
माउन्टेन ड्रिमीगंका स्वप्नद्रष्टा गोपाल अर्यालको निम्तो
एकजना छन्, मेरा साथी र उनी सपना देख्दछन् । सपना त सबैको हुन्छ, केहि कम केहि बढि अनि केहि ठिक्क हैन र ? यि साथीले सपनाका टुक्राहरुलाई देश बिदेशमा फैलाँउदै आएका छन्, गज्जब कुरा के भनें यिनी सपनालाई मञ्चसंग जोड्दछन्, अभिव्यक्तिसंग टाँस्दछन् अनि सपनालाई टपक्क उठाएर ल्याँउदछन् अनि नाटकसंग जोडिदिन्छन् ।
थिएटरको कलासंग सपनालाई जोड्ने यि स्वप्नद्रष्टा हुन् गोपाल अर्याल । गोपाल र मेरो भेट भुकम्पपछि ईज्राएड नामक संस्थाको रेडियो परियोजना गर्ने क्रममा भएको हो । मेरो बिधालय देखिको साथी सुदिश उक्त संस्थामा कार्यरत थियो, तिब्र गतीमा भुकम्प पछि उद्धार, नाटक श्रृखलामार्फत ट्रमा न्यूनिकरण र बिधार्थीहरुलाई नाटक मार्फत बिधालय फर्कन आँट दिँदै यिनीहरु भुकम्प प्रभावित जिल्लाहरुमा बेधडक कुदिरहेका थिए ।
सुदिशसंग भुकम्पभन्दा एकदिन अघि झोछेमा भेट भएको थियो, म जागिर छाडेर क्यामरा र साइकलमा मस्त थिँए । ३ वर्षको उराठ लाग्दो जागिरमा प्रपोजलहरु र रिपोर्टसंग खेल्दै अनि पश्चिम नेपालका गुल्मी, अर्घाखाँची, कपिलवस्तु, स्यागंजा डुल्दा डुल्दै म थाकेको थिँए । यूनिभर्सिटी अफ बाथको वल्र्ड अफ वर्डस परियोजनाको रेडियो परियोजना परिकल्पना गरेर म नेपालमा पहिलो रेडियो कार्टुन सबिना र पुन्टे हात्तिको कथा गर्दै थिँए । यतिले खान पुग्छ र काठमाडौंमा बस्न पुग्छ भनेंर आँटेको मात्र थिँए, भुकम्पले सबै कुरामा पानी फेरिदियो ।
सुदिश र म अन्दामान टापुमा जाने सल्लाहमा थियौं, भुकम्प नआएको भए हामी अर्को हप्ता जाने प्लानमा थियौं तर त्यसो भएन । भुकम्पले जिवनको प्रार्थमिक्तामा परिवर्तन गरेर गयो ।
भुकम्प पछि सुदिशले फोन गरेर ईज्रा एडको परियाजेना रेडियोमा देखाउ भन्यो, त्यसै दिन गोपालसंग फोनमा कुरा भएको हो । पछि धेरै रात, दिन र लेखाइहरुमा गोपु, म र सुदिश नजिक भएर काम गर्यौं । मैले भुकम्पमा फसेको पूतली परि नामक नानीको घरमा थिचिएको प्लट बनाँए, परि हरेक पराकम्पमा बुवालाई घरका भग्नावशेषबाट पूतली झिकिदिन रुने कथालाई तन्काएँ र यसै क्रममा गोपु संग मरणोपरान्त याद रहने दोस्ती भयो ।
सुदिशले एउटा दुर्घटनामा ज्यान गुमायो, गोपु र म एकआपसमा छाँद हालेर रोएका थियौं । सुदिशको संझना सँधै आँउछ एकतमासले । गोपुले छोरीको नाम नै सुदिशा राखेको छ , छोरीलाई भेट्न जान पनि पाएको छैन । सुदिशका लागि शव्द निकाल्दा मेरा शव्दहरु आँशुमा छर्लप्प भिज्दछ, एकफेर म बिदेशमा छँदा एकतमासले सोचीरहेको थिँए । तिहारको दिन थियो, अघिल्लो तिहारमा त्यसै दिन शुदिश र आशिष मलाई भेट्न आएक थिए, लक्ष्मीपूजामा एक भेट भएको एक वर्ष पुगेको याद थियो, लक्ष्मीपूजा आयो तर साथी नफर्कने गरि गएको