
भारतको नागरिकता विधेयक पारित भएसँगै रोहिगिंयाहरु बंगलादेशबाट नेपाल भित्रिने क्रम अझै बढ्न सक्ने
भर्खरै भारतले नागरीकता शंसोधन बिधेयक पारित गरेर मुसलमान समुदायका लागि आप्रवासन या नागरीकता पाउने कुनै पनि सम्भावना भारतका लागि रोकिदिएको छ । हेर्ने नै हो भने बेलायतले ब्रेकसिस्ट गर्नुका पछाडि पनि मुसलमान समूदाय लगायत अन्य आप्रवासीको बेलायतमा सहज पहुँच रोकेको छ भने ब्यापारका हिसाबले पैसा तिरेर बिद्यार्थी भएर जानेहरुका लागि भने खुकुलो पनि पारेको छ । बेलायतले सस्ता कामदार पाउन र मुसलमान समूदायको उपस्थिती आप्रवासीका रुपमा कम पार्न चाहेको स्पष्ट छ । यूरोपमा नै बेल्जियम र जर्मनको पछिल्ला समयमा आप्रवासीप्रतिको उदार भावले अहिले त्यहाँ सुरक्षा संवेदनशीलतामा ठूलो प्रश्न उठिरहेको छ । पोष्ट कोलोनीयल विश्वमा ईस्लामोफोविया नयाँ स्वरुपको मुद्दा बनिरहेको छ ।
अब कुरा नेपालको गरौं, वास्तवमा नेपालको सीमाना चीन र भारतसंग मात्र जोडिएको भएपनि भुटान, बगंलादेश, म्यानमार पनि नेपालबाट खासै पर छैन । भारतले सिमा खुकुलो पारिदिएको खण्डमा रातारात नेपालमा अन्य देशबाट शरणार्थी छिर्ने ठूलो सम्भावना छ, भुटानी शरणार्थीहरु पनि त भारतकै बाटो गरेर आएका हुन् । नेपाल तिव्वती र भुटानी दुबै शरणार्थीप्रति उदार थियो र अब नयाँ स्वरुपमा रोहिगिँयाहरु नेपाल छिर्न थालेका छन् ।
म आफैं बगंलादेश र म्यानमारको सिमानासम्म पुगेर रोहिगिंया शरणार्थीहरुको क्याम्प र नाफ खोलाको किनार बंगालको खाडिमा ताजा अवस्था हेरेर आएको छु । रोहिगिंयाहरु म्यानमारमा उपेक्षित हुनुको कारण धर्म मात्र नभई उनीहरुको सरकार विरोधी कदमहरु र अपराधी मानसिकता पनि हैन भन्न सकिने अवस्था छैन । अल्पसंख्यक रोहिगिंयाहरुको मुख्य पेशा अहिले बंगलादेशमा लागुऔषध ब्यापार र हतियारको तस्कर पनि भएको स्पष्ट छ । यद्धपी सम्पूर्ण बालबालिका र महिलाहरु यस्मा संलग्न नहोलान तर रोहिंगियाहरुको उपस्थिती कुनै पनि देशका लागि सुरक्षा संवेदनशीलता नभएको हैन ।
के यहाँलाई थाहा छ ? रोहिंगियाहरु केहि पैसो तिरेर बंगलादेशवाट भारतीय भूमि प्रयोग गर्दे नेपाल छिरिरहेका छन् भन्ने, फूलवारी राजमार्ग प्रयोग गर्दे नेपाल आउने रोहिगिंयाहरुको आप्रवासनमा केहि मानव तस्करहरु संलग्न छन् र नेपाली पक्षमा पनि भ्रष्टाचार र नियन्त्रण कम हुँदा नेपाल अर्को ठूलो जमातमा शरण लिनसक्ने शरणार्थीको जोखिममा छ ।
नेपालमा राष्ट्रसंघीय उच्च आयोग जस्ले शरणार्थी बारे हेर्दछ अर्थात यूएनएचसीआरले शरणार्थीको मान्यता प्रदान गर्दछ, यसको फाइदा धेरै रोहिगिंयाहरुले उठाउन थालिसके । बुढानिलकण्ठ राममन्दिर छेउका टहराहरुमा केहि सयको संख्यामा रहेका रोहिगिंयाहरु अब प्रत्येक दिन बढ्न थालिसके । उनीहरु जनही लगभग ४० हजार टाका बुझाएर मानव तस्करको गिरोहबाट नेपाल छिरिरहेका छन्, दुखद कुरा नेपाली संयन्त्र बेखबर हो या मौन हो केही भन्न सकिन्न ।
केहि रोहिगिंयाहरु काभ्रेमा पनि बस्न थालेका छन्, यूएचसीआरमा उनीहरुले शरणार्थी मान्यताका लागि निवेदन दिन थालिसकेका छन् । नेपालको राजधानी काठमाण्डौमै पनि रोहिगिंका लागि अस्थाई पाल बनाउन मानव तस्करले जग्गा भाँडामा लिइसकेका पनि खबर छ, छानविन जरुरी छ । बंगलादेशको टाउको दुखाई नेपालमा आउने त हैन, बुझ्न र कदम चाल्न जरुरी छ ।
के नेपाल अब अरु शरणार्थी थाम्न सक्षम छ त ? रोहिगिंयाहरुको मुद्दालाई राष्ट्रिय नीति बनाएर अघि बढ्ने या मानविय नाताका आधारमा उदार रहने ? सरकारको नीति स्पष्ट हुन जरुरी छ ।
सुयोग ढकाल “लाइभमाण्डु”
यो पनि पढ्नुहोस्
बङ्गलादेशले थप रोहिगिंया शरणार्थी धान्न सक्दैन
पछि ति रोहिगिँयाहरु भएको थाहा पाँए