सूर्यग्रहणको असर


काठमाडौं । वि.सं. २०७६ पौष १० गते तदनुसार  बिहीवारका दिन खण्डग्रास सूर्यग्रहण लाग्ने ज्योतिषी दीपक सुवेदीले बताएका छन् । नेपाली समय अनुसार विहान ०८:४२ बजेदेखि ११:३१ बजेसम्म जम्मा २ घण्टा ४९ मिनटको हुने सो ग्रहणको असरहरुको बारेमा प्रकाश पार्दै ज्यो. सुवेदीले यतिबेलाको ग्रहणको बढी असर हुनसक्ने बताएका छन्।

यसै पनि ग्रहण संक्रमणकारक हुन्छ । यसै पनि सूर्यग्रहणमा चन्द्रमा अस्त हुन्छ नै त्यसमाथि यतिबेला बुध, वृहस्पति र शनि पनि अस्त रहेको अवस्था छ । साथै सूर्य, चन्द्र, बुध, बृहस्पति, शनि र केतु धनु राशिमा एकसाथ रहने छन् । जसले गर्दा केही अप्रत्यासित घटनाक्रम बढाउनसक्ने, रोगको संक्रमण बढ्नसक्ने लगायतका विपरित फलको भय हुने ज्यो. सुवेदीको भनाई छ ।

के हो सूर्यग्रहण ?

पृथ्वीले सूर्यको परिक्रमा गर्छ भने चन्द्रमाले पृथ्वीको परिक्रमा गर्छ । कहिले काहीँ चन्द्रमा, सूर्य र पृथ्वीको बीचमा आउँछ। त्यसबेला सूर्यको केही या सबै प्रकाश छेक्दछ । जसले गर्दा धर्तीमा आंशिक या पूर्ण अँध्यारो फैलिन्छ । यस घटनालाई सूर्यग्रहण भनिन्छ । सूर्यग्रहणको घटना सदा सर्वदा अमावस्या तिथीमा नै पर्दछ ।

सूर्यग्रहण एक प्रकारको ग्रहण हो जब चन्द्रमा, पृथ्वी र सूर्यको बीचबाट जान्छ तथा पृथ्वीबाट हेर्दा सूर्य पूर्ण अथवा आंशिक रूपमा चन्द्रमाद्वारा छेकिन्छ ।

भौतिक विज्ञानको दृष्टिले हेर्दा यदि सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँछ भने चन्द्रमाको पछाडि सूर्यका किरणहरू केही समयका लागि छेकिन्छन, त्यसै अवस्थालाई सूर्यग्रहण भनिन्छ।धेरै जसो चन्द्रमाले सूर्यको केही भागलाई मात्र छेक्दछ । यो स्थितिलाई खण्डग्रास-ग्रहण भनिन्छ । कहिले कहीँ मात्र चन्द्रमाले सूर्यलाई पूरा छेक्दछ । यसलाई पूर्ण-ग्रहण अथवा खग्रास ग्रहण भनिन्छ ।

पूर्ण-ग्रहण धर्तीको धेरै कम क्षेत्रमा मात्र देख्न सकिन्छ । अधिकतम दुई सय पचास (२५०) किलोमीटरको सम्पर्कमा मात्र पूर्ण ग्रहण देख्न सकिन्छ । यस क्षेत्र भन्दा बाहिर खण्डग्रास-ग्रहण मात्र देखिन्छ । पूर्ण-ग्रहणको समयमा चन्द्रमालाई सूर्यको अगाडिबाट जानमा दुई घण्टाको समय लाग्दछ । चन्द्रमाले सूर्यलाई अधिकतम, सात मिनटसम्म पुरा छेक्दछ। यसबखत केही आकाशमा केही समयको अँधेरो हुन जान्छ, या दिनमा रात भएको जस्तै भान हुन्छ ।

यो पनि पढ्नुहोस्
खण्डग्रास चन्द्रग्रहण के हो?


Loading comments...