हवाइजहाजमा जन्मिएकी बालिकाको नाम के राखियो त ?


३८ वर्षिय गर्भवति आमा नेरिडा अराउजो अमेरिकी नागरीक थिइन, अमेरिकन एयरलाइन्समा यिनी टाम्पा बाट पेन्सीलभेनीया जाँदै थिइन जतिबेला ३८ हप्ताको यिनको गर्भले प्रसव वेदना शुरु गर्यो । केहि महिनाअघि मात्र अमेरिकामा भएको यो घटनाले विश्व बजारमा निकै चर्चा पायो, विश्वप्रसिद्ध अनलाइन पत्रिका लोन्लीप्लानेटले निकै महत्वका साथ यि नवजात बालिकाको हवाइजहाजको जन्म र यिनको नामलाई छापेको छ ।

लेओभरका चालोैटे डग्लस अन्तराष्ट्रिय विमानस्थलमा जहाज अवतरण गरेको केहि समयमा नै यि महिलालाई पुत्रि लाभ भयो तर प्रसव वेदनाको शुरुवात संगै जहाजमा निकै हलचल मच्चियो । निकै उचाँईमा रहेको जहाजको कम्प्रेस्ड हावामा यिनलाई श्वाँस लिन असहज पनि भयो तर पछि केहि यात्रु र एयरहोस्टेसले यिनलाई प्रसव वेदनामा सहयोग गरे ।

चार्लोटे विमानस्थलबाट आमा र छोरीलाई तुरुन्त अस्पताल लगियो, आमा नेरिडाले अमेरिकन एयरलान्इसको उक्त फ्लाइटका सबैजनालाई आफ्नो जिवनको हिरो भएको बताइन । यिनकी छोरीको नाम भनें आकाशमा जन्म भएकाले स्काई अर्थात आकाश राखियो । ति शिशुको पुरा नाम लिज्याना स्काई टेलर हुनेछ । अहिले आमा र बच्चा दुबै सकुशल घर फर्किसकेका छन् । स्काई लाई नेपालबाट पनि संझना ।

लाइभमाण्डु


Loading comments...