
तुलसीले यसरी दिन्छ संकट आउन लागेको पूर्वसंकेत
३ पुष २०७६, बिहीबार ०६:००
घरमा मठ राखेर तुलसी रोप्ने पुरानो चलन हो । तर तपाइँलाई थाहा नहुन सक्छ तुलसीको महत्व ठूलो छ । शास्त्रका अनुसार तपाइँको घरमा कुनै पनि नराम्रो घटना हुन लागेको छ भने सबैभन्दा पहिले तपाइँको घरमा रोपिएको तुलसीका पातमा संकेत देखिन्छ । घरमा संकट आउनु अघी तुलसीका पात सुक्न थाल्छन् ।
पुराणमा उल्लेख भए अनुसार जुन घरमा संकट आउँछ त्यहाँ लक्ष्मीको बास हुँदैन । तुलसी लक्ष्मीकी प्रतिक भएका कारण संकट आउन लागेको घरमा तुलसीका पात सुक्ने शास्त्रको भनाइ छ ।
ज्योतिष विद्याका अनुसार बुध ग्रहका कारण यस्तो हुने गर्छ । बुध ग्रहको प्रभाव हरियो रंगमा हुन्छ । कुनै पनि विरुवाको रंग हरियो हुनुमा बुधको प्रभाव हुन्छ । बुधले नै संकट आउने संकेत तुलसी सम्म पुर्याउँछ । कुनै ग्रहले कुनै घरमा शुभ फल दिने भएपनि बुधले त्यसको संकेत तुलसीमा पठाउँछ ।
तुलसीको गमला भान्साको छेउँमा राख्दा घरमा कलह समाप्त हुन्छ भने पूर्वी दिशाको झ्यालको छेउँमा तुलसीको विरुवा रोप्दा पुत्रको स्वभाव सकारात्मक हुने विश्वास छ ।
कुनै पनि घरमा छोरीको विवाह गर्न ढिला भो भने तुलसीमा जल चढाउने चलन छ । ब्यापर ब्यवसायमा समस्या भएको छ भने घरको दक्षिण-पश्चिम दिशामा तुलसीको विरुवा रोप्नाले ब्यवसायमा सफलता मिल्ने विश्वास छ ।
ज्योतिषी साथी भृगु सम्हिता
यो पनि पढ्नुहोस्
के हो तुलसी पूजा र कस्तो हुन्छ विवाहको विधि, पूजा तथा मन्त्रसहित
यस्तो छ, सर्वगुणकारी तुलसीको महिमा
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विक्रम संवत् २०७९ को पहिलो सूर्य ग्रहण (Surya Grahan – Solar eclipse of April 30, 2022) बैशाख १७ गते मा
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
काठमाण्डौ । २०७९ सालमा विवाह र व्रतबन्धका लागि प्रशस्तै लगनहरु जुरेका छन् । ‘नेपाल पञ्चांग निर्णायक विकास समिति’का अनुसार नयाँ
आज छठको तेस्रो र मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यको पूजाआरधना गरी अर्घ दिइँदैछ । भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि