आणविक उर्जा भट्टीहरुलाई हटाँउने जापानको निर्णय


विश्व अहिले आणविक उर्जाको दम्भमा उभिएको छ, बिधुत देखि यातायात अनि हतियारसम्म आणविक उर्जाका श्रोतबाट बिकसित देशहरुले चलाइरहेका छन् तर प्रविधीका लागि विश्वमा नाम कमाएको देश जापानले भनें भर्खरै आफ्नो आणविक भट्टीहरु हटाउने मनसाय ल्याएको छ । गत दशकको अन्त तिर जापानको फुकुशीमा भन्ने ठाँउ आणविक विकिरणहरुको चपेटामा पर्न गयो जब त्यहाँ सुनामीको प्रकोपले आणविक भट्टीहरु नष्ट हुन थाले । बिधूतिय उत्पादनका लागि आणविक उर्जा प्रयोग अध्ययन केन्द्र जापानका अनुसार यस सुनामीको घटना अघि करिश ३० प्रतिशत कूल बिधुत उत्पादन आणविक श्रोतले गर्ने थियो भनें अहिले ९ वर्षपछि केवल ३ देखि ५ प्रतिशत त्रिधुत मात्र जापानमा आणविक श्रोतले उत्पादन गरिन्छ ।

यो आणविक उर्जालाई जापानले ९ वर्षमा धेरै नै न्यूनीकरण गरिसकेको छ । जापानी जनताहरुको भावना अब आएर आणविक उर्जा श्रोतको जोखिममा नबाँच्ने रहेकाले जापानी सरकारले अब आणविक श्रोतलाई कम गरेको त्यहाँको न्यूक्लीयर इन्फरमेशन सेन्टरको बिज्ञप्तीमा लेखिएको छ । जापानले आफ्ना लागि कच्चा तेल र प्राकृतिक ग्याँस सबै आयात गर्दछ, सन् २०१६ मा एउटा प्रेस कन्फेरेन्समा प्रधानमन्त्री शिन्जो आबेईले जापानले आणविक उर्जा बिना केहि गर्न धेरै अफ्ठेरो भएको बताएका थिए यद्धपि अहिले जापान सन् २०३० मा पूर्णत आणविक उर्जा विहिन भएको जनाएको छ ।

लाइभमाण्डु


Loading comments...