
भारतले पास गर्यो मुसलमान बिरुद्धको नगरीकता कानुन : सर्वत्र बिरोध
तल्लो सदनबाट पास भइसकेको यो विल माथिल्लो सदनमा १२५ कूल भोटमा १०५ भोटका साथ पास भएको छ । अफगानीस्थान, बगंलादेश र पाकिस्तानबाट सम्म पनि कोही गैर मुसलमान शरणार्थी भारतमा आएमा तिनलाई सरकारले नागरीक्ता दिने दायरा भित्र राख्ने भएको छ ।
बगंलादेश निकट त्रिपुरा, आसाम र गुहावटीमा यस विलको विरोधमा ब्यापक प्रर्दशन भइरहेको छ यद्धपि सेनाले ति क्षेत्रमा आफ्नो नियन्त्रण राखेको बताइन्छ । समालोचकहरुमा अनुसार यो विल बिभेदकारी छ, यसले भारतमा भएका या आउन सक्ने मुसलमान भन्दा भारत बाहिरका गैर मुसलमानलाई नजिक मानेको छ । अब छिटै यो नगरीकता शंशोधन बिधेयक लागु हुनेछ ।
शरणार्थीहरुमा नै गैर मुसलमान भनी बिभेद गरिएको यस विल स्पष्टसंग मुसलमान समुदायलाई बिभेदकारी रहेको बताइन्छ । वलिहुडका अभिनेता र तामिल राजनितिज्ञ कमल हसनले बगंलादेश, पाकिस्तान र अफगानीस्थान उल्लेख हुँदा श्रीलंकाका अल्पसंख्यक तामिल शरणार्थीलाई नै पनि किन समावेश नगरेको भनी प्रश्न गरेका छन् । प्रतिपक्षले पनि यस्तै सवालहरु उठाइरहेका छन् । भारतका प्रभवशाली मुसलमान नेता एपी असाइदुदिन ओवासीले सरकारको यस विल मुसलमानहरुलाई राज्यविहिन बनाउने हिट्लरको जस्तै जातिय विभेदको षडयन्त्र भएको आरोप लगाएका छन् ।
यता राहुल गान्धीले पनि यस विलको समर्थन गर्नु भनेंको भारतको आधारशिलालाई बिगार्नु हो भनेंका छन् भनें उता प्रभवशाली क्षेत्रिय नेता अखिलेश यादवले सरकारले यो विल ल्याएर आफ्नो सम्पूर्ण असक्षमतालाई लुकाउन जनताहरुको ध्यान अन्यत्र तान्न खोजेको बताएका छन् ।
यता भाजपाका नेता अमित शाह जो यस विलको मुख्य योजनाकार मानिन्छन्, तिनले भनें यो विल बिभेदकारी नभएको बताएका छन् । भारतले किन पाकिस्तान या बगंलादेश या अफगानीस्थानका मुसलमानलाई नागरीकता दिनु ? बरु त्यसका साटो त्यहाँका गैर मुसलमान अल्पसख्यंकलाई प्रार्थमिक्ताका साथ राखौं, अमित शाहले सदनमा स्पष्टिकरण दिँदै बोलेका छन् ।
आसाम, त्रिपुरा लगायतका क्षेत्रमा बगंलादेशबाट आएका अवैधनिक शरणार्थीहरु निकै ठूलो समस्या हो र सरकारको यो विलले त्यहाँका मुसलमान बाहेक सबैलाई नागरीकता दिने जनाएपछि स्थानीयहरु आन्दोलनमा छन् । यस अघि अगस्तमा भएको नागरीकता शंशोधन बिधेयकले भनें भारतमा भएका नेपालीभाषी लगायत अन्य कैयन भारतमा शदियोंंसम्म बस्दै आएका समुदायलाई पनि भारतीय नागरीक हुनबाट रोक लगाएको थियो । असाममा मात्रै २० लाख बगंलादेशी शरणार्थीहरुको नागरीकता पाउने आवेदन भरातीय कमिटीसमक्ष रहेको बताइन्छ ।
लाइभमाण्डु
यो पनि पढ्नुहोस
भारतपाक सिमामा खसेका प्लेनहरु अनि पाइलटको पत्र
राजा ज्ञानेन्द्रको संकटकाल घोषणासंगै चिसिएको भारतीय सम्बन्धको नालिबेली