Lifestyle Portal
  •   १५ असार २०७९, बुधबार

रावणको गुणगानमा रावण गीत

२७ मंसिर २०७६, शुक्रबार १०:५०

अभिनेता गजित विष्ट रावण बनेका छन् । रचनकार मनिष वशिष्टको शब्दमा रहेको रावण स्तुतिगानमा उनी रावण बनेका हुन् । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी रावण गीतको सार्वजनिक गरिएको हो । रचनाकार मनिष वशिष्ठको कलात्मक सांगीतिक प्रस्तुति हो ‘रावण ।सार्वजनिक गीतमा मनिष वशिष्ठ र सजन न्यौपानको आवाज तथा उनीहरूकै संगीत सुन्न सकिन्छ ।

‘रावण मा धार्मिकग्रन्थमा उल्लेख भएअनुसार लंकाका राजा रावणको तारिफ गर्दै तयार पारिएको छ । रावणलाई आमजनमानसमा नकारात्मक पक्षको मात्रै जानकारी दिइएको कारण उनीलाई नकारात्मक दृष्टीले हेर्ने गरिन्छ । तर यस गीतमा रावण भित्रका सकारात्मक पक्षको चित्रण गीतमा गरिएको छ ।

अहो रूपमहो धैर्हमहोत्सवमहो द्युतिः।
अहो राक्षसराजस्य सर्वलक्षणयुक्तता।।

अर्थात्, रावणलाई देख्नासाथ राम मुग्ध भए र भने, ‘रूप, सौन्दर्य, धैर्य, कान्तिले सर्वलक्षणयुक्त हुँदा हुँदै पनि यदि रावण भित्र अधर्म बलवान हुँदैन थियो भने उनी देवलोकको पनि स्वामी बन्ने थिए सायद ।’

यही श्लोकमा रहेर रचनाकार वशिष्ठले तयार गरेको गीतको कलात्मक भिडियो पनि सार्वजनिक गरिएको छ । गीतको मर्म अनुसार तयार भिडियोलाई गम्भीर बिष्टको निर्देशनमा तयार पारिएको हो । नवराज उप्रेतीको कोरियोग्राफी, नविन निरौलाको सम्पादन तथा उप्रेतीकै छायाङ्कनमा तयार भिडियोमा कलाकार गजित बिष्टको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

लोकप्रिय पोखरेली सांगीतिक ब्यान्ड ‘कन्दरा’ र ‘नेपग्याज्म लाइभ इभेन्ट’ (एनएलई) कम्पनीबीच व्यवयसायिक सम्झौता भएको छ । २०७९ असार ७ गते

भारतका माननीय रेल मन्त्री र माननीय पर्यटन मन्त्रीले आज संयुक्तरुपमा दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाई भारत र नेपाल जोड्ने

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेले यही मिति २०७९ जेठ ३१ देखि असार २ गते सम्म काठमाडौं भ्रमणका

भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको श्रीफौद सिंह जनता मावि, लालबन्दी नगरपालिका–१७, रानीगञ्ज, सर्लाही जिल्लाको दुईतले भवनको उद्घाटन सम्पन्न भएको