एक चोटी पढ्नुहोस, जीवनमा खुसि ल्याउने बुद्धका १० वाणी !


भगवान् गौतम बुद्ध बौद्ध धर्मका प्रणेता हुन् । अधिकांश बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन् । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । बुद्ध कहलाईनु अघि यिनको नाम सिद्धार्थ गौतम थियो । यिनीलाई शाक्य मुनि गौतम बुद्ध पनि भनिन्छ । गौतम बुद्धको जन्म र मृत्यु कहिले भयो भनी यकिनका साथ भन्न नसकिए पनि बिसौं शताब्दिका धेरैजसो इतिहासकारहरू उनको जीवनकाल ५६३ ईशापूर्व देखि ४८३ ईशापूर्व रहेको भन्ने कुरामा एकमत देखिन्छन् ।

पछिल्लो समयमा भएका अनुसन्धान अनुसार उनको मृत्यु ४८६ देखि ४८३ ईशापूर्वको वीचमा रहेको मानिएको छ । तथापि गौतम बुद्धको जन्म बैशाख शुक्ल पूर्णिमाको दिन हाल नेपालको सीमाभित्र पर्ने रूपन्देही जिल्लाको लुम्बिनी भन्ने ठाउँमा भएको थियो भन्ने कुरामा दुईमत छैन । उनले आफ्नो जीवनकालको पहिलो २९ वर्ष पिताद्वारा प्रदत्त राजसी सुखमा बिताए । तर पनि उनी सदा संसारमा व्याप्त दु:खको कारण र त्यसको निवारण के होला भनी चिन्तित रहन्थे । यही दु:ख निवारणको सत्यमार्ग पत्ता लगाउने उद्देश्यले २९ वर्षको उमेरमा गृहत्याग गरी सिद्धार्थ भारतको विभिन्न ठाउँमा सात वर्षसम्म कष्टदायक तपस्या गर्दै हिंडे।

अन्तत: कष्टदायक मार्गले सत्यको प्राप्ति हुन सक्दैन भन्ने महशुस गरी मध्यमार्गको अवलम्बन गर्ने अठोट गरे । बोधगया भन्ने ठाउँमा एक बृक्षको मुनि अधिष्ठानपूर्वक ध्यान गर्दा गर्दै उनलाई सम्यक सम्वोधि प्राप्त भयो र उनी सम्यक सम्बुद्ध कहलाईए । त्यसपछि शेष ४५ वर्षसम्म उनी भारतवर्षका विभिन्न ठाउं पुगी दु:ख निवारण सम्वन्धी आफूलाई प्राप्त महाज्ञान बाँड्न रातदिन लागिपरे ।
गौतम बुद्धका केही जीवनउपयोगी वाणी पढ्नुस्:

१. भुतकालमा नउल्झ, भविष्यको सपनामा नहराउ । वर्तमानमा ध्यान देउ । यहि खुसी रहने बाटो हो ।
२. तिम्रो क्रोधको लागि कसैले सजायँ दिदैन, बरु तिमीलाई आफ्नै क्रोधबाटै सजायँ मिल्छ ।
३. संकोच र शंकाको बानी भन्दा भयानक अर्को हुदैन । शंकाले मानिसलाई अलग गर्दछ र मित्रता तोड्छ ।
४. हजारौं लडाइ जित्नु भन्दा राम्रो यो हो कि तिमी आफुमाथी विजय प्राप्त गर । अनि जित सदैव तिम्रो हुनेछ ।
५. तीन चिज कहिल्यै लुक्न सक्दैन, सूर्य, चन्द्रमा र सत्य ।
६. लक्ष्यमा पुग्नु भन्दा महत्वपूर्ण लक्ष्यसम्मको यात्रा राम्रोसंग गर्नु हुन्छ । हजारौं शब्द भन्दा त्यो एक शब्द राम्रो हुन्छ जसले शान्ति ल्याउँछ ।
७. घृणाले घृणा कहिल्यै कम गर्न सक्दैन । घृणालाई केवल प्रेमले मात्र समाप्त गर्न सकिन्छ । यो एक प्राकृतिक सत्य हो ।
८. सत्यको मार्गमा हिड्ने मानिसले केवल दुइ गल्ति गर्न सक्छ, पुरा मार्ग तय नगर्नु या शुरुवात नै नगर्नु ।
९. क्रोधित रहनु, जलिरहेको कोइलालाई कुनै दोस्रो व्यक्तिमाथी फ्याक्ने इच्छाले समातेर बस्नु समान हो । यसले स्वयम आफुलाई नै जलाउँछ ।
१०. एक बलिरहेको दिपकबाट हजारौ बत्ति बाल्न सकिन्छ, तापनि सो दीपकको प्रकाश कम हुदैन । यसै गरि खुसि बाड्नाले बढ्छ, कम हुदैन ।


Loading comments...