
तिमी आशो हैनौं र ? ओशोको संझना
हरेकपल जब तिमी आफूसंग हुन्छौं, याद गर जब तिमी केवल आफूसंग मात्र हुन्छौ तब ध्यान देउ है, तिमी नै त ओशो हौ । यो चेतनालाई निरन्तरता दिने गरी हेर न, तिमी भूलिदेउ चटक्क कि तिमी कुन देशका हौं या तिम्रो जात, भाषा या देश कुन हो भनेंर ? यो चेतनालाई आत्मसाथ गरेका छौ ? यस्ता बिभाजन गर्ने चेतना र भेदनलाई संझना नगर, खाँदा, सुत्दा, हिँड्दा केवल तिमी आफ्नोपना र आफू हुनुको कुरामा मात्र चेतना लगाउ ।
यो संसारिक विश्वमा यसरी आफूमा कन्द्रित हुन सरल नहुन सक्छ तर हरेकपल्ट आफूलाई भुल्दा पूनः स्वचेतनामा आउ, आफूलाई संझना गर अनि चेतनामा ध्यान देउ । आफूलाई र आफू हुनुमा भूलेर दुख्दायी चेतनाका जन्जालमा मात्र नबस, मानवजिवनमा यो सुहाँउदैन ।
दिमागको प्रयोग चेतनाको केन्द्रमा पुगेपछि गरिनु जरुरी हुन्न, चेतनाको केन्द्रमा कुनै योजना या हतार हुन्न है । कुनै माफी या बिवेचना र परिभाषा त्यहाँ हुन्न, तिमी जे हौ नि केवल त्यहाँ त्यो मात्र हुन्छ, आफूलाई आफूजस्तो बन्न देउ ।
यो चेतनानै माइण्डफुलनेस हो, यो चेतना नै मुख्य धर्म या मानवताको अवयव हो, विशुद्ध रुपमा । सनातन दर्शनमा आत्मजागरण भन्दछन् र बुद्धले यस्लाई राइट माइण्डफुलनेसको संज्ञामा परिवृति कोरेका छन् । शाव्दिक रुपमा म खाँदै छु या बोल्दै छु जस्ता झिनामसिना चेतनालाई वास्ता नगर र जे गर्दा पनि आफूलाई संझना गर । यो चेतना भित्रको तिमी हैन बरु तिमी भित्रको चेतना हो, आत्मजागरणमा ईगो हुनसक्दछ तर आफू भित्रको चेतनामा विशुद्ध चेतना मात्र रहन्छ ।
हाम्रो चेतना बस्तुहरुमा केन्द्रित रहन्छ, आँखा अगाडि देखेका सुनेका कुराहरु हामीले भूल्न या वास्ता नगर्न सक्दैनौं र हरेक पटक आफू अगाडिको वस्तु या घटनाक्रम वरिपरि हाम्रो चेतनाका वाणहरु चलिरहेका हुन्छन् । अब चेतनाका वाणहरुलाई वस्तु केन्द्रित मात्र नगर, दुईवटा चेतनाचक्षुहरु खोल र एउटा चेतनाको चक्षुलाई म तिर पठाइदेउ । तिमी भित्रै ओशो छ, खोजेर हेर ।
मलाई ओशोको यो वाणी गज्जब लाग्यो, कति मिठो गरि आफू भित्रको चेतनालाई निरपेक्ष बनाँउदै आन्तरिक संसारमा रमाउन र आफूलाई महत्व दिन ओशोले सिकाएर गए ।
यो माथिको वाणी ओशोले ब्यस्त मान्छेका लागि सरल ध्यान विधिका रुपमा ब्याख्या गरेका छन्, हामी सबै ब्यस्त छौं हैन र ? हामी सबै बाँचिरहको छौं तर यो बाँच्नुको चेतना हामीमा धेरै कम छ, हामी आफूलाई संझना गर्दैनौं हैन र ? आफूलाई निरपेक्ष संझना गर्नु र आफ्ना लागि कल्पीनुमा धेरै फरक छ । ओशोले स्वार्थ सिकाएनन बरु बाँच्ने तवर दिएर गए ।
सुयोग ढकाल को अनुवाद
यो पनि पढ्नुहोस्
आज १९ तारिख अर्थात ओशोको महापरीनिरवाण दिवस, के महापरीनिरवाण भनेको ?
सन्त मीरा को नृत्य र बुद्धको शान्ती को मिलन नै ओशो हो