Lifestyle Portal
  •   १२ आश्विन २०७८, मंगलवार
दाँइ

दाँइको सम्झना

१० मंसिर २०७५, सोमबार १३:२९

अर्जुन भण्डारी
अर्जुन भण्डारी

बर्षातमा निर्भर बर्ष भरिको गरेको मेहेनतको फल भित्र्याउने दिन हो दाँइ । यस दिनलाइ मानो खाइ मुरी भित्र्याउने दिन पनि भनिन्छ । समयको परिवर्तन संगै मानिसहरुको रहनसहन तथा काम गर्ने शैलि पनि परिर्वतन भएको छ । समाजको आधुनिकता संगसंगै केही रमाइला पलहरु पनि लोप हुँदै गइरहेका छन । आधुनिकता तर्फ उन्मुख आजको समाज विस्तारै रहन सहनमा परिर्वतन भइ संस्कार पनि परिर्वतन हुँदै गएको छ । केहि समय अगाडी दाँइ एक उत्सव जस्तै हुन्थ्यो । गाउँका धेरै मान्छेहरु भेला भएर पालै पालो एक अर्काकोमा दाँइ गर्न सहकारीको सिद्धान्तः एकले सवैलाइ र सवैले एकलाइ भने झैँ पर्म गरी काम गर्थे । सवैले सवैलाइ मिलेर सहयोग गर्ने भावना देख्न पाइन्थ्यो ।

विहानै खेतको विचको खलेगरोमा बाँसको मियो अनि वरिपरी पराल, परालमाथि गोरुहरु जुन मियोको वरिपरी घुमिरहेका हुन्थे । केटाकेटीहरु गोरुको पछि पछि हो हो दाँइमाडो भन्दै गीत गाउँदै गोरु धपाउँदै कुदीरहेका हुन्थे । अलि पर केहि कुनियाहरु अनि कुनीयाको वरिपरि दँदेराहरु हाँसो ठट्टा गर्दै धान ठटाउने काम गरिरहेका हुन्थे । धानको रास उकासिँदै एउटा सानो डाँडा बन्दै गरेको देख्न पाइन्थ्यो ।

आदि धान चुटेर सकेपछि नास्ता खानेकार्य हुन्थ्यो अनि केहि समय आराम गरेपछि फेरी सवै आआफ्नो काममा प्रवेश गर्दथे । सवै धान ठटाएर मियो वरिपरी पराल हालेर नवात्ताइएको धानको थुप्रो बनाइ आँशि राखी हिमाल तिर नर्फकाए सम्म खाना पनि खाँदैन थे । सवै जना एकैपटक खाना खाने गर्दथे । दाल, भात, तरकारी, दुध, ध्यु, मोही जस्ता तागतिला र स्वस्थ बर्धक खानाहरु खानामा समावेश गरिन्थ्यो । खाना खाएपछि केहि बेर रमाइला गफ गर्ने गर्दथे अनि पुन काम मा फर्कन्थे । सवैलाइ कामको बनोट अुनसार फरक फरक हिस्सा बाँडफाँड गरिन्थ्यो । कोहि पराल बाध्न, कोहि धान बत्ताउन, कोहि मियोबाट पराल झिक्न यस्तै यस्तै । अरुमा भन्दा पराल बाध्न अलि धेरै बस्नुपर्थ्यो किनभने परालको काम अलि बढी हुने गर्दथ्यो । दुइ दूइ जनाको जोडी भएर परालको भारी बनाउने गर्दथे अनि १० पुगेपछि आराम गर्ने गर्दथे । जस्ले पहिला सक्यो उही पहिला आराम गर्ने चलन थियो । पराल बाध्ने आराम गर्दा सवैले आराम गर्ने गर्दथे अनि आरामको बखतमा फलफुल (विशेषगरी सुन्तला) खाने गरिन्थ्यो । उता भान्छाको काम सकेर महिलाहरु परालको भारी टौवा बनाउने सम्म पुर्याउनु हुन्थ्यो । हामी युवाहरु आराम गर्ने समयमा आँफु भन्दा अग्रजको रमाइला पारामा भनिएका अनुभवका कुराहरु खुव टक लगाएर सुनिन्थ्यो अनि अझै बढी कुराहरु खोतल्ने प्रयास गरिन्थ्यो ।

केहि बेरको आराम पछि पुन काममा फर्कन्थे अनि यस्तै प्रक्रिया एक दुइ पटक दोहोरीय पछि परालको काम सकिन्थ्यो अनि सवै एक जुट भएर कोही धान भर्ने अनि कोहि खलो बढाली बत्ताउने काम गर्दथे । सवै काम सकिएपछि धानका थैला बोकी किसानको घर सम्म लग्दीन्थे । सवैजना खाना खाएर आआफ्नो घरमा लाग्थे । देख्दै रहर लाग्ने हात खुट्टामा सोहोरिएर डल्ला डल्ला बन्थे अनि पेटमा गाँठाहरु ।

आधुनिकता सँगै लोप भएका रमाइला ती पलहरु सुनाउँदा आजकाल एकादेशको कथा भएका छन । खेतिमा आधुनिकता साथ साथै विस्तारै युवाहरु विदेशीने चाप बृद्धी हँदै गएपछि हिजो आज मुरी-मुरी धान फल्ने खेतहरु बाँझो देखिन थालेको छ । अनि सामुहिक कार्यहरु पनि लोप हँदै जान थालेका छन । पहिलेका र आजकालका मानिसको शारीरिक बनावट नै फरक छ । पहिलेको जस्तो हात खुट्टामा डल्ला, पेटमा गाँठा र शरिर तन्दुरुस्ती बनाउन जिम खाना गएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाभित्रका स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालयले १० असोजदेखि भौतिक रूपमा विद्यार्थीलाई उपस्थित गराएर पठनपाठन गर्ने सक्ने भएका

काठमाडौंः सरकारले विदेशी पर्यटकका लागि क्वारेन्टिनको व्यवस्था हटाएको छ। कोरोनाको विरुद्धको भ्याक्सिन लगाइसकेका पर्यटकका लागि सरकारले क्वारेन्टिन बस्नु पर्ने नियम

काठमाण्डौ । मुलुक बजेटविहीन हुने निश्चित भएको छ । सरकारले ल्याएको प्रतिस्थापन विधेयक संसदमा विचाराधीन रहेको र र अघिल्लो सरकारले

भूमिका तिमल्सिना/काठमाण्डौ । दशैं नजिकिँदै गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका लागि खसीबोका तथा च्यांग्रा ल्याउने तयारी थालेको छ