लाठी चार्जको भिडियो खिचेको भन्दै रंगशालामा प्रहरीले कुटे पत्रकारलाई


दशरथ रंगशालामा नेपाल र भुटनबीच हुने साग फुटबलको फाइनल खेल हेर्न जम्मा भएका दर्शकहरु माथि प्रहरीले लाठीचार्ज गरेको छ । लाठीचार्ज गरेको भिडियो लिएको भन्दै नागरिक दैनिकका खेलपत्रकार सुमन चापागाईंलाई समेत प्रहरीले कुटपिट गरेको छ । १३ ‌औं दक्षिण एसियाली खेलकुद (साग) को टिकट नपाएर आक्रोशित भीडलाई नियन्त्रणमा लिने क्रममा मंगलबार दशरथ रंगशालामा प्रहरीले लाठीचार्ज गरेको भिडियो खिचेको भन्दै पत्रकार चापागाईंमाथि कुटपिट भएको हो।

प्रहरीको कुटाइबाट पत्रकार चापागाईंको मुख र कानमा चोट लागेको छ। उनलाई रंगशालाभित्र राखेपको प्रांगणमा लगेर कुटपिट गरिएको थियो। घाइते चापागाईंलाई राष्ट्रिय खेलकुद परिषद्को मेडिकलमा उपचारमा भइरहेको छ।

सागअन्तर्गत मंगलबार पुरुष फुटबलमा नेपाल र भुटानबीच प्रतिस्पर्धा हुँदैछ।


Loading comments...