
समलिङ्गी दम्पतीले हुर्काएका थिए विश्वकै कम उमेरकी प्रधानमन्त्री साना मारिनलाई
३४ वर्षको उमेरमा फिनल्याण्डकी प्रधानमन्त्री भएकी साना मारिन अहिले विश्वभरि नै चर्चामा अनि सर्वाधिक उत्प्रेरणा र लैगिंक समानताकी बिम्ब भएकी छिन् । साना मारिनको कुरा गर्दा यिनका केहि थप कुराहरु पनि छन् जस्ले यिनलाई थप बलियो अनि संघर्षरत नारीका रुपमा स्थापित गराँउदछ ।
आफ्नो राजनैतिक जीवनका शुरुवाती दिनमा सानाले आफ्नो बाल्यपना र परिवारका बारेमा उति बोल्न रुचाउन्नथिन किनभने यिनी रेन्वो परिवार अर्थात समलिङ्गी परिवारमा हुर्किइन । यिनकी आमा र उन्की महिला साथीले सानालाई हुर्काएका हुन्, सानाको जन्म सन् १९८५ मा भएको हो । सानाका अनुसार अझै पनि एउटा समलिङ्गी परिवारलाई पूर्ण परिवारको संज्ञा दिइन्न र उतिबेलाको कुरा झनै फरक थियो । उनी आफू अलिक निडर र अन्याय नसहने खाले भएकाले यस कारणले स्कुल या अन्य ठाँउमा दुव्र्यबहारको सामना चाँही गर्नु परेन ।
मारिनले शुरुवाती दिनहरुमा बेकरी पसलमा काम गरिन र उनी आफ्नो बिश्वबिधालयमा अब्बल पनि भईन । २२ महिनाकी छोरीकी आमा सानाले आफ्नो गर्भावस्थादेखि सुत्केरीवस्था अनि स्तनपान देखि छोरी हुर्कँदै सम्मका हरेक कुरा र फोटाहरु सामाजिक सञ्जालमा पोष्ट गरेको पाइन्छ ।
साना मारिनबाट विश्वलाई धेरै अपेक्षा छ ।
—
लाइभमाण्डु