
बढ्दो समुन्द्री सतहले गर्दा सन् २०५० सम्म ५० वटा शहरहरु समुन्द्रमा विलिन हुने
२८ मंसिर २०७६, शनिबार ०९:३१
सन् २०५० सम्ममा बढ्दो पानीको सतहले अहिलेभन्दा ३ गूण बढि असर गर्ने एउटा अध्ययनले जनाएको छ । स्याटलाइट रिडिगं र अन्य खोजका आधारमा आएको यस अध्ययनलाई न्यूयोर्क टाइम्सले महत्वका साथ छापेको छ । नेपालजस्तो धेरै हिमाल भएको देशका लागि यो महत्वपूर्ण खोज हो, हिमालका पानीहरु जलवायू परिवर्तनका कारणले पग्लिएर समुन्द्रमा पानीको सतह बढाइरहेका छन् भनें आर्कटीक र टुन्ड्रा प्रदेशहरुमा हिँउको परिमाण ब्यापक रुपमा घटिरहेको छ ।
यस शताव्दीको मध्यबिन्दु अर्थात सन् २०५० सम्मा १५० मिलियन मान्छेहरु लगभग १५ करोड मान्छेहरु प्रभावित हुन्छन् र पूर्णत शहरहरुबाट बिस्थापित हुन्छन् । दक्षिणी भियतनाम सबैभन्दा धेरै प्रभावित हुनेछ, संभवत सन् २०५० सम्मा दक्षिणी भियतनाम सम्पूर्ण रुपमा समुन्द्रमा विलिन हुँदैछ । भियतनामका मात्र २० मिलियन अर्थात २ करोड जनसंख्या बिस्थापित हुनेछन् ।
ए रिर्सच अफ क्लाइमेट सेन्टर नामक संस्थाको यस अध्ययनले अहिले विश्वमा निकै चर्चा पाएको छ । थाइल्याण्डका पनि कूल जनसंख्याको १० प्रतिशत बिस्थापित हुनेछन् । राजधानी बैंकक सर्वाधिक प्रभावित हुनेछ । चीनको सांघाई पनि निकै प्रभावित हुनेछ भनें अमेरिकाको न्यू ओर्लियन पनि पूर्णत पानीमा विलिन हुने संभावना छ । भारतको मुम्बई पनि उच्च जोखिममा छ भनें ईजिप्टको विश्व सम्पदा सूचीको स्थान एलेक्जेन्ड्रिया पनि उच्च जोखिममा छ जुन पूर्णत पानीमा विलिन हुनेवाला भएको अध्ययनको दावी छ ।
ईराकको दोश्रो ठूलो शहर वार्सा पनि पूर्णत पानीमा डुब्ने देखिन्छ, अब विश्वका लागि जलवायू परिवर्तन निकै ठूलो मुद्धा भएको र यसका विरुद्धमा लड्न सबैलाई आव्हान गरिएको छ ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा