
गाजा क्षेत्रका क्रिस्चियनहरुले क्रिस्मस मनाउन जेरुसलेम जान नपाउने
यो निर्णय इज्रेली पक्षको हो, गाजा क्षेत्रमा दिनानुदिन हमला र आक्रमणका श्रृखलाहरु चलिआएको अवस्थामा नै अब यस वर्षको क्रिस्मसको रौनक शुरु भएको छ । गाजा क्षेत्रमा क्रिस्चियनहरु पनि छन् जो जेरुसलेममा क्रिस्मस मनाउन सपरिवार जान पाउने अपेक्षा र रहर राख्दछन् । तर इज्रेल सरकाले गाजाका क्रिस्चियनहरुलाई जेरुसलेम गएर क्रिस्मस मनाउन नपाउने र मेरुसलेम छिर्न नपाउने एकतर्फी नियम लगाइदिएको छ ।
गाजा क्षेत्रका क्रिस्चियन अल्पसंख्यकहरुको संख्या १०० को हाराहारीमा छ, पछिल्ला वर्षहरुमा इज्रेली पक्षले दक्षिणी किनाराका शहरहरु जस्तै बेथलेहम र जेरुसलेममा यि क्रिस्चियन अल्पसंख्यकलाई क्रिस्मस मनाउन पाउने सुविधा दिएको थियो जुन यसवर्ष रोकिएको छ ।
गाजामा ग्रीक अर्थोडक्स क्रिस्चियनहरु पाइन्छन्, यस वर्ष उनीहरुलाई अन्य बिदेश जान दिइने तर जेरुसलेम या बेथलेहम लगायत इज्रेली पवित्र शहरहरु छिर्न नदिइने प्यालीस्टाइनका लागि इज्रेली सैन्य लाइजन कमाण्डरले बताएका छन् ।
उनीहरुलाई जार्डान छिर्न एलेन्वाई पूल तर्न दिइने तर इज्रेल छिर्न नदिइने इज्रेली पक्षको निर्णय छ । यस निर्णयका साथै यसवर्ष हजारौं प्यालीस्टीनी क्रिस्चियनहरुको मुख्य चाड खल्लो हुने तय भएको छ ।
लाइभमाण्डु
यो पनि पढ्नुहोस्
प्यालेस्टाइनी आमा र बच्चाको इज्रेली हमलामा बिभत्स हत्या
हामी इज्रेलको राज्य समापन गर्न चाहन्छौं, यहुदिहरुलाई हैन: इरान