भारतीय सेनाका नयाँ प्रमुख


अहिलेका भारतीय सेना कर्मचारीका उप प्रमुख लेफ्टीनेन्ट मनोज मुकुन्द नरावने भारतीय सेनाका नयाँ चिफ हुने भएका छन् । यस महिनाको अन्तमा अहिलेका चिफ जनरल बिपीन रावत ३ वर्षको सेना चिफको सेवा पछि पदमुक्त हुँदैछन् । यस अघि मनोज मुकुन्ट इस्टर्न आर्मीमा भारत र चीनको ४००० किमीको सिमाना रक्षाका मुख्य अफिसर थिए भनें यसै वर्ष सेप्टेम्बरमा यिनलाई उप चिफ निय’क्त गरिएको हो ।

सन् १९८० मा शिख लाइट इन्फान्ट्री रेजिमेन्टमा छिरेका यिनी नेशनल डिफेन्स अकाडमी र इण्डियन नेशनल अकाडमीमा तालिमप्राप्त छन् । श्रिलंकामा अपरशेन पवनका मुख्य योजनाकार यिनले धेरै समय चाँही सिमाहरुमा चीनको सिमा, जम्मु र कश्मिरमा नै बिताएका छन् । यसका साथै म्यानमारमा भारतीय दुतावासका लागि यिनले ३ वर्ष सेवा पनि गरे । भारतले यस पटक सेनामा कुटनिती र रक्षासंयन्त्र दुबै मजाले बुझेको सेना प्रमुख ल्याँउदैछ ।

लाइभमाण्डु


Loading comments...