अमेरिका र तालिवानको दोश्रो शान्तिवार्ता कतारमा शुरु हुँदै


प्रथम चरणको वार्ता अमेरिकी राष्ट्रपति ट्रम्पको तिक्तताका कारणले सकिएको ३ महिनापछि फेरि कतारमा शुरु हुने भएको छ । अमेरिकाको शान्ति दुतका रुपमा कतारमा तालिवानसंग कार्यरत जमिल खालिजादले सेप्टेम्बर पछि तालिवानसंग फेरि वार्ता गर्न कदम शुरु गर्ने बताएका छन् । १८ वर्ष लामो तालिवान र अमेरिकी युद्धलाई शान्पिूर्ण मोड दिन यस वार्ता निकै संबेदनशील मानिन्छ । अफगानीस्तान अमेरिकी सम्बन्ध र युद्ध विरामका लागि यस वार्ता जरुरी झैं भएको छ, अमेरिकी दुतले बताए ।

गत महिनाको थ्यागंस गिभिगंमा अमेरिकी राष्ट्रपति ट्रम्प अफगानीस्तानमा अमेरिकी सेन्य क्याम्पमा पुगेका थिए जब यिनले तालिवानले अमेरिकासंग डिल गर्न चाहेको भनी भाषण गरेका थिए । लगभग आधा अफगानीस्थाननै नियन्त्रणमा लिएका तालिवानहरुको अमेरिकी सेना लक्षित आक्रमणमा भनें अहिलेका महिनाहरुमा झनै तिब्रता आएको बताइन्छ ।

राष्ट्रपति ट्रम्पले अफगानीस्थानमा रहेका १२ हजार अमेरिकी सेनालाई घर फिर्ता गरेर अफगानी सेना र प्रहरीकै क्षमता बढाई त्यहाँको सुरक्षा दिगो गर्न चाहेको बताँउदै आएका छन् । यद्धपि पछिल्लो समयमा भारतको अफगानीस्थानमा निकै लगानी रहेका कारणले भारतीय पक्षको दबाब भनें अमेरिकी सेना अफगानीस्थान नछाड्नु तर्फ नै रहेको पनि स्पष्ट देखिन्छ ।

लाइभमाण्डु


Loading comments...