नो दोराई : बगंलादेशमा रोक लगाइएको नारीप्रधान चलचित्र


बगंलादेशमा भर्खरै एउटा चलचित्र रिलिज गरिएको थियो, एकजना महिला समुन्द्री सर्फरको कथामा आधारित यस चलचित्र निकै चर्चामा रह्यो । तर उक्त चलचित्रले दक्षिणएसियाली क्षेत्रकै धार्मिक आस्थामा प्रश्न चिह्न उठाएको भनेंर बगंलादेशमा ब्याण्ड गरिएको छ ।
सर्फर महिलाले सार्वजनिक स्थानमा पौडी खेलेको सिनहरु भएकाले सप्रिम कोर्टका अधिवक्ता हुजातुल ईस्लामले चलचित्र रोक गर्नका लागि हाइकोर्टम रिट हालेका थिए । नो दोराईको अर्थात न डराएको भन्ने लाग्दछ, सर्फर महिला निडर भएर आफ्नो खेलमा अघि बढेको र बिभिन्न सामाजिक र पारिवारिक लाञ्छनाहरु सहेको कथामा यस चलचित्र आधारित छ ।

चलचित्रका निर्माता महमुद रहमानले चलचित्रलाई रोक लगाइएको बिषयमा सबै जना चलचित्रकर्मीहरु एक हुन पर्ने आव्हान गरेका छन् । उनी चलचित्रको सेन्सर सर्टिफिकेट फिर्ता लिन संघर्षरत छन् । यस चलचित्र नोभेम्बर २० मा बगंलादेशमा रिलिज भएको हो । सर्फर केटी आयशा सानैदेखि समुन्द्रका लहरहरुमा सर्फ गर्न मन पराउने हुन्छिन् तर गरिबीका कारणले यिनले सपना पछ्याउन गाह्रो त हुन्छ नै अनि त्यसका साथै बिवाह पनि छिटै गर्नुपर्ने अवस्था हुन्छ । निर्माता रहमानका अनुसार चलचित्र हेरेपछि मात्र चलचित्र कतिको स्वीकार्य छ र ग्लामर कतिको छ या छैन थाहा हुन्छ ? बगंलादेशमा चलचित्रमा पात्रलाई बिकिनी लगाउन लगाएर हल्ला छ तर यो चलचित्र हेरेपछि मात्र थाहा हुन्छ भनी भनेंका छन् ।

बगंलादेशमा महिलाहरुलाई पौडी खेल्न उत्साहित गरिन्न र त्यहाँ बालबिवाह रोक लागेको भएपनि देशका आधाभन्दा धेरै महिलाहरु १८ वर्ष भन्दा कम उमेरमा बिवाह गरिन बाध्य पारिन्छन् । यस चलचित्रमा आयशा अन्तत सर्फिगंमा फर्के जान्छिन् भन्ने सन्देश छ ।
बगंलादेशमा चलचित्रको रोक प्रति दुई तर्फिय मत हरु पाइएको छ, हेरौं अब आगामी दिनमा नो दोराई ले त्यहाँ कस्तो प्रतिक्रिया पाँउछ या हलमा लाग्न नपाई दराजभित्रै राखिन्छ ?

लाइभमाण्डु

यो पनि पढ्नुहोस्

सगरमाथा चढ्न साइकलमा १३ हजार किमी पर स्वीडेनबाट आएका र साइकलमै फर्किएका एक मान्छे

एमबीबीएस पढ्न चीन र बगंलादेश जानेका लागि नयाँ नियम

यूरोपका फार राइट्सहरुले किन कश्मिरमा भारतको समर्थन गर्दछन्

बंगलादेशमा नोबेल पुरस्कार विजेता मुहम्मद यूनुसलाई धरौटी


Loading comments...