
एक ग्लास रक्सी
ओस्कारको मनोनयनमा पर्न सफल एउटा गीत
अँध्यारो छ, म सोच्दैछु
एक ग्लास रक्सि खाँउ कि भनेंर
म भ्रममा छु कि
हामी अझै नजिक छौं भनेँर
हाँसोले भरिएका ति रमाइला दिनहरु
अब केवल संझनामा छन्
मलाई छाडेर जाँदाको तिम्रो अनुहार
हुनसक्छ तिमी उसबेला रुँदै थियौ
निष्ठूरी म नै थिँए
तिमी गयौ मेरो माया बढेन थाल्यो
मान्छे बद्लिन्छन्
र अब म तिमीलाई पहिलेभन्दा धेरै नै मनपराउन थालेको छु
जब म यतिको मातिएको हुन्छु
मेरो स्वीच अफ भएको फोन समात्दै
अर्को ग्लास रक्सिले मात्दै
हल्लो यो म हुँ, तिम्रो खबर के छ ?
हेल्लो किन तिमी केहि बोलिरहेकी छैनौं?
मैले धेरै दिनसम्म संझना गरिन भनेंर तिमी रिसाएकी त छैनौं?
शायद म त्यो मान्छे हुँ जस्लाई तिमीले माया गरेकी हौ
मैले तिम्रो मायालु हृदयलाई पन्छाँए
त्यो समय म स्वार्थी थिँए
छटपटिमा मैले तिमीलाई फर्केर आउन भनी फोन पनि गरेको थिँए
तर तिम्रो फोन नम्बर परिवर्तन भइसकेको रहेछ
या मलाई ब्लक गरेकी होलिउ
म यसरी मातिँदा
तिमीलाई फोन गर्दै
फेरि एक गलास रक्सी खाइदिँउ की भन्ने सोच्दछु
ओस्कार अवार्डमा सर्वोत्कृष्ठ ओर्जिनल गीतको सूचीमा पर्न सफल कोरियाली चलचित्र प्यारासाइटको गीतको सरल नेपाली परिपेक्ष्यकरण
सुयोग ढकाल
यो पनि पढ्नुहोस्
ओस्कार अवार्डको सर्वोत्कृष्ट विदेशी चलचित्रमा दक्षिण कोरियाली चलचित्र प्यारासाइट चयन