Lifestyle Portal
  •   १७ चैत्र २०७९, शुक्रबार

पुस १ गते राष्ट्रिय झन्डा दिवस मनाइँदै

३० मंसिर २०७६, सोमबार १९:०२


राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले यस वर्ष पनि पुस १ गते झन्डा दिवस मनाउने भएको छ । प्रतिष्ठानले अघिल्लो वर्षदेखि झन्डा दिवस मनाउन थालेको हो ।

अभियानकर्ताहरूले उक्त दिन बिहान ८ः३० बजे माइतीघर मण्डलामा रहेको झन्डा फेर्ने र मण्डलादेखि बानेश्वर हुँदै पुनः बानेश्वरबाट फर्किएर माइतिघरसम्म ¥याली गर्ने कार्यक्रम तय गरेको अभियानकर्ता राजानन्द माण्डव्यले जानकारी दिए ।

विसं २०१९ पुस १ गते नेपालको झन्डाले संयुक्त राष्ट्रसंघबाट औपचारिक मान्यता पाएपश्चात् नेपालमा कहिल्यै पनि झन्डाको विशेष उत्सव नमनाइएका कारण गत वर्षदेखि झन्डा दिवस मनाउन थालिएको माण्डव्यले बताए ।

‘विदेशी शक्तिसामु कहिल्यै हार्न नपरेको नेपालीको ध्वजा स्वतन्त्र त रह्यो, तर हामी नेपालीले नै यसको मानमा आँच आउने काम गर्दै गयौँ,’ झन्डाको दुरुपयोग भएको उल्लेख गर्दै उनले भने, ‘झन्डाको आफूखुसी प्रयोग गर्ने मात्र नभई यसको कार्यविधि, आचारसंहिताको बेवास्ता गरियो ।’

पछिल्लो समय त झन्डाको स्वरुप र रङ मात्र नभई चन्द्र–सूर्यको कोणसमेत आफूखुसी राख्ने र किनारा र लम्बाइ, चौडाइसमेत मनपरी तरिकाबाट प्रयोग गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

भारतीय राजदूतावास, काठमाडौंले मिति २०७९ चैत्र १० गते इण्डिया हाउस परिसरमा एक समारोहको आयोजना गरी ५८ औं भारतीय प्रविधिक तथा

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति

वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न