नेपाल लिट्रेचर फेस्टिवलमा अटाउन नसकेको नेपाली भाषा


लिट्रेचर फेस्टिवलमा निकै रौनक छ, पोखरा नेपालको मेडिटेरिएन क्लाइमेट भएको शहर मात्र नभई नेपालको संगीत, कला र साहित्यको एउटा उर्वर भूमि पनि हो । कुरा गरौं अहिले पोखरामा भइरहेको नेपाल लिट्रेचर फेस्टिवलको, यस फेस्टिवलको मुख्य ब्यानरमा आएमई प्रयोजकका रुपमा लेखिएको छ यद्धपि त्यहाँ कुनै केहि शव्दहरु नेपाली भाषाका चाँही छैनन । अंग्रेजी भाषाका ब्यानरका शव्दहरु र प्रयोजकको पहिचानका साथ नेपाल लिट्रेचर फेस्टिवल आइएमई लिट्रेचर फेस्टिवलमा नेपाली वर्णमाला चाँही अटाउन सकेको छैन । नेपालमा १२३ भन्दा धेरै भाषाहरु बोलिन्छ, नेपालको राष्ट्रिय भाषाका लिपीहरु अटाउन नसकेको मञ्चमा नेपाली पुस्ता र सर्जकहरु साहित्यको महाकुम्भको आयोजना गर्दै छन् ।

नेपालीहरुको अंग्रेजी मोह हो या एउटा अक्षम्य त्रुटि तर नेपाल लिट्रेचर फेस्टिवलमा अटाउन नसकेको नेपाली भाषाको अहिले सामाजिक सञ्जालमा निकै चर्चा परिचर्चा पनि भइरहेको छ, तपाँईहरुलाई चाँही यस विषयमा के लाग्छ हामीलाई लेख्न नभुल्नुहोला है ।

लाइभमाण्डु


Loading comments...