Lifestyle Portal
  •   २७ बैशाख २०७८, सोमबार

९७ वर्षका दिलीप कुमारलाई नेपालबाट ह्याप्पी बर्थडे

२५ मंसिर २०७६, बुधबार १२:४३

दिलीप कुमार

डिसेम्बर ११ सन् १९१२ मा जन्म भएका दिलीप कुमार पाकिस्तानको पेशावरमा जन्मीएका हुन् । त्यतिबेला भारत र पाकिस्तान भन्ने थिएन, उनी भारतमा नै जन्मीए ।

आफ्नो ५० वर्ष भन्दा बढिको चलचित्र करियरमा दिलीप कुरमारले ६० बढि चलचित्रहरु खेले, समालोचकहरुका नजरमा दिलीप सदैव अब्बल र जुझारु अभिनेता रहे । आफ्ना भिनाजु के आसिफले बनाएका मुग्ले आजममा सलीमको अभिनयमा दिलीप आजपनि उत्तिकै जिवन्त छन्, राज कपुरका बुवा पृथ्वी राज कपुरका हरेक संवाद र दिलीप कुमारको अनन्त प्रमेका जिवनरेखाहरु चलचित्रबाट हरेक पुस्तापुस्तामा निस्केको पाइन्छ ।

सन् १९४४ मा चलचित्र ज्वारभाटामा दिलीपले पहिलो क्यामरा फेस गरेका हुन् । अन्दाज, नयाँ दौर, राम और श्याम जस्ता यिनका चलचित्रहरु निकै सफल भए । दिलीप भारतीय सिने इतिहासका अब्बल अनि जिवन्त धरोहर हुन् । लता मगेंशकरलाई बहिनी मान्ने तर सँधै तपाँई भनी संवोधन गर्ने दिलीपको नाम भनें युसुफ खान हो । यिनको प्रेम प्रसंगले पनि आफ्नो समयमा वलिवुडमा निकै चर्चा पायो यद्धपि पछि यिनले आफू भन्दा निकै सानो उमेरकी सायरा बानुसंग सन् १९६६ मा बिवाह गरे । दिलीपको चाण्क्य चन्द्रगुप्त चलचित्रको अभिनयको तारिफ त झन जति गर्दा पनि अपुग नै हुन्छ ।

यिनले दादासाहेब फाल्के, पद्म भुषन र पद्म बिभुषण पनि पाएका छन् । आफ्ना जिवनकालमा ९ वटा फिल्मफेयर अवार्ड पाउने थोरैमात्र भारतीय कलाकारहरुमा दिलीप कुमार पनि एक हुन् । सर्वाधिक अवार्डका लागि दिलीप कुमारले गिनिज बुक अफ वल्र्ड रेकर्डस नै पाएका छन् । सन् १९९८ मा पाकिस्तानी सरकारले आफ्नो देशको सर्वाधिक महत्वपूर्ण सिभिलियन पुरस्कार निशान ए इम्तीयाजबाट दिलीप कुमारलाई सम्मान गर्यो ।

दिलीप कुमारका अभिनयको जादु नेपालमा पनि कम छैन, यी अभिनेतालाई नेपालबाट ह्याप्पी बर्थडे ।

दिलीप कुमार आजबाट ९७ वर्षका भए, यिनलाई ब्रोन्कायल निमोनिया छ जस्ले समयसमयमा श्वासप्रश्वासमा समस्या ल्याँउदछ । अहिले पत्नी सायरा बानु यिनीसंगै छिन् । दिलीपले शाहिद चलचित्रको सेटमा अभिनेत्री कामीनी कौसललाई प्रेम गरेको यद्धपि पछि यि अभिनेत्रीका भाइ यस समबन्धको बिपक्षमा रहेका कारणले दिलीपलाई कामीनीका भाईले हातापात सम्म गर्न खाजेको बताइन्छ । कामीनी आफ्नी दिदिको मृत्यु पछि छोराछोरीको ख्याल गर्न पछि भिनाजुसंग बिवाह बन्धनमा बाँधिइन । पछि दिलीप अभिनेत्री मधुवाला संग बिवाह गर्न यिनीहरुले कुराकानी सम्म छिन्दै ईग्गेजमेन्ट पनि गरे तर पछि फेरि कुरा मिलेन । मधुवालाले किशोर कुमारसंग बिवाह गरिन र कम उमेरमा नै यिनीले मुटुका समस्याका कारण संसार त्यागिन । किशोर कुमार मधुवालाको मृत्युपछि लगभग पागल झैं भएका थिए ।
मधुवालासंगको समबन्ध तितो भएपछि केहि समय समबन्धमा नरहेका दिलीप पछि सायरा बानुसंग प्रेममा परे र बिवाह गरे । ४४ वर्षम बिवाह गरेका दिलीप कुमारकी धर्मपत्नी सायरा भनें केवल २२ वर्षकी थिइन । सायरा संगपनि एकफेर समबन्धबिच्छेद भएका दिलीप पाकिस्तानी केटी आस्मासंग २ वर्ष बसे तर पछि आस्मले आफूलाई मायाको नाटक मात्र गरेको चाल पाएर यिनी पूनः सायरासंग आए । सायरा र दिलीपले २ पटक बिवाह गरेका हुन् ।

सुयोग ढकाल
लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडाैं। संसद्को विशेष अधिवेशनअघि स्वाब संकलन गरिएका १२ सय ३५ मध्ये १६० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

बुद्धले एकजना व्यक्तिलाई सोधे— तिम्रो उमेर कति पुग्यो ? साठी वर्ष । होइन । ती व्यक्तिले फेरि भने— भगवान् !

काठमाडौं। अमेरिकी सरकारले दिने डाइभर्सिटी भिसा (डिभी) चिठ्ठाको नतिजा आएको छ । नेपालस्थित अमेरिकी दूतावासले ट्वीटरमार्फत एक सूचना जारी डिभीको

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अक्सिजन अभावको गम्भीर समस्यालाई तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको छ । नेपाली