विपिनलाई सुहाएको सेल्फि किङ्ग


अभिनेता विपिन कार्कीलाई किङ्ग अवतारमा प्रस्तुत गरिएको फिल्म हो, ‘सेल्फी किङ्ग’ । यसमा उनि शिर्ष भूमिकामा छन् । हरेक फिल्ममा च्यालेञ्जिङ्ग क्यारेक्टरमा प्रस्तुत हुन् रुचाउने विपिन यसमा कमेडियनको रुपमा प्रस्तुत भएका छन् । उनले कमेडी कलाकारको जीवनमा आउने उतारचढावलाई आफु मार्फत प्रस्तुत गरेका छन् ।

‘सेल्फी किङ्ग’ नामले परिचित उनै हाँस्य कलाकार(टेलिभिजन)ले कला यात्राको दौरान आफुले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा यसमा देखाइनेछ । कमेडियनले गर्ने कमेडी देखेर त दर्शक हास्छन , तर उसको मन भित्र कति पिडा हुन्छ ? वा कस्तो स्थितिमा पनि उनले आफुलाई प्रस्तुत गर्नु पर्छ भन्ने परिस्थितिलाई पनि यसमा समेटिएको छ ।

गत वर्षको सफल फिल्म ‘प्रसाद’ का निर्माता सुभाष थापा र निर्देशक दिनेश राउतले संयुक्त रुपमा निर्माण गरेका छन् । निर्देशक राउत यसमा निर्माताको भूमिकामा मात्र छन् । ड्रामेडी (ड्रामा प्लस कमेडी) जनराको फिल्मलाई विशाल सापकोटाले निर्देशन गरेका हुन् । उनको यो डेब्यु फिल्म हो । कन्सेप्ट मन परेकै कारण आफु निर्माणमा आएको दिनेशले बताएका छन् । ‘विशालले सुनाउँदा फिल्मको कन्सेप्ट मन पर्यो, त्यसैले म निर्माताको रुपमा रहेर उसलाई डेब्यु गराएको हुँ’ दिनेशले भने । उनले कमेडि गर्ने आर्स्टिस्ट भित्रको पीडा र उसको परिस्थितिले दर्शकको मन छुने समेत विश्वास व्यक्त गरे । ‘फिल्मले मनोरंजन त दिन्छनै संगै एउटा आर्टिस्टको कथा पनि भन्छ’ उनले भने ।

यसमा शिर्ष भूमिकामा विपिनको उपस्थिति यूट्यूबमा सार्वजनिक टिजरमा हेर्ने हो भने “मन राज्यको राजा”को ट्याग सहितको जिन्सको हाफ ज्याकट भिरेका सेल्फि किङ्गको गेटअपमा विपिन बाहेक अन्यलाई कल्पना समेत गर्न सकिन्न । आफ्ना अधिकांश चलचित्रमा फरक पात्र र फरक गेटअपलाई न्याय गरेका विपिनलाई सेल्फि किङ्ग अवतार सुहाएको छ । विपिनसंगै फिल्ममा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले ‘जाली रूमाल’ बोलको गीतमा अभिनय गरेकी छिन् ।

फिल्मको थियटर ट्रेलर रिलिज गरिएको छ भने केहि दिनमा युट्युबमा समेत रिलिज गरिनेछ । फिल्ममाबिशाल सापकोटाकै लेखन, सुसन प्रजापतिको छायाँङ्कन, जीवन थापाको सम्पादन, सुवास भुषालको सङ्गीत, बि. पाण्डेको शब्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको सङ्गीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, कृति जोशीको श्रृङ्गार, आशिष पौडेलको पहिरन डिजाइन, उत्तम न्यौपानेको साउण्ड डिजाइन, बिनोद पोखरेलको स्टील फोटोग्राफी र किशोर नेपालको कला निर्देशन रहेको छ । यसमा सह निर्माता राजेश बिसुराल र प्रवल कोइराला रहेका छन् ।

टिजर यहाँ हर्नुहोस्ः


Loading comments...