिएको यिनले बताए, तर यिनले तत्कालै महिलाका श्रीमानले लठिले अनि बाटामा आँउदा टिपेका ईटाँले दुई पटक हानेर मारिदिए । त्यस आवाज सुनेर महिला उठिन, त्यसपछि नसरुद्धीनले महिलाका बच्चा, महिला सबैलाई हान्न थाले । बच्चा र बुवालाई मारेपछि लडेकी महिलालाई तानेर यिनले छेउमा लगि बलात्कार गरे, महिला मरणसन्न लडिरहेकी थिइन र बलात्कार गरेपछि यिनको हरीर काँमीरहेको थियो । त्यसपछि मैले आफ्नो शरीरमा लागेको रगतका टाटाहरु पखाल्न पानी खोज्दै गर्दा महिलाकी १० वर्षिया छोरीले पानी मागिन्, मैले गएर तिनलाई पनि मुख थुनेर बलात्कार गरेँ ।
तिनले चोर भनेंर कराउन थालेकी थिइन, मैले तिनलाई पनि ईँटाले हानेर ढालिदिँए । यि कुराहरु भिडियोमा नसरुदीनले प्रहरीलाई दिएको वयानमा उल्लेख छ ।
लाइभमाण्डु