विश्वप्रसिद्ध अलादिन चलचित्रका नायकको ब्यथा


अलादिन चलचित्र डिज्नेले निर्माण गरेको सुपरहिट, मल्टीमिलियन डलर कमाएको चलचित्र हो । यसमा मध्यपूर्वका जिवनशैली, उड्ने कार्पेट र जीनको कन्सेप्टमा निकै रोचक कुराहरु र प्राचिन समय देखाइएको थियो । गतवर्ष मे मा रिलिज भएको अलादिनले विश्वभरिमा १ बिलियन मुनाफा कमायो, यसमा मुख्य पात्रका रुपमा क्यानडामा बस्ने ईजिप्टका मसौद नाम गरेका कलाकार हुन् । मसौदले भर्खरै आफूले अलादिनपछि कुनै पनि चलचित्रको अफर नपाएको र काम नपाएर बसेको भनेंका छन् । विश्वभरि यति धेरै चर्चा बोकेको चलचित्रको मुख्य पात्र भएपछि पनि जिवन सँधै गुलाफ र मखमली नहुने रहेछ, उनको भनाई छ ।

डेली बिस्ट नामक पत्रिकामा यिनको पूर्ण अन्र्तवार्ता छापिएको थियो । मान्छेहरु दिमागमा नै नयाँ र एसियन जिवनशैली मा आधारित चलचित्र बनाउने आइडिया राखेर बसेका छन् र म चाँही यहाँ काम नपाएर बसेको छु भनेंर मसौदले भनेंका छन् । हुलुे टिभी सिरिज रिप्राइजलमा भनें स्क्रिनमा देखिएका छन्, त्यो चाँही यिनले अल्लादिन गर्न अगावै तय गरिएको भूमिका थियो । अमेरिकामा रिप्राइजल प्रिमियर भइरहेको बताइन्छ ।

लाइभमाण्डु


Loading comments...