The Voice of Nepal

“द भ्वाइस अफ नेपालमा” आइतबार


काठमांडौ मंशिर १० । संगितले जब छुन्छ ,तब संगितको छुवाई निकै अदभुत हुन्छ, छुन्छ न त कुनै चोटको महसुस हुन्छ । भएका केही चोटमा पनि उपचारको काम गर्छ संगितले । संगितबिनाको जिबन सायद अकल्पनीय छ । सांगितिक जगतको सबैभन्दा ठुलो रियालिटि शो द भ्वाइसको नेपाली सस्करण द भ्वाइस अफ नेपाल नेपाली सांगितीक क्षेत्रमा नयाँ पन ल्याउन सफल भएको छ । १२००० डिजिटल अडिसन मध्येबाट १०८ ट्यालेनन्ट ब्लाइन्ड राउन्डमा समावेश भएका थिए ।

आइतबारको २६ औ श्रृखंलामा नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समयमा निकै चर्चित युवा संगितकार अर्जुन पोख्रेल अतिथिको रुपमा देखिनुभयो । छोटो समयमै सांगितिक क्षेत्रमा उनको उपल्बधी निकै ठुलो रहेको छ । १५ भन्दा बढि सांगितिक आर्वड समेत प्राप्त गरेका अर्जुनले द भ्वाइस अफ नेपालको मञ्चमा निकै लोकप्रिय गित “म यस्तो गित गाँउछु” प्रस्तुत गर्नुभयो । साथै सम्पुर्ण ट्यालेन्टहरुको खुलेर प्रशंसा पनि गर्नुभयो ।

सांगितिक क्षेत्रको लामो यात्रा तय गर्नुभएको सांगितिक सर्जक कोच दिपको “म त दुर देखि आए” बोलको गितको प्रस्तुति निकै उत्कृष्ट रह्यो, ५० बर्ष लामो सांगितिक क्षेत्रमा उहाँको योगदान निकै अमुल्य रहेको छ । उहाँको यो ५० औ बर्षको सांगितिक सफल यात्रा लाई बधाई तथा शुभकामना ।

आइतबारको श्रृखंलामा टिम दिप र टिम अभायाबाट दुई दुई जना ट्यालेन्टले आफनो प्रस्तुति प्रस्तुत गर्नु भयो । टिम दिप बाट पहिलो प्रस्तुति स्वेच्छा ठकुरीले सशक्त प्रस्तुति प्रस्तुत गर्नु भयो । गुनियो चोलीमा सजिनुभएको स्वेच्छाले “डाँफे झै नाच्ने, हिमाल झै हास्ने नेपाली कि छोरी हू म ” भन्दै सम्पुर्णको मन जित्न सफल हुनु भयो । टिम दिपबाट दोश्रो प्रस्तुति बिबेक बाइबा लामाले आफनो बुबा आमाको लागि आफनो प्रस्तुति सर्मपित गर्नुभयो । Albatross को निकै चर्चित गित “आशु झरेमा पुछि दिउला” को प्रस्तुतिको सम्पुर्ण कोचहरु तथा अतिथिले सकारात्मक प्रतिक्रिया दिनु भयो ।

आफना टिमका ट्यालेन्टहरुको हौसला प्रदान गर्न रककी रानी कोच अभायाले बहुचर्चित गीत सक्दिन अब म प्रस्तुत गर्नुभयो जसले ट्यालेन्टहरुमा उर्जा प्रदान गर्ने सफल रह्यो । टिम अभायाबाट द भ्वाइसकी कान्छी ट्यालेन्ट शेर्या राईले थाहा छैन मलाई को हौ तिमी भन्ने बोलको गित प्रस्तुत गरिन । उनको स्टेजमा देखिने आत्मविश्वासको कोचद्धारा निकै तारिफ गर्नु भयो । आइतबारको अन्तिम प्रस्तुतिको साथ बिबेक लामा देखिए । नौ बर्षको कारागार अनि त्यसपछिको दोस्रो जिबन सांगितिक क्षेत्रमा सर्मपण गरेका बिबेकले स्वर सम्राट नारायण गोपालको केही मिठा बात गर गितले सम्पुर्ण कोच तथा अतिथिको मन जित्न सफ रहे र सम्पुर्ण कोचबाट स्ट्याडिङ्ग अभियसन प्राप्त गरे ।

अघिल्लो शृखंलामा टिम प्रमोद र टिम सनुमबाट दुई दुई जनाले आफ्नो प्रस्तुति दिनुभएको थियो । जसमध्ये दर्शकहरुको भोटिङ्गको आधारमा टिम प्रमोदबाट शुसिल गड्तौला र टिम सनुपबाट सप्तक दुध्रराज सेमिफाइनलमा प्रवेश गरेका छन भने आशिष गुबाजु र सन्तोष राना मगरको द भ्वाइस अफ नेपालको यात्रा समाप्त भएको छ ।

आफनो मनपर्ने ट्यालेन्टलाई जिताउने मौका अब दर्शकको हातमा छ , त्यसैले भोटिङ्ग गर्नुस अनि आफनो मनपर्ने ट्यालेन्टलाई बनाउन सक्नु हुने छ नेपालको पहिलो स्वर जसको स्वर नै पहिचान बन्ने छ ।


Loading comments...