पाकिस्तानी राष्ट्रध्वजावाहकले रुसी विमान निर्माता सुखोईका जेटहरु किन्ने निर्णय गर्यो


एसएस जे १०० जेटहरु रुसी कम्पनीले निर्माण गरेका जेटलाइनरहरु हुन्, विश्वमा अमेरिकी बोईगं र यूरोपी एयरबस बाहेक अन्य ठूला जेट लाइनर बनाउने कम्पनी छैन । हुन त ससाना कम्पनीहरु जस्तै बमबार्डियरहरु, एटीआरहरुले आफ्ना मिडल साइजका जहाजहरु विश्वमा निकालेका छन् र लियर जेट जस्ता निजी विमान बनाउने कम्पनीहरुले साना विमानहरु विश्वभरि नबेचेका हैनन तर जेटलाइनर ब्यवसाहमा अमेरिकी र यूरोपी निर्माता कम्पनीको कडा प्रतिस्पर्धा र राज छ ।

यसै क्रममा चीनीयाँ निर्माता र रुसी निर्माता कम्पनीहरु आआफ्ना जहाजहरु लिएर नआएका हैनन तर तिनीहरु सुरक्षाका दृष्टिले सवंदनशील नभएको एनटीएबी अर्थात नेशनल ट्राभल सेफ्टी वोर्डमा अमेरिकी सदस्यले बताउँदै बिभिन्न देशहरुको आकाशमा प्रतिबन्ध लगाइदिने गरेका थिए । नेपाली जहाजहरु पनि यूरोपी आकाशमा लामो समयसम्म प्रतिबन्धमा परेका थिए ।

यसै क्रममा पाकिस्तानले भनें एउटा बिवादास्पद अनि स्वछन्द निर्णय लिएको छ, रुसी विमान किन्ने निर्णय । रुस फाइटर जेटका निर्माणमा अति अनुभवी छ, भारत लगायत विश्वका धेरै अन्य देशले रुसबाट मिग ३३ फाइटर जेटका श्रृखलाहरु किनेका छन्, भारतले अहिलेपनि मिग श्रृखलाका विमानहरु चलाँउछ । रुस र जापानका फाइटर विमानहरुको दोश्रो विश्वयुद्धमा ठूलो भूमिका रहेको छ ।
गत हप्ता पाकिस्तानी अधिकारीहरुले सुखोई विमानहरु वेट र ड्राई लिज दुबैमा किन्ने जनाएका छन्, यो विमानमा दुईवटा ईन्जिन छन् जस्लाई रिजनल पेसेन्जर जेटका रुपमा परिभाषित गरिएको छ । अर्मानियाको राष्ट्रिय ध्वजावाहले पनि यसै श्रृखलाका जहाजहरु चलाँउछन् यद्धपि सन् २०११ मा बजारमा आएका यि जहाजका श्रृखलाहरु अन्य बिभिन्न कारणले कम्पनी नै सन् २०१३ मा बन्द गर्नुपरेको पाइन्छ । यस जहाजले ४४० यात्रु लिएर एकपटकमा ४४०० किमी यात्रा तय गर्न सक्दछ । रुसी ध्वजावाह एरोफ्लोटसंग ४९ वटा यस विमानका श्रृखलाहरु छन् । १०० वटा एएसजे १०० विश्वभरिबाट माग भएका छन् जुन डेलिभर गर्न बाँकी छ ।

यस वर्ष मे महिना मा रुसमा नै यस श्रृखलाको विमान मस्कोमा रहस्यमयी दुर्घटना भएको हो, उड्नासाथै चट्यागं लागेको जहाजका ईलेक्ट्रीकल पाटाहरु सबै फेल भएर ईमरजेन्सी अवतरण गर्नुपरेको थियो । आकस्मीक अवतरणमा ७८ जना मध्य ४१ जनाको मृत्यु भयो किनभनें अवतरणका क्रममा बजारिएर ईन्धन चुहिएर जहाजमा आगो लागेको थियो ।

अब हेरौं पाकिस्तानमा यि श्रृखलाका जहाजहरुले कस्तो बजार दिने हुन् ? स्मरण रहोस चिनियाँ कम्पनीसंग नेपालले किनेको जहाज यस्तै नयाँ कम्पनीको हो र उक्त जहाजहरु अहिले अपरेटिगं घाटामा छन् भनें सुरक्षाका दृष्टिले पनि संवेदनशील छन् ।
सुयोग ढकाल
लाइभमाण्डु


Loading comments...