थियो । म त्यसदिन एक तमासले राएँ, मानौं म बच्चा भएको थिएँ र आमाले मलाई छाडेर होस्टलमा राखेर घर जाँदै हुनुन्थ्यो । सुदिश निरौलाको याद मा गोपाल पनि जोडिएको छ । गोपु एउटा कलाकार हो, धेरै नाटक र थिएटर क्रियाकलापमा उ संलग्न छ । देश बिदेश गरिरहन्छ, दशैं र तिहार भरि उ यूरोपमा थिएटर तालिमप्रदायककर्ता भएर कुदिरहेको थियो । उ सपनालाई हिमाल र थिएटरसंग जोड्दछ । नाट्य अभिव्यक्तिको सर्वोत्तम कलाका लागि उस्लाई देश बिदेशबाट निम्तो आँउछ, मह जोडीको एउटा टेलिसिरियलमा उस्लाई भर्खरै देखेकोृ पनि थिँए । गाजाबाजा चलचित्रमा उस्लाई हेर्न भएपनि म हलसम्म गए, उ कलाकार होला तर मेरा लागि उ स्वप्नद्रष्टा हो जस्ले हिमाल, सपना र थिएटरलाई एउटै धागोमा बाँधेको छ ।
उ सामाजिक अस्तित्वको अवयवहरु जोडेर अभिनय कला र थिएटरको अधिवक्ता हो, उ त्यसमा अध्यात्मलाई पनि जोड्दछ । मुख्यतया यि सबै कुराहरु बाट उस्ले थिएटरमा दर्शक र कलाकार दुबैलाई आफूभित्र छिर्न र आन्तरिक विश्वमा नजर दौडाउन सिकाँउदछ ।
महान दार्शनिक रुमीले भनेंका थिए कि संसारमा सर्वाधिक ठूलो भाषा नै मौनता हो र शव्दहरु र भाषाहरु त मौनताको केवल कमजोर अभिव्यक्ति मात्र हो भनेंर । गोपाल पनि ननभर्वल अभिव्यक्तिमार्फत ब्रह्माण्डका अवयव र भावहरुलाई अभिव्यक्त गर्न सिकाँउछ भन्ने मेरो ठम्याई छ । गोपालका श्रृजना र निर्देशनमा राजेश हमालले मुखिया बा भनेंर चिच्याउनु पर्ने हुँदैन होला, त्यहाँ सबै कुरा शव्दभन्दा परका अनूभूति हुन्छन, शायद ।
य निकट भविष्यमा माउन्टेन ड्रिमीगंका संस्करणहरु नेपालमा चलाँउदैछ, अनेकन पटक उस्ले यस्ता सेसनहरु नेपालमा पनि गरिसकेको छ । उस्को आइसीएसटी भन्ने संस्था छ http://www.icstnepal.com/about
माउन्टेन ड्रिमीगंको यस संस्करण चाँही आउने वर्ष ८ मे बाट २० मे सम्म हुँदैछ । त्यहाँ दर्ता गर्नका लागि यस लींकमा जान पर्नेरहेछ ।
http://www.icstnepal.com/post/mountaindreaming?fbclid=IwAR3b__hgKUm8696wWhUDVi1EzvqmDvl6GtRFdv5mEYLT1dKmTleEl9qKw4Y
यस तालिममा बिदेशबाट पनि मान्छेहरु तालिम दिन र लिन आउनेरहेछन् । मलाई उस्ले यी कार्यक्तममा बोलाँउछ तर म जिवन ज्यून ब्यापार गर्ने क्रममा बनियाँ भएको छु, जान पाएकै छैन केहि न केहि ब्यबहारले तानिरहेकै हुन्छ । मौका मिलाएर एकफेर जान्छु शायद यसै मे मा हुनसक्छ ।
गोपाल अभिव्यक्तिमा आधारित भएर थिएटरमा यूगान्तकारी काम विश्वस्तरमा गरिरहेको छ, म सबै कुराहरु बुझ्न र लेख्न सक्दिन किनकी ति धेरै गहन छन् । गोपाल फुर्सतमा मलाई यो सबै कुराहरु बुझाउन आउ है, चियाका कपहरुमा गफका मुस्लाहरु उडाउन बाँकी छन् नि ।
सुयोग ढकाल
लाइभमाण्डु
यो पनि पढ्नुहोस्
बिशेश्वर प्रधानमन्त्री हुँदा खेरिको नेपाल : भुसको आगो