१० लाख करोड मुल्याकंन गरिएको पहिलो भारतीय कम्पनी


६० दशमलव ७ विलियन सम्पतिका साथ भारतका मुकेश अम्बानी विश्वका १० औं सर्वाधिक धनीको सूचीमा छन् । १२ वर्ष देखि मुकेशको कम्पनी रिलायन्सको कुल मुल्याकंनका आधारमा यिनी विश्वका सर्वाधिक २० जना धनीहरुको सूचीमा रहिरहेका छन् । भारतीय कम्पनीबाट अहिलेसम्म मुकेशको बराबरीमा कोही आइपुग्न सकेका थिएनन तर पछिल्ला दशकहरुमा टेलीकममा रिलायन्सको लगानीले ह्वात्तै रिलायन्सको मुल्याकंन बढाएको छ ।

विश्व बजारमा दशदबा भएका कम्पनीहरु जस्तै नेटफ्लीक्स, बीपी भन्दा पनि अगाडि आएर रिलायन्सले विश्वको ६४ औं महँगो कम्पनीका रुपमा आफ्नो नाम सुरक्षित गरेको छ । ब्लुमवर्गका अनुसार ९ लाख करोड मुल्याकंन भएको यस कम्पनी केवल २५ दिनमा नै १० लाख करोडको एतिहासिक मुल्याकंनको सूचीमा परेको हो ।

भर्खरै रिलायन्स जीओ ले भारतमा आफ्नो सञ्जाल स्थापना गर्दै एकवर्ष भित्र आफ्नो पहुँच १ करोड ५० लाख घरधुरीमा लैजाने लक्ष्य राखेको हो । जीओलाई खुद्रा किराना ब्यापारमा लैजाने र अमेजन र फ्लीपकार्टसंग प्रतिस्पर्धा गर्ने लक्ष्य पनि अम्बानीको छ । विश्वको दोश्रो सर्वाधिक महँगो घर पनि अम्वानीको नै हो, पहिलो महँगो घर चाँही बेलायती राजपरिवारको बकिंग होम महल हो । यिनको घर एन्टेलीयाको मुल्य मात्र १४ हजार करोड भारतिय रुपैयाँ रहेको छ ।

लाइभमाण्डु


Loading comments...